८ वैशाख २०८१ शनिबार
समाज

एसिड प्रहार गर्ने पक्राउ

रुपन्देही–बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रगतिनगरमै बस्ने ३० बर्षीय सुमन के.सीसँग झगडा हुँदा सुनारले के.सी.माथी शनिबार एसिड फ्याकेका थिए । सो घटनामा के.सी. सँगै रहेका ३१ वर्षीय श्याम गुरुङ समेत घाइते भएका छन् । घाइते दुवैलाई लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । यो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ९ पुस २०७४ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App