७ वैशाख २०८१ शुक्रबार
प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक २९ – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ । सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको बुधबार उनको परिवारले जनाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका उनी मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत थिए । 'मंगलबार राति खाना खाएर सुतेका उनी अाज बिहान अबेरसम्म नउठेपछि हामीहरूले उठाउन जाँदा मृत फेला परेको थिए ,'मृतक चौधरीका भान्जा बिटुकुमार मिश्रले भने । मृतक चाैधरी दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका थिए ।

मृतक चाैधरीको शव मलेसियाबाट नेपाल  फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवारले आग्रह गरेका छन् । सप्तरीबाट वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका उनीसँग मृत्यु हुनेकाे संख्या २९ पुगेको छ ।

 

प्रकाशित: २९ कार्तिक २०७४ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App