८ वैशाख २०८१ शनिबार
विचार

बिपीको बाटो

हरेक वर्ष साउन ६ गते र भदौ २४ गते आउ“छ । अनि नेपाली कांगे्रसले बिपी कोइरालालाई सम्झेर औपचारिकता पूरा गर्छ। अनि निर्वाचन र आन्दोलनहरुमा उनलाई बेच्ने गर्छ । यसरी नेपाली कांग्रेसले अनेक पटक बिपीलाई बेचिसकेको छ । त्यसको उचित मूल्य पनि पाउ“दै आएको छ । त्यो किनभने बिपी कोइराला संसारले नै सम्मान गर्ने एक सामथ्र्यवान भिजनरी राजनेता र प्रजातान्त्रिक समाजवादका प्रणेता हुन् । नेपाली कांग्रेसका आत्मा हुन् । बिपी कोइरालाको मस्तिष्कमा एकातिर विषम परिस्थितिमा समेत कार्य गर्न सक्ने भावनात्मक खुबी थियो भने अर्कोतिर बिपी मनमस्तिष्कमा प्रजातान्त्रिक समाजवादलाई केन्द्रमा राखेर राष्ट्रियता, प्रजातन्त्र र देशको सर्वांगीण विकासका लागि अघि बढ्ने एक स्पष्ट मार्गचित्र थियो।

बिपीले हरेक नेपालीस“ग एउटा घर, एक हल गोरु र एउटा दुहुनो गाईको परिकल्पना गरेका थिए । यसरी बिपीले हरेक नागरिकलाई गाँस, बास र कपास तथा त्यसका लागि रोजगार अनि पौष्टिक आहार, शिक्षा र स्वास्थ्यको कुरा पनि उठाएका थिए । यहा“ एक हल गोरुको अर्थ रोजगार हो । दुहुनो गाईको अर्थ पौष्टिक आहार र स्वास्थ्य हो । भावनात्मक सÔमता र दूरदर्शिताको परिचय दि“दै बिपीले आफ्नो पहिलो औपचारिक भाÈणमा भनेका थिए– जनताको राज्य स्थापित गर्न जनताकै सहायता चाहिन्छ । कुनै वर्ग वा सम्प्रदायस“ग हाम्रो शत्रुता कदापि छैन । नेपालमा बस्ने वा नेपालीसित कुनै प्रकारका सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन् । सम्पÒर्ण देशको लक्ष्य र विकास नै हाम्रो अभीष्ट लक्ष्य हो ।...सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयमा नै हामी प्रयत्नशील बनेका छौ“ ।

बिपीको नजरमा राष्ट्र निर्माणमा प्रजातन्त्रको भूमिका निर्विकल्प र सधै“ सर्वोपरि थियो । यस कुरालाई प्रकाश पार्दै बिपीले भनेका नै छन्– ‘प्रजातन्त्रबिना देश रहँदैन । प्रजातन्त्र नभइकन वर्तमान युगमा राष्ट्रियता सम्भव छैन । विकास पनि सम्भव छैन । जस्तै– राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तिनै एउटा अर्कोमा आश्रित छन् ।....देश भन्नुहोस्, चाहे राष्ट्र भन्नुहोस्, त्यो भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ, त्यही देश हितको कुरो हो ।

राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लÔित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाÈामा तीन तत्व सामेल छन्— जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । बिपीका यस्ता महान् विचार र भावनालाई केन्द्रविन्दु बनाएर भावनात्मक बुद्धिमत्ताको बाटोमा अगाडि बढ्ने हो भने जस्तोसुकै समस्याको पनि समाधान निस्कन्छ, निश्चितरूपमा स्थायी समाधान निस्कन्छ । तँछाडमछाड गर्दै विदेशीहरुस“ग ‘हारगुहार’ गर्नुपर्ने कुनै आवश्यकता छैन । तर यसका लागि विषम परिस्थितिस“ग जुध्न सक्ने र रष्ट्रलाई भावनात्मकरूपमा एक ढिक्का बनाइ समस्याको समाधान गर्न सक्ने समर्थवान राजनीतिक नेतृत्व आवश्यक पर्छ । यस कुराप्रति नेपाली राजनीतिले दूरदृष्टि राख्नु आजको आवश्यकता हो ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्ताको हातमा आएको छ । तर नेपाली कांग्रेसको दोस्रो पुस्ता लक्ष्यहीन राजनीतिमा ‘कुहिरोको काग’ जस्तो भएको छ । नेतृत्वस“ग न स्पष्ट भिजन छ, न त कुनै उद्देश्य । नेपाली कांग्रेसको लक्ष्य के हो ? सिर्फ सत्ताको कुर्सी ? त्यही भएर पनि नेपाली कांग्रेस अहिले ओस्सिएको ब्याट्री जस्तो भएको हो । अन्य पार्टीले झैं नेपाली कांग्रेसले न नेपाली जनताको भावना आत्मसात् गर्न सकेको छ न त मुलुकको नेतृत्व गर्न । त्यसैले हरेक वर्षको साउन ६ गते र भदौ २४ गते बिपीको सालिकमा माल्यार्पण गरी औपचारिकता पूरा गर्ने र बा“की ३६३ दिन बिपीको ब पनि उच्चारण नगर्ने नेपाली कांग्रेसका सानाठÒला नेताहरूलाई बोध हुनुपर्ने कुरा के भने आमनेपाली जनताको चाहना भनेको नै नेपालमा सामाजिक न्यायसहितको लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्नु हो । बिपीले कोरेको लोकतान्त्रिक समाजवादको बाटो नै नेपाली जनताको चाहना पूरा गर्ने र नेपाललाई एक विकसित राष्ट्र बनाउने सर्वोत्तम विकल्प हो ।

यदि नेपाली कांग्रेसले इमानदारीपूर्वक बिपीको लोकतान्त्रिक समाजवादी मोडलअनुसार इमानदारीपूर्वक देश र जनताको हकमा काम गर्ने हो भने नेपाल नर्बे तथा स्विडेन जस्तो समृद्धशाली राष्ट्र बन्न धेरै समय लाग्दैन । ४६ सालको परिवर्तनपछिको आमनिर्वाचनमा स्पष्ट बहुमत पाएको नेपाली कांग्रेसले बिपीको सिद्धान्तअनुसार काम गरेको भए नेपाल कहा“बाट कहा“ पुग्ने थियो । नेपाली युवाहरु हरियो पासपोर्ट लिएर विदेशका गल्लीहरुमा भौतारिनु पर्दैन्थ्यो । हरेक नेपालीका हातमा अहिलेसम्म रातो पासपोर्ट हुने थियो । तर नेपाली कांग्रेसले बिपी र बिपीको सिद्धान्तलाई सिर्फ मागिखाने भा“डो बनाएको छ । तर अब कति दिनसम्म बिपीलाई बिक्री गरेर नेपाली कांग्रेस बा“च्न सक्छ ? गिरिजाप्रसाद कोइरालाले अलिकति समझदार नबनेर ६२÷६३ सालको जनआन्दोलनको नेतृत्व नगरेको भए अहिले कांग्रेसलाई दिउ“सै बत्ती बालेर खोज्नुपर्ने स्थिति हुने थियो ।

अन्त्यमा बिपीको आदर्श र सिद्धान्त, स्पष्ट लक्ष्य र प्रशस्त युवा वर्गको सहभागिताबिना ओसिएको ब्याट्री जस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु ‘दिवासपना’ हो । तर लोकतन्त्रको दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हि“डिरहेको छ । त्यसैले नेपाली कांग्रेसको दोस्रो पुस्ताले बिपीको आदर्शलाई मागिखाने भा“डो बनाइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेसका नाति पुस्ता अगाडि सरेर बिपीको सिद्धान्तलाई आत्मसात् गरी उनले देखाएको बाटोमा मजबुत संगठनका साथ अघि बढ्नु नै आजको आवश्यकता हो ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App