८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते

काठमाडौं— बहुमतीय प्रक्रियाबाट संसदमा प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुने भएको छ। सभामुख ओनसारी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिँदै २१ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी कार्यतालिक सार्वजनिक गर्न संसदका महासचिवलाई निर्देशन दिएकी हुन्।

सामान्यतः राष्ट्रपतिले पत्र पठाएको तेस्रो दिन प्रधानमन्त्रीको चुनाब गर्ने चलन छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अाज बिहीबार बहुमतीय सरकार गठनका लागि अाह्वान गरेकी थिइन्।

सामान्यतः राष्ट्रपतिले पत्र पठाएको तेस्रो दिन प्रधानमन्त्रीको चुनाब गर्ने चलन छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अाज बिहीबार बहुमतीय सरकार गठनका लागि अाह्वान गरेकी थिइन्।

बिहीबारको संसद बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख घर्ती संसदमा राष्ट्रपतिको पत्र पढेर सुनाउन असमर्थ भइन्। राष्ट्रपतिबाट आएको पत्र संसदमा पढेर सुनाएपछि प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्ने चलन थियो। एमालेको अवरोधका कारण त्यो बाटोबाट नयाँ प्रधानमन्त्री चयन प्रक्रिया नहुने भएपछि सभामुखले विकल्पमा महासचिवलाई निर्देशन दिएको स्रोतले बतायो।

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउन आह्वान गरेकी थिइन्।

शक्तिको आडमा सत्ता पक्षले भरतपुरमा पुनःमतदान गर्ने षड्यन्त्र गरेको भन्दै एमालेले सदन अवरुद्ध पार्दै आएको छ। भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला सत्तारुढ माअाेवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यात्ने कार्यमा संलग्न माअाेवादीले पुनःमतदानको माग गर्दै अाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App