४ वैशाख २०८१ मंगलबार
प्रवास

जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

अध्यक्ष प्रत्यासी जमुना गुरुङ। तस्विरः चिरन शर्मा

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएए) का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदमा वर्तमान आइसीसी सदस्य जुमना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। बिहीबार होटल र्‌याडिसन पत्रकार सम्मेलन गर्दै उनले २०१७–२०१९ कार्यकालका लागि आफू उम्मेदवार हुने बताएकी हुन्।

प्रत्येक देशका एनआरएनएलाई आर्थिक कुटनीतिको भूमिका निर्वाह गर्न र नेपाललाई सम्वृद्धिको बाटोमा इँटा थप्ने काममा प्रोत्साह गर्न आफ्नो उम्मेदवारी भएको उनले उल्लेख गरिनँ।

गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै सामुहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेदवारी भएको उनले बताइन्। उनले आफ्नो उम्मेदवारी किन शीर्षकमा ११ बुँदै कारण पढेर सुनाएकी थिइन्। वर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एन्ड बियोन्डको प्रस्तावलाई अघि बढाउन, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमाभित्र कार्यान्वयन गर्न आफू उम्मेदवार हुनु परेको उनको तर्क थियो।

प्रत्येक देशका एनआरएनएलाई आर्थिक कुटनीतिको भूमिका निर्वाह गर्न र नेपाललाई सम्वृद्धिको बाटोमा इँटा थप्ने काममा प्रोत्साह गर्न आफ्नो उम्मेदवारी भएको उनले उल्लेख गरिनँ।

अष्ट्रेलियाकी सफल नेपाली महिला उद्यमी उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन्। पति घलेले दोस्रो कार्यकालमा विजय भएपछि उनलाई आइसीसी सदस्यमा मनोनित गरेर एनआरएन अभियानमा तानेका थिए। बुधबार अष्ट्रेलियाबाट आएका प्रतिनिधिसँग जमुना गुरुङले छलफल गरेकी थिइन्। छलफलका अधिकांश सहभागीले संस्थाभित्र परिवारवादको सन्देश जाने भन्दै उम्मेदवारी नदिन सुझाव दिएका थिए।

अध्यक्ष पदका लागि यसअघि जापन अाधारित नेपाली व्यवसायी भवन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन्। 

 

प्रकाशित: २६ आश्विन २०७४ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App