८ वैशाख २०८१ शनिबार
समाज

‘लाइभ’ पहिरो पछ्याउँदा...

मुग्लिन–नारायणगढ सडकमा यात्रु भगवान पुकार्दै यात्रा गर्छन्। यस खण्डको कालीखोलादेखि जलबिरेसम्म दैनिक पहिरो खस्छ। दैनिक हुने सडक जामले यात्रु हैरान छन्।
जब बर्षात सुरु भयो यो सडक चौडा गर्न डोजर चल्यो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक स्तरोन्नत गर्न थालेपछि पहिरो खस्ने क्रम तीब्र भयो। हिउँदमा पनि पहिरो खस्ने यो क्षेत्रमा बर्षातकै समय डोजर चलाएर पहिरोलाई निम्तो दिइएको भुग्तभोगी स्थानीय र यात्रुको गुनासो छ।

गाईघाट, घुमाउने, जलबिरे र कालीखोला पहिरोको जोखिमयुक्त क्षेत्र हुन्। पहिरो र माथिबाट खस्ने ढुंगाले यात्रुको ज्यान लिएको छ भने सवारी साधन पुरिएका छन्।

यो सडकमा नेता, मन्त्री र उच्च तहका कर्मचारीहरु अचेल हिड्नै छाडेका छन्। त्यसैले यहाँ चिल्ला गाडीमा स्कर्टिङमा हिड्नेहरु हिजोआज भेटिदैनन्। उनीहरुसँग आरामदायी विकल्प छ–त्यो हो हवाई यात्रा।

एउटा घत लाग्दो कुरा के छ भने नारायणगढ–मुग्लिन सडकमा प्रायः देखिने एउटा दृश्य अचेल लगभग लोप भएको छ। त्यो के हो भने यो सडकमा नेता, मन्त्री र उच्च तहका कर्मचारीहरु अचेल हिड्नै छाडेका छन्। त्यसैले यहाँ चिल्ला गाडीमा स्कर्टिङमा हिड्नेहरु हिजोआज भेटिदैनन्। उनीहरुसँग आरामदायी विकल्प छ–त्यो हो हवाई यात्रा। त्यसैले भुक्तभोगी यात्रुहरु के पनि गुनासो गर्छन् भने–यहाँको दुःख साधारण नागरिकलाई मात्र थाह हुन्छ, नेता, मन्त्री र उच्च तहका कर्मचारीहरुलाई यहाँको पीडाबोध पटक्कै छैन। त्यसैले त यो सडकमा अर्बौ खर्चेर भैरहेको कामको गुणस्तरमा राज्यको चनाखो निगरानी छ, न त नागरिकले पाएको सास्ति उपर राज्यको नजर पुगेको छ।

राजधानी काठमाडौं जोड्ने ‘लाइफलाइन’ मानिने यो प्रमुख राजमार्गको दुरावस्था, यात्रुले पाउने हैरानी र पहिरोग्रस्त क्षेत्रमा दैनिक खस्ने पहिरो उतार्ने प्रयास गरेका छौं।

प्रस्तुत छ स्थलगत नागरिक शोः

प्रकाशित: १६ श्रावण २०७३ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App