coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गाउँपालिकाको नाम परिवर्तनको विरोधमा बन्द

रोल्पा- गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ। सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्दा ठूलो ब्यापारीक केन्द्र सुलिचौर बजार पनि पूर्ण रुपमा बन्द छ।

गाउँपालीकाको नाम परिवर्तनको निर्णय आए पछि स्थानीयहरुले संघर्ष समिती नै गठन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन। सुवर्णावति गाउँपालीकाको नाम फेरेर सुनिल स्मृती गाउँपालीका राख्ने निर्णय पारीत गरिएपछि माओवादी बाहेकका अरु सबै दल केहि दिन यता आन्दोलनमा छन। आन्दोलनकारीले आईतबार देखि गाउँपालीकाका यातायात, कलकारखाना, शिक्षण संस्था, सवै ठप्प पारेका हुन।

उता सुकिदह गाउँपालिका पनि शनिबार देखि पूर्ण रुपले वन्द गरिएको छ । गाउँपालिकाको नाम र केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका बन्दको घोषणा गरिएको हो। बन्दका कारण विद्यालय बजारसंगै त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका सावारी साधनहरु चल्न सकेनन । त्यसै गरि आन्दोलनकारीले गाउँपालिका तथा सबै वडापालिकाहरुमा  तालाबन्दी समेत गरेका छन्।

प्रकाशित: १६ पुस २०७४ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App