८ वैशाख २०८१ शनिबार
समाज

ओखढुंगामा स्वास्थ्य शिविर, ६८० जना लाभान्वित

ओखलढुंगा- मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिका सञ्चालित स्वास्थ्य शिविरमा ६८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पि.एस.आर.एन.तथा सुरेश दाहालको अगुवाइ र सुनकोसी १० का नेत्रप्रसाद दाहालको संयोजनामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा विशेषगरी महिला तथा बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए।

पुस ८ र ९ गते सञ्चालित शिविरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य शिरिवमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

स्वास्थ्य शिविरका विषयमा जानकारी दिँदै आयोजक आयोजक नेत्रप्रसाद दाहालले दूरदराजमा रहेका विमारीहरुको घर आँगनमा आएर उपचार गर्न पाउँदा आफूलाइ खुसी लागेको बताए। सो क्रममा पि.एस.आर. एन. का अध्यक्ष संजय बरालले फिस्टुला रोगको उपचार धरानले निःशुल्क गर्ने कुराको जानकारी दिएका थिए।

स्वास्थ्य शिविरको संयोजन सुरेश दाहाल, संजय बराल, नेत्रप्रसाद दाहाल,  गोविन्दप्रसाद कोइराला र सुशीला दाहालले गरेका थिए।

प्रकाशित: १३ पुस २०७४ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App