७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाढीपीडित परिवारलाई २५ हजार दिने सरकारको निर्णय, प्रमका परराष्ट्र सल्लाहकारमा भट्टराई

काठमाडौं- सरकारले सप्तरीका बाढी पीडित परिवारलाई जनही २५ हजार रुपैया दिने निर्णय गरेको छ। १५ हजार टहरा निर्माण र १० हजार जस्तापता खरिद गर्न राहतस्वरुप २५ हजार दिने मन्त्रपरिषद्ले निर्णय गरेको हो। दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई सम्बोधन गर्दै २५ हजार राहत दिने घोषणा गरेका थिए।

त्यस्तै सरकारले बाढी पीडित परिवारलाई घर निर्माणका लागि १५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने निर्णय पनि गरेको छ।

त्यस्तै सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहरकारमा दिनेश भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २६ असार २०७४ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App