coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुनसरीमा बिजयको डब्बल ह्याट्रिक

इटहरी – काँग्रेसका नेता बिजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भइ डब्बल ह्याट्रिक गरेका छन् । बिजय वाम गठबन्धन एमालेकी उम्मेदवारी भगवती चौधरीलाई ३२१ मत अन्तरले हराउँदै विजयी भएका हुन्। 
बिजयले ३८ हजार ९७२ मत ल्याए भने भगवतीले ३८ हजार ६५१ मत ल्याइन्। संविधानसभा दोस्रो निर्वाचनमा पनि बिजयले भगवतीलाई झिनो मतान्तरले हराएका थिए।

बिजयले २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैनन् । उनी योपटक क्षेत्र नं. ३ बाट छैठौंपटक मैदानमा उत्रिएका थिए। २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दश वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनावी मैदानमा उत्रिएका हुन्। 

गच्छदारले काँग्रेस छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए। गच्छदारले २०६४ सालमा फोरम नेपालबाट २३ हजार सात सय ६९ मत ल्याएर जितेका थिए । २०७० सालको निर्वाचनमा ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार  पाँच सय २४ मत ल्याएका थिए ।  त्यतिबेला एमालेकी भगवतीलाई बिजयले तीन सय ६२ मतले पछि पार्दै बिजयी भएका थिए।

प्रकाशित: २७ मंसिर २०७४ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App