७ वैशाख २०८१ शुक्रबार
प्रवास

नारी निकुञ्ज अष्ट्रेलियाद्वारा नैकापको विशेष विद्यालयलाई सहयोग

काठमाडौं— अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्रकुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका लागि एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्।

लम्सालले गैरआवासिय नेपाली संघको आठौं विश्व सम्मेलनका क्रममा सचिवमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा सहमतिका लागि भन्दै उम्मेदवारी दर्ता नगरेकाले बचेको रकम एक लाख रुपैयाँ अष्ट्रेलियामा सक्रिय संस्था नारी निकुञ्जमार्फत् सो विद्यालयलाई दिइएको हो।

संस्थाका प्रमुख दुर्गा थापाले संस्थालाई उपलब्ध गराइएको सहयोगले संस्थामा आश्रित बालबालिकाहरुका लागि ठुलो मद्दत पुगेको बताइन्। पछिल्लो दिनमा संस्था सञ्चालनका लागि आर्थिक अभाव रहकोले मनकारी सहयोग दाताहरुका लागि सहयोग आह्वान समेत गरिन्। हाल संस्थाका लागि फर्निचर एवं भौतिक पूर्वाधार बालबालिकाका लागि खेल सामाग्रीहरु आवश्यक रहेको उनको भनाइ थियो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नारी निकुन्ज अष्ट्रेलियाका अध्यक्ष प्रतिज्ञा अधिकारीले नारी निकुञ्जले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र यस विद्यालयको अवस्था हेर्दा थप सहयोगका लागि अभियान नै चलाउनुपर्ने देखिएको उल्लेख गरिन्। सहयोग रकम हस्तान्तरण कार्यक्रममा ओसेनीया क्षेत्रकी महिला संयोजक प्रीति शर्माले यस्ता खालका सहयोगले अभावमा रहेका बालबालिकाका लागि निकै ठुलो सहयोग पुग्ने हुनाले आगामी दिनमा अन्य खालका सहयोग जुटाउन प्रयास गर्ने बताइन।

सोही कार्यक्रममा एक ट्याक्सी चालक सुदन थापाले पनि सहयोग रकम उपलब्ध गराएका थिए। निर्वतमान क्षेत्रीय संयोजक लम्सालले नेपाल रहँदाको बेला संस्थाको भ्रमण गरी वस्तुस्थिति अबलोकन गरेका थिए। आगामी दिनमा पनि थप सहयोग उपलब्ध गराउन प्रयासरत रहने लम्सालले बताएका छन। कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा मगर समेत उपस्थित थिए।

विभिन्न किसिमका रोगबाट ग्रसित बालबालिकाहरुका आमा बुबाको संयुक्त पहलमा स्थापना भएको हो । दुई बर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल २२ जना बालबालिका छन्।

प्रकाशित: १५ कार्तिक २०७४ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App