६ वैशाख २०८१ बिहीबार
विचार

विस्मृत प्रेमको पुन:स्मृति

स्वामी आनन्द अरुण

बाल्यकालदेखि नै मलाई स्वामी विवेकानन्दको तेज, बुद्धको शान्ति, गान्धीको सादगी, अहिंसा र त्यागले अति प्रभावित गथ्र्यो । यिनै मेरा आराध्य थिए र तिनको तस्बिर म जहाँ बसे पनि कोठामा झुण्ड्याउँथेँ । म सानो छँदा नेपालमा बुद्ध धर्म फस्टाएको थिएन । पटना इन्जिनियरिङ कलेजमा पढ्दा एकचोटि बोधगया जाने तीव्र इच्छा अनायास मभित्र पैदा भयो । बोधगया त्यहाँबाट धेरै टाढा छैन । कस्मिरका एक सहपाठी जो अध्यात्ममा रूचि राख्थे, उनलाई लिएर म बोधगया पुगेँ । बोधगयाको परिवेशले एक अबुझ आनन्दको अनुभूति भयो । विशेषरूपले बोधीवृक्षको तल बस्दा यही रुखमुनि सिद्धार्थले बुद्धत्व प्राप्त गरेको स्मरण गर्दा आँङै सिरिङ्ङ हुन्थ्यो । त्यो वृक्षको समीप जानासाथ आँखा रसाउँथ्यो र रुखबाट खसेका पातहरूको स्पर्शले शरीरै रोमाञ्चित हुन्थ्यो ।
मेरा मित्र पनि ध्यानमा बस्थे । तर, मभित्र अनायस पैदा भइरहने आध्यात्मिक संवेग देखेर आश्चर्यचकित थिए । यो कुरा सन् १९६८ तिरको हो । त्यतिखेर बोधगया निर्जन थियो । त्यहा“ विकास भएको थिएन । बास बस्ने र खाने असुविधा थियो । त्यहा“को वातावरणले मभित्र अनायास अनेक भाव उत्पन्न हुन्थे र म रुन थाल्थेँ । त्यो ठाउ“ मलाई ऐतिहासिक त लाग्यो नै, तर एक व्यक्ति कठिन तपस्यालाई पार गर्दै बुद्ध भई सबै दुःखबाट मुक्त भएको अवस्थाको साक्षी भएको त्यो वृक्षले मेरो मुमुक्षु हृदयलाई भित्रबाट आन्दोलित गरिरहेको थियो । असंख्य विचारका लहर शान्त भएर मनले शीतलता प्राप्त गरिरहेको थियो । दुई दिनपछि हामी पटना फर्किर्यौं ।
ओशोबाट दीक्षित भएपछि ओशोले बुद्धबारे दिएका सुन्दर प्रवचनहरू सुन्ने मौका मिल्यो । ती प्रवचनमा बुद्धगाथाका अनेक प्रसंग आउँछन् । बुद्धगाथामा आएका जेतवन, श्रावस्ती, बोधगया, कुशीनगर, कौशान्वी, राजगृही, लुम्बिनीमा बुद्धका साथ हजारौँ भिक्षु विचरण गर्थे भन्ने ओशोका शब्दले आफूलाई भित्रैबाट तरंगित गर्थे । लाग्थ्यो, म पनि ती घटनामा सलंग्न छु, ती दृश्यहरू मैले पनि देखेको छु ।
ओशोको बुद्धप्रति अत्यन्त समादर र प्रेम छ । ओशोले बुद्ध र बुद्धदर्शनको गहनतालाई सरस र कावात्मकरूपमा सरल शब्दमा बुझाउनु भएको छ । बुद्धको जीवन र दर्शनमाथि मात्रै ओशोका लगभग सय पुस्तक उपलब्ध छन् । बुद्धदर्शनका ज्ञाता, भिक्षुहरूबाट बुद्धबारे धेरै कुरा सुनेको छु । मैले थिक न्यात हन्ह, दलाई लामा र अन्य रिम्पोचेबाट बुद्धबारे सुनेको र पढेको छु, तर ओशोको उचाईं, मधुरता र सरलता अतुलनीय छ । ओशोको बुद्धवाणीको काव्यात्मक व्याख्या अद्वितीय छ । बुद्धलाई बुझ्न चाहने तथा बुद्धप्रेमी सबैलाई म ओशोको बुद्धसाहित्य पढ्न आग्रह गर्छु । मैले अनेक देशका बुद्ध गुम्बामा बुद्धविद्वान्हरूले ओशोका साहित्य अध्ययन गरिहेको भेटेको छु ।
