७ वैशाख २०८१ शुक्रबार
राजनीति

रोल्पाका दुवै प्रदेश सभामा माओवादी केन्द्र बिजयी

रोल्पा- पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रदेश सभा तर्फको मतगणना सकिएको छ। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन। जसअनुसार प्रदेश सभा क मा माओवादी केन्द्रका कुलप्रशाद केसिले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी भएका हुन।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत ल्याएका छन । त्यसै गरि प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरी बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत ल्याएका छन्। प्रतिनिधि सभाको समेत गणना सम्पन्न गरेर आईतवार बिहान मात्रै औपचारीक घोषणा गर्ने मुख्य निर्बाचन अधिकृतले बताएका छन्।

प्रकाशित: २३ मंसिर २०७४ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App