coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ वानेश्वरमा मन्त्रीको गाडीले ठक्कर दिँदा दुई घाइते

ठक्कर दिने मन्त्रीको गाडी। तस्बिर: अशोक दाहाल

काठमाडौं- नयाँ बानेश्वर चोकमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन्। मन्त्रीको बा १ झ ७१६३ नम्बरको गाडीले बा ४८ प ९२ ५० नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको थियो। मन्त्रीको गाडीको ठक्करबाट घाइते हुनेमा बाइक चालक शहदेव श्रेस्ठ र उनकी सानिआमा अन्जु श्रेष्ठ छन्।

घाइतेको उपचार एभरेष्ट अस्पतालमा भइरहेको छ। दुवै जनाक अचेत छन्। प्ररम्भिक रिपोर्टअनुसार महिलाको दाहिने करंगमा चोट देखिएको छ।

ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले मन्त्रीको गाडी घरेका थिए। प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउँदै मन्त्रीलाई अन्यत्र लगेको थियो। संसदमा कोरम नपुगेपछि मन्त्री विष्ट कोरम पुर्‍याउन हतार-हतार संसदमा जाँदै गर्दा घटना भएको हो।  

प्रकाशित: २३ भाद्र २०७४ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App