७ वैशाख २०८१ शुक्रबार
प्रविधि

अब रोबटले शल्यक्रिया गर्ने

नयाँ दिल्ली – प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ ।

यसैक्रममा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको छ ।  भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर किन्न लागेको हो । 

उक्त रोबटको प्रयोग विपन्न वर्गका मानिसहरूका लागि निशुल्क उपचारमा गरिने अस्पतालले बताएको छ । तर अत्तिरिक्त वार्ड लिएर बस्ने बिरामीहरूका लागि भने शुल्क लाग्नेछ ।

अस्पतालका अनुसार अबको तीन महिनाभित्रमा उक्त रोबटको प्रयोग गर्ने गरी तयारी भएको छ ।

रोबटको प्रयोगले सर्वसाधारणले सरल र सहज सुविधाको प्रत्याभूति गर्न सक्ने अस्पतालको दाबी छ । 

सर्वसाधारणले सरल र सहज सुविधाको प्रत्याभूति गर्न सक्ने अस्पताल प्रशासनको दाबी छ । 

प्रकाशित: २५ वैशाख २०७४ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App