बोधगया पुगे पनि लुम्बिनी भने म कहिल्यै पुगेको थिइनँ । यो सन् १९८८ डिसेम्बर २४ तारिख (२०४५ साल पुस १९ गते शनिबार) को कुरा हो । आशीष ध्यान केन्द्र, ताहाचलमा ध्यान शिविर सञ्चालन भइरहेको थियो । ओशोले बुद्धवाणीमा दिएको प्रवचन माला ‘एस धम्मो सनंतनो’ को श्रवणमा हामी शिविरमा ध्यानस्थ भएछौँ । मैले बुद्धका गाथाहरू सुनाउन थालेँ । दर्शनभन्दा पनि बुद्धजीवनका प्रसंग मलाई अन्यन्त मार्मिक, गहन र ओजपूर्ण सन्देशले परिपूर्ण लाग्छन् । त्यसमा बुद्धले मानिसका दुःख, पीडा र समस्यालाई यस्ता घटनाको क्षणभंगुरताको बोध गराउनु भएको छ । तृष्णाबाट मुक्त आर्यपथको मार्ग देखाउनु भएको छ । शिविरको मध्यमै अचानक मलाई लुम्बिनीले तान्यो । म नेपालमै जन्मेर पनि लुम्बिनीको दर्शन गर्न पाएको थिइनँ । लुम्बिनीको आर्कषणले हृदय अति उद्वेलित भएर अटसमटस हुन थालेपछि मैले लुम्बिनी जाने इच्छा व्यक्त गरेँ । पाँच दिनको शिविरको त्यो तेस्रो दिन थियो । मैले पुराना सन्न्यासीहरूलाई तपाईंहरू ध्यान शिविर सञ्चालन गर्नुस् मलाई लुम्बिनीले असाध्यै तान्यो, म लुम्बिनी हिडेँ भनेँ । सबै मित्र चिन्तित भए । तपाईंले छोडेर गएपछि शिविरै बिग्रिन्छ भन्न थाले । एकपछि अर्को गर्दै सबैजना म पनि तपाईंस“गै जान्छु भन्न थाले । करिब ३५ जना शिविरमा थियौँ । शिविर छोडी सबै मस“गै लुम्बिनी जाने भए । हामीले बस रिजर्भ ग¥यौँ । राति १२ बजे लम्बिनी पुग्यौँ ।
लुम्बिनीमा त्यसबेला खाने–बस्ने केही व्यवस्था थिएन । एउटै होटेल थिएन । एउटा भत्किन लागेको राणाकालीन धर्मशाला थियो, त्यो बस्न लायक थिएन । हामी मध्यरातमा पुगेकाले ढोका पनि खोलिएन । विदेशी बस्न भनी बनाइएको एउटा सानो गेस्ट हाउस थियो । त्यही दिन फर्किन नसक्ने विदेशी त्यहाँ बास बस्थे । गेट हाउसमा सुविधा नेपाली थियो, तर दरचाहिँ अमेरिकी थियो । नेपालीलाई त्यहाँ राख्ने चलनै रहेनछ । नेपालीका लागि त्यो निकै महँगो थियो । निकैबेर अनुनय–विनय गरेपछि कोठा खोलिदिए । हामीले त्यहीँ रात कटायौँ ।
मलाई मायादेवीको मन्दिरले तानिरहेको थियो । म नुहाईधुवाई गरेर मन्दिर तिर लागे । संयोग नै थियो, त्यो पूर्णिमाको रात्रि थियो । म राति मन्दिरतिर जान लागेको देखेर गेस्ट हाउसका मानिसले खतरा छ, बँदेल र अन्य जनावर छ्याछ्याप्ती छन्, राति नजानुस् भने । त्यसबेला लुम्बिनी जंगल थियो, घरहरू बनेका थिएनन् । दिउँसै सुनसान हुन्थ्यो । अहिले पनि कहिलेकाहीँ लुम्बिनीमा बँदेलका झुण्ड घुमिरहेका भेटिन्छन् । कहिलेकाहीँ मानिसलाई आक्रमण गरेर घाइते पनि बनाउँछन्, मानिस मारेको पनि सुनिन्छ । तर, मैले आफूलाई रोक्नै सकिनँ । मस“ग एक जना मित्र जान तयार भए । मन्दिर त बन्द थियो । त्यहीँ भएको पीपलको रुखमुनि हामी ध्यानमा बस्यौँ । सुनसान रातमा एक रहस्यमय उपस्थितिको बोध भइरहेको थियो । हाम्रो हृदय शान्ति र एक अज्ञात लोकको पुकारले गुञ्जित