७ वैशाख २०८१ शुक्रबार
राजनीति

मकवानपुरमा काँग्रेस र मालेको पार्टी एकता

हेटौंडा –  मकवानपुरमा नेकपा माले नेपाली कांग्रेसबीच पार्टी एकता भएको छ । मालेको जिल्ला कार्यसमिति नै कांग्रेसमा प्रवेश गरेपछि माले काँगे्रसमा समाहित भएको हो । मालेका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक भीमसेन महतसहित भातृसंगठनका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

नेकपा माले हेटौंडा नगर अध्यक्ष सुरेन्द्र विष्ट, युवा संगठन अध्यक्ष विशाल महतसहित एक दर्जनभन्दा बढी नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतका नेताले स्वागत् गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा उठेका महतले निक्कै थोरै मत पाएपछि निक्कै चिन्तित देखिन्थे । काँग्रेसले धेरै कर गरेर बोलाएकाले गएको प्रतिक्रिया दिएपनि महतले थोरै कार्यकर्ता, कमजोर संगठन, थ्रेस होल्ड लगाएतका कारण पार्टी छाडेको आँकलन गरिएको छ ।

राप्रपा निकट युवा मोर्चाका जिल्ला संयोजक राजन खरेलसहितका युवाहरू पनि राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । साथै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव रत्नबहादुर गोले, नयाँ शक्ति नेपालका जिल्ला सदस्य काव्यमणि अधिकारी पनि कांग्रेस प्रवेश गरेका छन् ।

प्रकाशित: २ श्रावण २०७४ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App