coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

स्मार्टफोन लिँदा अपनाउनुपर्ने सावधानी

नयाँ स्मार्ट फोन खरिद गरेपछि सावधानी अपनाउनु जरुरी हुन्छ। स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता हुन्छ।

डिस्प्लेको सुरक्षा 

स्मार्टफोनको सबैभन्दा ठूलो समस्या भनेको सानो कारणले पनि डिस्प्ले फुट्नु हो। यसको सुरक्षाका लागि डिस्प्लेमा राम्रो गुणस्तरको 'टेम्पर्ड ग्लास' प्रयोग गर्नुपर्छ। सामान्य 'स्त्रि्कनगार्ड'ले डिस्प्ले स्क्र्याच हुनबाट जोगाए पनि 'टेम्पर्ड ग्लास'ले डिस्प्ले फुट्नबाट जोगाउँछ।

ब्याक कभरको प्रयोग

स्मार्ट फोनको डिस्प्ले बाहेको भागलाई सुरक्षित राख्न र  'स्क्र्याच' हुनबाट जोगाउन ब्याक कभरको प्रयोग गर्नुपर्छ। यसले समग्र स्मार्टफोनलाई सुरक्षित मात्र होइन, आकर्षक पनि बनाउँछ। हाल बजारमा विभिन्न फेसनेबल ब्याक कभर उपलब्ध हुने भएकाले मोबाइलको सुरक्षासँगै आकर्षक देखाउन पनि यो उपयोगी हुन्छ।

बिमा

अचेल स्मार्टफोनको पनि बिमा गराउने व्यवस्था छ। विभिन्न कम्पनीले स्मार्टफोनको बिमा गराउन सुरु गरेका छन्। स्मार्टफोनका बिमा गराउँदा 'फिजिकल ड्यामेज' वा मेकानिकल खराबीमा लाग्ने ठूलो धनराशी बचाउन सकिन्छ।

एप लकको प्रयोग

स्मार्टफोनमा रहेका म्यासेज, फोटो तथा अन्य डकुमेन्टको सुरक्षा र गोपनियताका लागि एपलक आवश्यक हुन्छ। इन्ड्रोइड फोनका लागि यसलाई गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ। यसले स्मार्टफोनमा रहेका गोप्य सामग्री बाहिरिने डर हुँदैन।

चोरी हुनबाट जोगाउने

स्मार्टफोन चोरी हुने वा हराउने निकै सम्भावना हुन्छ। यसबाट बच्न स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई सक्रिय बनाउनु पर्छ। यसले फोन हराउँदा लोकेसन पत्ता लगाउन सजिलो हुन्छ। फोनमा गुगल 'साइन इन' भएमा पनि हराएको वा चोरी भएको फोन पत्ता लगाउन सजिलो हुन्छ।

एन्टी मालवेयरको प्रयोग

स्मार्टफोनको स्त्रि्कन तथा बाहिरी स्वरूपको सुरक्षा जति महŒवपूर्ण हुन्छ, त्यति नै महŒवपूर्ण यसको डाटा सुरक्षा पनि हुन्छ। नयाँ स्मार्टफोन खरिद गरेलगत्तै सबैभन्दा पहिले एन्टी मालवेयर र डाटा सेक्युरिटी सफ्टवेयर इन्स्टल गर्नुपर्छ। जसले मोबाइलको महŒवपूर्ण डाटा र अन्य सफ्टवेयरको सुरक्षा गर्न सहयोग गर्छ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App