भइरहेको थियो । आनन्द सरोवरमा मेरो प्राण गोता लगाइरहेको थियो । मन थामिएको थियो, चेतनाको अकम्पित त्यो अप्रत्यासित–स्थिर अवस्थामै सारा रात बित्यो । बिहान मन्दिर खुल्यो र मन्दिरका पुस्तैनी ब्राह्मण पूजारीले मलाई लुम्बिनीको इतिहास बताउनु भयो । उहा“कै सान्निध्यमा मैले लुम्बिनीमा सारा दिन बिताए“ । त्यहाँ एक गिलास पानी खाने राम्रो व्यवस्था पनि थिएन, भोजनको कुरा त परै जाओस् । परित्यक्त लुम्बिनीको त्यो अवस्था थियो । काठमाडौँ आएर मैले एक लेख पनि लेखेको थिए“, शीर्षक थियो– ‘हाय लुम्बिनी तेरो दुर्दशा’ । सामान्य गाउ“को पसलमा हामीले चिउरा र दही भेट्टायौँ । दिउ“सोका भोजन त्यही थियो ।
हामी कपिलवस्तुतर्फ लाग्यौँ । कुन आकर्षणले हो हामीलाई बुद्धले शरीर छोडेको ठाउ“ले खिच्यो । हामीलाई कुशीनगर जाने उत्कण्ठा पैदा भयो । बस भारत छिर्ने अनुमति लिएर हामी सबै कुशीनगर गयौँ । एक रात त्यहा“ बस्यौँ । उत्तर प्रदेश सरकारको गेस्ट हाउस सुविधाजनक थियो । त्यहा“ पनि हामीलाई आनन्दानुभूति भयो । कुशीनगरको निर्वाण मन्दिरको पछाडि बसेर मैले बुद्धबारे लामो प्रवचन दिएको रहेछु । म आँखा बन्द गरेर करिब तीन घन्टा बोलेछु । आँखा खोल्दा मैले देखेँ– धेरै बुद्ध भिक्षु, पर्यटक पनि सजल आँखा लिएर सुनिरहेका थिए । आफू अस्तित्वको माध्यम भएर मानसपटलमा उत्रेका चित्रहरूको व्याख्या गरेझँै म बोलिरहेको थिएँ । मैले कतै नपढेका–नसुनेका कुरा पनि बोलेछु । कुनै लोकबाट अवतरित भएका ती हृदयस्पर्शी प्रवचनले सबैलाई छोएछ । आम्रपालीको बुद्धप्रतिको समर्पण, राजा बिम्बिसार, प्रसन्नजितको बुद्धप्रेम, पटाचारा र कृषा गौतमीका मार्मिक घटनाले धेरैका आँखा रसाए । जब हृदयको अन्तस्थलबाट कुनै कुरा निस्किन्छ त्यसले संवेदनशील हृदयलाई अवश्य प्रभावित गर्छ । त्यो मेरो जीवनको एक गहन हार्दिक अनुभूति थियो । कुशीनगरबाट काठमाडौँ फर्किंदा मलाई पुनः लुम्बिनीले तान्यो । मैले लुम्बिनी छोड्न सकिनँ र हामी एक रात फेरि लुम्बिनी बस्याँै । लुम्बिनी छोड्ने बेला मेरो छाती नै फाटेजस्तो भयो । आफैलाई छोडेर हिँडेजस्तो भयो लुम्बिनी छोड्दा । पहिल्यै कहिल्यै नपुगेको र बस्ने खाने यत्रो असुविधा भएको लुम्बिनीले मलाई किन यसरी तान्यो ? मैले बुझ्न सकिनँ । हामी काठमाडौँ फर्किएको केही दिनपछि मलाई ओशोको गहन याद आयो र म गुरुदर्शनका लागि पुना गए“ । मैले लुम्बिनी, कुशीनगर र कपिलवस्तुमा खिचेका फोटो ओशोलाई पठाए“ । ओशोले त्यसपछि कुशीनगर, बोधगया, कपिलवस्तुका बारेमा आफ्नो प्रवचनमा बोल्नु भयो । पछि मैले थाहा पाए“, पूर्णिमाको रात लुिम्बनीमा मलाई गहन ध्यान लागेकै समयमा ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरण भएको ऐतिहासिक घटना भएको रहेछ ।
