८ वैशाख २०८१ शनिबार
फोटो फिचर

जो दीक्षित भए (फोटो फिचर)

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित भएका छन्।

ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा भएको दीक्षान्त समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमार प्रमुख अतिथिको रुपमा आएका थिए।

समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा  विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत भएका थिए।

त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App