४ वैशाख २०८१ मंगलबार
प्रवास

प्रवासको नेतृत्व गर्दै हरिबोल भण्डारी काठमाडौं-३ बाट सिफरिस

हरिबोल भण्डारी

अमेरिका—आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीहरुले नाम सिफारिस गर्ने क्रममा अमेरिकाको टेक्सास बसोबास गर्दै आएका नेपाली काँग्रेसका युवा नेता हरिबोल भण्डारीलाई नेपाली काँग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ३ बाट सिफारिस भएका छन्। अमेरिकामा नेपाली समुदायबीच अत्यन्तै लोकप्रिय रहेका भण्डारी हरेक ६—६ महिनामा नेपालमा सामाजिक काममा सक्रिय रहने गरेका छन्। उनी नेपाली काँग्रेसको प्रवास भातृसंगठन जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य रहेका छन्। 

काँग्रेसबाट सिंगो प्रवासकोे नेतृत्व हुने भएकाले पनि यस पटक भण्डारीले काँग्रेसबाट टिकट पाउने अपेक्षा नेपाली समुदायबीच छ। काँग्रेसबाट विश्वभर रहेको जनसम्पर्कबाट उनी मात्र एक जना उम्मेदवार सिफरिसमा परेका हुन्।

काँग्रेस महासमिति सदस्य रहेका भण्डारी २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहेका उनि नेपाल तरुण दलका पुर्व केन्द्रिय सदस्य हुन्।

‘मैले विदेशमा बस्दा हाँसिल गरेको आफ्नो सीप र कलाबाट जेजती प्राप्त गरेँ त्यो स्वदेशका लागि सदुपयोग गर्नेछु र मैले अमेरिका रहने क्रममा पनि नेपाली काँग्रैसको भातृसस्थामा रहेर सदैव रहेँ। म कुनै पनि बेला विदेशमा रहँदा राजनीतिबाट टाढा रहिन र हरेक ६ महिनामा नेपाल आएर सक्रिय रहेकोले मेलै आफ्नो बल बुताले संभव भएसम्म काम गरिरहेको छु र अब पुरा समय राजनीतिमा दिन मलाई पार्टीले जिम्मेवारी दिने आशा पनि गरेको छु’, उनले भने। अमेरिकी सुख सयल छोडेर राजनीतिमा आउन कति सजिलो होला र भन्ने नागरिकन्युजको प्रश्नमा भण्डारीले भने, ‘मैले अमेरिकामा जति समय बिताएँ। त्यो मेरा लागि एक अवसरको रुपमा लिएर वर्षमा दुई पटक कम्तिमा नेपाल बाँकी समय राजनीतिमा लागेकोले मलाई अमेरिकाको भौतिक सुख सयलभन्दा नेपाली भुमिको राजनीति प्यारो छ अवसर पाए काम गरेर देखाउनेछु।’ 
 
एमाले, माओवादीको बाम गठबन्धनबारे उनले भने, ‘पार्टी एकताबद्ध भएर चुनाव लडे यस्ता कम्यनिष्ट एकताले खासै असर पार्दैन मलाई पार्टीले टिकट दिए जस्तोसुकै परिस्थितिमा पनि जितेर देखाउन तयार छु।’  यो पटक पार्टीले पहिला टिकट पाएकालाई नदोेहो¥याउने भएका कारण पनि भण्डारीको सो क्षेत्रमा टिकट पाउने सम्भावना बलियो छ।   

काँग्रेसबाट सिंगो प्रवासकोे नेतृत्व हुने भएकाले पनि यस पटक भण्डारीले काँग्रेसबाट टिकट पाउने अपेक्षा नेपाली समुदायबीच छ। काँग्रेसबाट विश्वभर रहेको जनसम्पर्कबाट उनी मात्र एक जना उम्मेदवार सिफरिसमा परेका हुन्।
 
दोश्रो संबिधान सभाको निर्वाचनमा पनि युवा नेता भण्डारीको नाम टिकटका लागि अग्रस्थानमा थियो। अन्तिम समयमा उनले पाएका थिएनन्। विद्यार्थी, तरुण हुंदै पार्टी राजनीतिमा होमिएका भण्डारी उनको सिफारिशलाई अमेरिकाबासी नेपालीहरुले गर्वको विषय बाएका छन्।

प्रकाशित: २६ आश्विन २०७४ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App