७ वैशाख २०८१ शुक्रबार
प्रवास

बाढीपहिरोबारे अष्ट्रेलियाबासी नेपालीको मर्मस्पर्शी गीत

काठमाडौं- नेपालमा गइरहने प्राकृतिक विपत्तिबारे अष्ट्रेलियाबासी नेपालीले मर्मस्पर्शी गीत निर्माण गरेका छन्। हालसालै सप्तरीमा बाढीले अर्बौको धनजन क्षति र लाखौं विस्थापित भएको सन्दर्भ जोड्दै थन्डरस्ट्रोम र अरुण आर्यन चौधरीले संयुक्तरुपमा गीत र म्युजिक भिडियो निर्माण गरेका हुन्।

बाली बगायो आली बगायो शीर्ष गीतमा विकास उप्रेती, निरज खरेल, किरण भण्डारी, दिल तामाङ र सुजाता उपाध्यायले स्वर दिएका छन्। राज गुरुङको शब्द रहेको गीतमा किरण भण्डारीले कम्पोज गरेका हुन्। भिडियोमा नेपाल बाढीपहिरोबाट विस्थापितहरुको तथ्यांक पनि प्रस्तुत गरिएको छ।

प्रकाशित: २४ आश्विन २०७४ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App