५ वैशाख २०८१ बुधबार
समाज

ठेकेदारले आपुर्तिकर्तालाई भुक्तानी नगर्दा मेलम्चीको काम रोकियो

काठमाडौं- आपुर्तिकर्ताले भुक्तानी नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरेका छन्। एक दर्जन बढी आपुर्तिकर्ताहरुले सामान नदिएपछि ४ दिन देखि काम बन्द छ। इटालियन ठेकेदारले समयमै आपुर्तिकर्ताको विल भुक्तानी गर्न नसक्दा काम रोकिएको मेलम्ची आयोजनाका कर्मचारीले बताए।

मेलम्ची खानेपानी आयोजनाले सबै विल भुक्तानी गरिसके पनि ठेकेदारको आफ्नै समस्याले भुक्तानी रोकिँदा काममा अवरोध आएको हो। यस अघि पनि यस्तै समस्या आएर काम रोकिएको थियो।

काम खुलाउने सम्बन्धमा ठेकेदार र आपुर्तिकर्ताबीच सोमबारदेखी वार्ता भइरहे पनि कुनै प्रगति भने भएको छैन।

प्रकाशित: २४ श्रावण २०७४ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App