८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

पहुँचवालाको मात्रै राज्य भयोः केदारभक्त माथेमा

काठमाडौं– पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले नेपाल पहुँचवालाको मात्रै राज्य भएको बताएका छन् ।  
ग्रेगरियन क्यालेन्डरको नयाँ वर्षका सन्दर्भमा रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा सोमवार बिहान बोल्दै माथेमाले जनता भनेका केही हैनन् भन्ने भावना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे ।

कूटनीतिक जिम्मेवारी सम्हाल्दा छ वर्षसम्म जापानको समाज अध्ययन गरेका पाका अगुवा माथेमाले जापानीहरुले आफ्ना बच्चालाई तीवटा कुरा (१. समयमै काम गर २. मानिसलाई अप्ठ्यारो नपार र ३. दिएको वचन पालना गर) सिकाउने गरेको उल्लेख गरे । 

 मुलुकमा प्रजातान्त्रिक व्यवस्था ल्याउन सर्वसाधारण जनताले वलिदान गरेको स्मरण गराउँदै चार शहिद मध्ये धर्मभक्तका भतिजा माथेमाले पूर्वीय दर्शनको सदाचार र सरल जीवन शैलीलाई पैसा मोहले बिगारेको बताए । समाज सुधारका लागि राजनीतिक नेतृत्वले मार्गदर्शन गर्नसक्ने उल्लेख गर्दै माथेमाले पुराना नेताहरुको सरलपन, लोभ धेरै नगर्ने र सामान नथुपार्ने जीवनशैली अहिलेको नेतृत्वले चटक्कै भुलेको बताए । 
कूटनीतिक जिम्मेवारी सम्हाल्दा छ वर्षसम्म जापानको समाज अध्ययन गरेका पाका अगुवा माथेमाले जापानीहरुले आफ्ना बच्चालाई तीनवटा कुरा (१. समयमै काम गर २. मानिसलाई अप्ठ्यारो नपार र ३. दिएको वचन पालना गर) सिकाउने गरेको उल्लेख गरे ।   

प्रकाशित: १७ पुस २०७४ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App