८ वैशाख २०८१ शनिबार
प्रविधि

फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो

अमेरिका – विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ। 

फेसबुक कम्पनीका  अनुसार गत महिना रहेका १.९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर दुई अर्ब पुगेको छ। 

फेसबुक प्रयोगकर्ताहरूको संख्यामा अनुमान गरे भन्दा १७ प्रतिशतले वृद्धि भएको फेसबुक कम्पनीको दाबी रहेको छ । फेसबुकमा क्रियाशिल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा कम्पनीले ३ अर्ब डलर नाफा कमाउन सफल भएको छ । जसलाई प्रतिशतमा भन्दा ७१ प्रतिशत हो । 

यो रकम  गत वर्षको  गरेको  नाफा भन्दा ४९ प्रतिशतले बढी हो । अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रीय कार्यालय रहेको फेसबुक कम्पनी पछिल्लो समय नाफा कमाउन सफल एक कम्पनीका रूपमा विश्व भरी नै प्रख्यात छ । 
फेसबुकले अत्याधिक नाफा विज्ञापन मार्फत् कमाउने गरेको छ । 

पछिल्लो समयमा फेसबुक मार्फत् हुने गरेका अनेकौ अपराधिक कार्यहरूलाई न्यूनीकरण गर्नका लागि  कम्पनीले थप कर्मचारीहरूको माग गरेको छ । 

प्रकाशित: १२ श्रावण २०७४ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App