५ वैशाख २०८१ बुधबार
प्रवास

जापानमा संविधान दिवस मनाइयो

टोकियो—जापानमा संबिधान दिवस मनाइएको छ। जापानस्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोस्रो संविधान दिवस भव्य रुपमा मनाइएको हो। नेपालको संविधान दिवसको समारोहमा जापानका मन्त्रीहरु समेत सहभागी भए। जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले संविधान निर्माण पश्चात नेपाल विकासको गतिमा हिँडेको बताइन्।

समारोहमा जापानका वातावरण राज्यमन्त्री तादाहिको ईतोको शुभकामना सन्देश सोही मन्त्रालयका उपमहानिर्देशक योसीहिरो यामाताले पढेर सुनाउनु सुनाएका थिए।

याँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयन कायम भई विकासका योजनाहरु कार्यन्वयन हुनथालेको उनको भनाइ थियो। नेपाल सरकार तथा नेपालीहरुलाई निरन्तर रुपमा गरेको सहयोगप्रति उनले जपानी जनता तथा जापान सरकारलाई धन्यवादज्ञापन गरिन्।

कार्यक्रममा जापान सरकार परराष्ट्र मन्त्रालय संसदीय उपमन्त्री ईवाओ होरीले नेपाल-जापान सम्बन्ध सदियौंदेखि सुमधुर रहँदै आएको स्मरण गराउँदै सामाजिक र आर्थिक विकासका लागि जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

समारोहमा जापानका वातावरण राज्यमन्त्री तादाहिको ईतोको शुभकामना सन्देश सोही मन्त्रालयका उपमहानिर्देशक योसीहिरो यामाताले पढेर सुनाउनु सुनाएका थिए।

टोकियोस्थित होटल ओकुरामा आयोजना गरिएको कार्यक्रममा जापानका व्यवस्थापिका संसदहरु, जापान परराष्ट्र मन्त्रालयका शिष्टचार महापाल, विभिन्न मन्त्रालयका पदाधिकारीहरु टोकियोमा रहेका सार्क राष्ट्र सहित विभिन्न मुलुकका राजदूतहरुको सहभागिता थियो। जापानका उद्यमी, व्यवसायी तथा पर्यटन क्षेत्रसँग सम्बद्ध व्यक्तिसहित गैरआवासीय नेपाली संघ एनआरएनएका पदाधिकारीहरुको समेत कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित: ५ आश्विन २०७४ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App