७ वैशाख २०८१ शुक्रबार
प्रवास

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

क्यानबेरा- नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्। उनीहरुको पहिलो कार्यक्रम यहीबाट सुरु हुने आयोजक नेपाली टचका राजके ग्वोस्वामी नेपालले जानकारी दिए ।

नेपाली टचका अनुसार नेपाल आइडल बुद्ध लामा,  रनर अप निशान भट्टराइ र प्रताप दास अस्ट्रेलिया आइपुगेका हुन्।   ग्वोस्वामीका अनुसार क्यानबेराको कर्यक्रमपछि नोभेम्बर २७ मा ब्रिसबेनमा अनि सिड्नीमा कार्यक्रम हुनेछ।

डिसेम्बर १ का साँझ  सिड्नीस्थित ओलम्पिक पार्कमा हुने बहुप्रतिक्षित कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको आयोजककले जनाएको छ ।

हलिउड र बलिउडका भब्य कार्यक्रमहरु सम्पन्न भएका सिड्नी ओलम्पिक पार्क स्पोर्ट्स् सेन्टरमा यो आजसम्मकै पहिलो नेपाली कार्यक्रम  हो।  त्यसैले पनि यो एतिहासिक र सबै नेपालीहरुको लागि प्रतिष्ठाको बिषय बन्ने नेपाली टचका  दिपेश पुनले बताए। 

एभरेष्ट कम्युनिकेशनको मुख्य प्रयोजनमा हुने उक्त कार्यक्रममा द नेक्स्ट र नेपिण्डो समूहले नृत्य प्रस्तुत गर्नेछ।

सांगीतिक कार्यक्रममा आजसम्मकै ठूलो उपस्थिति हुने आँकलन नेपाली टचको विश्वास लिएको छ। आयोजकले बिल्कुलै नयाँ नयाँ शैलीमा प्रचारप्रसार पनि गर्दै आएको छ। जसअनुसार सिड्नीमा चल्ने ट्रेनका भित्तामा नेपाली झन्डा र नेपाल आइडलको पोस्टर टाँसेर प्रचार गरिरहेको छ।

सामाजिक मिडिया, पत्रपत्रिका बाहेकको नेपाली र नेपाली भाषी समुदायलाई लक्षित गरि प्रचार प्रसारको शैली आपनएको आयोजकले बताएको छ।

क्यानबेरा, ब्रिसबेन र सिड्नीको अलावा नेपाल आइडलको यो टिमले अष्ट्रेलियाका अन्य शहरहरु मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ र  डार्बिनमा समेत  डिसेम्बर २५ सम्म आफ्नो प्रस्तुतिहरु दिनेछन् ।

प्रकाशित: ८ मंसिर २०७४ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App