७ वैशाख २०८१ शुक्रबार
समाज

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

राष्ट्रिय विद्युत प्रसारणको समशेरगन्जस्थित हातीले भत्काएको १३२ केभीको ४८५ नम्बरको क्षतीग्रस्त टावर  । तस्विरः नागरिक

कोहलपुर–पश्चिमका १८ जिल्लासम्म राष्ट्रिय विद्युत प्रसारण जोड्ने बाँकेको समशेरगन्जमा विद्युत प्रसारण टावर जंगली हात्तीले ढलाएपछि तीन दिनदेखि विद्युत अनियमित भएको छ । १३२ केभी डबल सर्किट सस्पेन्सन टाईप प्रसारण टावरमा बाँके निकुञ्जका हात्तीको समूहले ढलाएपछि दैनिक ७ घण्टा लोडसेडिङ् थपिएको छ । बिहिबारदेखि बाँकेको कुसुमदेखि पश्चिमका जिल्लाभर विद्युत आपूर्ति अवरोध छ । हात्तीले विद्युत प्रशारण ४८५ नम्बरको टावर क्षतीग्रस्त बनाएका छन् । 
टावर ढल्दा विद्युत प्रवाह हु्ने १३२ केभी शवस्टेनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरबाट नेपालमा उत्पादित विद्युत आपूर्ति नभएको विद्युत प्राधिकरण नेपालगन्जका प्रमुख उमेशकुमार झाँले बताए । अहिले मध्यसुदुरका दाङ्, प्युठान, रोल्पा, सल्यान, रुकुमबाहेकका जिल्लामा भारत टनकपुर शवस्टेशन भएर आयात हुने विद्युत प्रवाह भईरहेको उनले जानकारी दिए ।

‘विद्युत अस्थायी संचालन गर्न दुईहप्ता र पूर्ण संचालन गर्न करिव चार महिना लाग्छ,’ उनले भने, ‘तत्काल विद्युत अस्थायी रुपमा भएपनि संचालन गर्न विद्युतको जिल्ला, क्षेत्रीय र केन्द्रिय प्राविधिक जुटेका छन् ।

‘विद्युत अस्थायी संचालन गर्न दुईहप्ता र पूर्ण संचालन गर्न करिव चार महिना लाग्छ,’ उनले भने, ‘तत्काल विद्युत अस्थायी रुपमा भएपनि संचालन गर्न विद्युतको जिल्ला, क्षेत्रीय र केन्द्रिय प्राविधिक जुटेका छन् ।’ विद्युत अवरोध हुँदा दैनिक ७ घण्टा लोडसेडिङ् भैईरहेको झाँले जानकारी दिए । यसको असर नेपालगन्जमा समेत परेको छ । राष्ट्रिय प्रशारणबाट पश्चिममा खपत हुने ३० मेघावाट विद्युत अहिले बन्द भएको छ ।

विद्युत आपूति नहुँदा १५ मेगावाट विद्युत अपूग भएको विद्युत प्राधिकरणले जनाएको छ । नेपालगन्जको विद्युत आपुर्ती हुने नानपारा भारतको सप्लाइमा मात्र निर्भर रहँदा बेलुका र बिहानको समयमा लोड धान्न मुस्किल भैईरहेको छ । तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा दैनिक कामकाज देखि उद्योगी, व्यापारीलाई सास्ती भैईरहेको कोहलपुरका व्यापारी गोविन्दप्रसाद पौडेलले बताए । अस्थायी रुपमा भएपनि विद्युत प्राविधकारणले तत्काल समस्या समाधान गर्नुपर्ने उनले भने । भारतीय टनकपुर वा नानपारा हुँदै नेपालगन्ज आपूर्ति हुने विद्युत राष्ट्रिय प्रशारणमा जोडेर समस्या हल गर्नुपर्ने उनले माग गरे । पश्चिमका क्षेत्रमा अहिले दैनिक ७ घण्टा लोडसेडिङ् थपिएसंगै विद्युत भोल्टेज पनि कम आउने गरेको छ । 

बाँकेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसुम र कोहलपुरका बीच समशेरगन्जमा  १३२ केभी डबल सर्कित सस्पेन्सन टाईप प्रशारण टावरमा जंगली हात्तीले टावर काम नलाग्ने गरि क्षती पुर्याएको छ । शवस्टेशहरुबाट विद्युत आपूर्ति गर्न १५ मेगावाट विद्युत अपूग भएको भन्दै दैनिक विद्युत केटौती भैईरहेको प्राधिकरणले जानकारी दिएको छ । विद्युतको नेशनल ग्रीडको समशेरगन्जमा ट्रान्समिशन टावर भत्किदा पश्चिम क्षेत्रभर विद्युत आपुर्तीमा असहजता छ । नेपालगन्जमा सप्लार्यस हुने राष्ट्रिय विद्युत बन्द भएको छ । अहिले विद्युत आपुर्ती नानपारा भारतबाट मात्र भएको छ । प्राधिकरणले बेलुका ६ बजेदेखि ९ बजेको समयमा उद्योगधन्दा बन्द गर्न समेत सूचना जारी गरेको छ ।

 

राष्ट्रिय विद्युत प्रसारणको समशेरगन्जस्थित हातीले भत्काएको १३२ केभीको ४८५ नम्बरको क्षतीग्रस्त टावर  । तस्विरः नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App