७ वैशाख २०८१ शुक्रबार
कला

मण्डलामा ‘लाटीको छोरो’ (फोटो फिचर)

काठमाडौँ – नेपालीमा एउटा उखान छ ‘जो होचो उसैको मुखमा घोचो’ अर्थात जो निर्वल छ, जो असहाय छ उसैलाई नै दुःख बढी पर्छ, समाजले अपहेलना गर्छ। यस्तै समाजबाट हेपिएकी पात्र हो लाटी ।  नेपालको पूर्वी तराईमा अवस्थित डोम बस्तीमा बस्ने लाटीको कथा बोकेको नाटक ‘लाटीको छोरो’ यतिबेला काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन भइरहेको छ। 

समाजमा विभिन्न पद  धारण गरी बस्ने विभिन्न व्यक्तिहरूको बाहिरी रुप जस्तो भए पनि  भित्र भित्रै दुष्ट प्रवृतिका हुने कुरा यस नाटकमार्फत प्रस्तुत गर्न खोजिएको छ । केही बोल्न नसक्ने एउटी लाचार युवती कसरी समाजमा उच्च मानिएका व्यपारी, पण्डित, शिक्षक, प्रहरी लगायतको कामश्त्रको  शिकार  बन्छिन र त्यसपछिकाे अवस्थालाई चित्रण गरिएको नाटकमा ३६ वर्षपछि नेपाली नाटकका अग्रज तथा पाका कलाकार टिका पहारीले पुनरागमन गरेका छन्। 

परापूर्वकालदेखि  बसोबास गर्दै आइरहेको डोम समुदायमाथि राजनीतिक, आर्थिक र सामाजिक रुपले हस्तक्षेप गरिरहेका असुन्दर मानिसहरूको बसोबास रहेको सुन्दर बजारको कथालाई प्रस्तुत गरिएको नाटकमा टिका पहारीसँगै केनिपा सिंह, पशुपती राई, सन्देश लामिछाने, कुन्दन चौधरी, रियर राई, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले, सुदिप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्बि खड्का, अर्चना पन्थी र सपना कुमारी चौधरीको अभिनय रहेको छ। 

श्याम साहको कथा ‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण तथा निर्देशन सुलक्षण भारतीले गरेका हुन।

तस्बिर : सबै प्रबिन काेइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App