६ वैशाख २०८१ बिहीबार
राजनीति

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

काठमाडौं— सरकारले काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

‘नेपाली सेनालाई फास्ट ट्र्याक निर्माणका लागि सैद्धान्तिक सहमति दिइएको छ’, विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले नागरिकन्युजसँग भने, ‘यसको विधि र प्रक्रियाबारे भौतिक योजना मन्त्रालयले छुट्टै कार्यविधि बनाएर मन्त्रिपरिषदमा पेश गर्नेछ।’

यसअघि सुशील कोइराला सरकारका पालमा फास्ट ट्र्याक भारतीय कम्पनीलाई निर्माण ठेक्का दिने तयारी गरिएको थियो। राष्ट्रलाई घाटा हुनेगरी सरकारले भारतीय कम्पनीलाई निर्माण दिने सो तयारीको सर्वत्र विरोध भएको थियो।

यो अार्थिक वर्षमा फास्ट ट्र्याक निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

यसअघि फागुनमा संसदको लेखा समितिले अाउँदो २०७७/०७८ सालभित्र निमार्ण सकिने गरी फास्ट ट्रयाकको काम अघि बढाउन निर्देशन दिएको थियो। यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले आफ्नै स्रोतमा आयोजना बनाउन सरकारलाई सिफारिस गरेको थियो।

प्रकाशित: २१ वैशाख २०७४ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App