बुद्धले शरीर छोड्नुअघि भन्नु भएको रहेछ, म २५ सय वर्षपछि मैत्रेय अवतारको रूपमा पुनः आउने छु । मेडम ब्लाभ्स्की, कनल अकाल्ट, एनी बेसन्टले स्थापना गरेको थियोसोफिस्ट आन्दोलन सयवर्षदेखि यही उद्देश्यमा रत थियो कि मैत्रेय बुद्धको अवतरणका लागि उपयुक्त वातावरण तयार होस् । तिब्बतका अशरीरी लामाहरूसँग उनको संवाद थियो । मैत्रेय बुद्धलाई जन्माउन सक्ने उपयुक्त गर्भ पृथ्वीमा उपलब्ध नभएकाले कृष्णमूर्तिको शरीरमै बुद्धको चेतनालाई अवतरित गर्ने कठिन प्रयास गरियो । हल्यान्डको ओमेनमा विश्वभरबाट जम्मा भएका १० हजार थियोसोफिस्टको समारोहमा कृष्णमूर्तिको शरीरमा मैत्रेय बुद्धको चेतनाको अवरतण गराउने प्रयास भयो, तर लामो तयारीपछिको अन्तिम क्षणमा आफ्नो शरीर उपलब्ध गराउन कृष्णमूर्तिले अस्वीकार गर्नुभयो । त्यो प्रयोग विफल भयो ।   
सन् १९७१ मा गान्टोकको रुमटेक गुम्बामा गोविन्द सिद्धार्थले १६औँ कर्मापा लामालाई भेटेका थिए । लामाले भनेका थिए, जुन प्र्रयोग कृष्णमूर्तिको शरीरमा हुन सकेन एक दिन त्यो आचार्य रजनीशको शरीरमा हुनेछ । ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरणको रहस्यमय काव्यमय वर्णन ओशो स्वयंले गर्नुभएको छ, जुन ‘नो माइन्ड द फ्लावर्स अफ इटर्निटी’ भन्ने पुस्तकमा उपलब्ध छ । ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरण भएका दिन मलाई किन लुम्बिनीले तान्यो अब मलाई स्पष्ट भएको छ । म शिशिरको त्यो पूर्णिमाको रातभर ध्यानमग्न भएर लुम्बिनीस्थित मायादेवी मन्दिरको छेउमा पीपलको बोटमुनि बस्न सक्ने क्षमता र प्रेरणाले मलाई अहिले पनि विस्मित गराउँछ । लुम्बिनी र कुशीनगरको परिभ्रमण र त्यहा“ भएका रूपान्तरणकारी घटनाले मेरो बुद्धप्रतिको श्रद्धा प्रगाढ भयो, जुन आज पनि जीवन्त र झन्झन् बलियो भएर आइरहेको छ । त्यसपछि मैले बुद्धस“ग सम्बन्धित क्षेत्र लुम्बिनी, चेतवन, बेणुवन, सारनाथ, कुशीनगर, बोधगया, श्रावस्तीमा थुप्रै ध्यान शिविर सञ्चालन गरेँ । यही शिविरका कारण ती क्षेत्रमा ओशोका सन्न्यासी थुप्रै छन् र ओशोका ध्यान केन्द्रहरू खुलेका छन् । आज लुम्बिनीमा ओशो जेतवन आध्यात्मिक ग्राम नामको ठूलो आश्रम खडा भएको छ, जहा“ बर्सेनि सयौँ साधक अनेक देशबाट बुद्धको दर्शन बुझ्न र साधनाको लागि पुग्छन् ।
ओशोको कृपाले म बुद्धस“ग फेरि अन्तरंगरूपमा जोडिन पुगँे । कुनै पनि व्यक्ति या गुरुसँगको अन्तरंग प्रेम एक जन्ममा मात्र हुँदैन । कैयौँ जन्ममा त्यो प्रेम गहिरिन्छ । पछि मेरा गुरु ओशो र आफ्नो साधनाबाट मैले के अन्तर्दृष्टि पाएँ भने, म अनेक जन्ममा लुम्बिनी, चेतवन, बेणुवन, सारनाथ, कुशीनगर, बोधगया, श्रावस्तीमा सत्यको खोजमा भट्केको रहेछु । त्यहा“को कणकणमा हाम्रो पुरानो स्मृति जीवन्तरूपले सञ्चित छ । ती तरंगले मलाई बारम्बार खिचिरहन्छन् । ती सबै खाली विस्मृतमात्र भएका थिए, गुरुकृपाले अब स्मृत भएर आयो ।

 

प्रकाशित: ५ असार २०७३ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App