coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

मलाई परेको समस्या हरियो राहदानी बाहक सबै नेपालीको होः प्रदीप पौडेल

काँग्रेस नेता प्रदीप पाैडेल। फाइल तस्विर

काठमाडौं—जापान अध्यागमनले नेपाल फर्काइदिएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा छवि सार्वजनिक व्यक्तित्वको रहे पनि विश्वका लागि आफू हरियो राहदानीबाहक मान्य नेपाली भएको उल्लेख गरेका छन्।

'मलाई परेको समस्या हरियो राहदानीबाहक सबै आम नेपाली दाजुभाइ दिदीबहिनीहरुको साझा समस्या हो', नेता पौडेलले भनेका छन्, 'यसको दीगो समाधान भनेको सम्मुनत राष्ट्र नै हो। त्यसैले एक अर्कालाई तेजोबोध गरेर होइन सबै मिलेर सम्वृद्ध राष्ट्र निर्माणको सकारात्मक अभियानमा लाग्नु अहिलेको आवश्यकता हो।'

जापान अध्यागमनले फर्काइदिएको विषयमा केही मिडियाले वास्तविकता तोडमोड गरी चरित्रहत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेकोमा सोमबार विज्ञप्तिमार्फत् खण्डन गर्दै उनले भनेका छन्, 'हरियो पासपोर्ट बोक्ने हजारौं नेपालीले विश्वका कुना कुनामा यस्तो नियति भोग्नु परेको छ। यो घटनामा नेपाली जनसम्पर्क समिति जापान र तिनका जिम्मेवार पदिधकारीहरुको कमजोरी त रह्यो नै भिजा दिनुअघि नै विचार गर्नुपर्नेमा जापानी पक्षबाट अध्यागमनमा पुगिसकेपछि केरकार गरिनु दुःखद कुरा हो।'

अध्यागमनमा भएको केरकारलाई आफूले सिंगो नेपालीप्रतिको दुर्व्यवहारको रुपमा लिँदै स्वदेश फर्किने निर्णय गरेको नेता पौडेलले उल्लेख गरेका छन्। प्रवेशाज्ञा दिने तर प्रवेश नदिएको सम्बन्धमा काठमाडौंस्थित जापानी दूतावाससँग औपचारिक धारणा माग गर्ने उनले बताएका छन्। 'भविष्यमा अरु नेपालीले यो नियति भोग्नु नपरोस् भन्ने मेरो चाहना हो। यससम्बन्धमा दूतावासबाट प्राप्त हुने विवरण यहाँहरुलाई जानकारी गराउने नै छु', उनले भनेका छन्।

विश्वका जुनकुनै अध्यागमनमा नेपालीमाथि हुने दुर्व्यवहार अन्त्यका लागि राष्ट्र सम्वृद्ध बनाउन आवश्यक रहेको उनले औंल्याएका छन्। 'मलाई परेको समस्या हरियो राहदानीबाहक सबै आम नेपाली दाजुभाइ दिदीबहिनीहरुको साझा समस्या हो', नेता पौडेलले भनेका छन्, 'यसको दीगो समाधान भनेको सम्मुनत राष्ट्र नै हो। त्यसैले एक अर्कालाई तेजोबोध गरेर होइन सबै मिलेर सम्वृद्ध राष्ट्र निर्माणको सकारात्मक अभियानमा लाग्नु अहिलेको आवश्यकता हो।'

जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन जापान जाने क्रममा टोकियोस्थित हानेदा अन्तरार्ष्ट्रिय विमानस्थलस्थित अध्यामगनले नेता पौडेलसँग सोधपुछ गरेको थियो। स्पोन्सरकर्ता जापानमा नभेटेपछि उनलाई नेपाल फर्काइदिएको थियो।

नेता पौडेलको विज्ञप्तिको पूर्ण पाठ 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App