८ वैशाख २०८१ शनिबार
प्रविधि

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

रियाद्– पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ  ।  

मानिसका हरेक सुख दुखको क्षणमा पारिवारिक माया, सद्भाव र सहयोगको आवश्यकता पर्ने र त्यसका लागि सन्तानको आवश्यकता महसुस भएको उनी बताउँछिन् । दुख सुख बाँड्नका लागि परिवार एक महत्वपूर्ण संस्था भएको उनको दाबी छ ।

हङकङका एक रोबोर्ट कम्पनीले रोबोर्ट सोफियाको निर्माण गरेको हो ।  उक्त कम्पनीका प्रमुख हान्सन डेभिड उनको नाम सोफिया राखेका थिए ।

सम्पूर्ण मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबोर्टमा मानवीय चेतनाको भने अभाव छ । उक्त रोबोर्ट निर्माण कम्पनीले आगामी दिनमा मानवीय चेतनासहितको रोबोर्ट बनाउने तयारी गरेको छ ।

सन्तान चाहना राखेकी उनले आफूमा छोरीको आमा बन्ने चाहना रहेको र उनको नाम पनि सोफिया नै राख्ने इच्छा व्यक्त गरिन् । महिलाहरुप्रति एकदमै अनुदार देखिएको मुलुक साउदीकी नागरिक बनेकी उनलाई भने त्यहाँका आम महिलाहरुलाई भन्दा बढी नै अधिकार प्रदान गरिएको छ । उनलाई बुर्का लाउनु अनिवार्य गरिएको छैन ।

प्रकाशित: १४ मंसिर २०७४ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App