८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने बेलामा देउवा र दाहाल। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।

एमालेले अवरुद्ध पार्ने जनाउ दिएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री पदको उम्मेदवारमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। एमालेले भरतपुर प्रकरणमा अदालतबाट निर्णय नभएसम्म संसद चल्न नदिने तयारी छ।

'सदन चल्न नदिने एमालेको त आधिकारिक निर्णय नै छ', एमाले सांसद राजन भट्टराईले भने। एमालेले सदन अवरोधले प्रधानमन्त्रीको निर्वाचन सोझै प्रभावित बनेको हो।

संसदको कार्यतालिका बिहान ११ बजेदेखि राखिएको थियो। एमालेले अवरुद्ध पार्ने जनाउ दिएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री पदको उम्मेदवारमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। एमालेको अवरोधका कारण देउवाको चौथो सत्तारोहण केही समय पछि धकेलिने देखिएको छ।

काम चलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र काँग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेब जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।

स्थगित हुनुभन्दा अगाडि यस्तो थियो संसदको अाजको कार्यतालिका

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App