७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

डेटा र भ्वाइसकाे दर अझै घटाउनु पर्छ

स्थापनाकालमा मेरो मोबाइलको नामले चिनिने एनसेल करिब ६ वर्षअघि सन् २०१० मा रिब्रान्डिङ गरिएको निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी हो । तत्कालीन समयको पूर्ण सरकारी स्वामित्वको दूरसञ्चार संस्थान हाल नेपाल टेलकम कम्पनी लिमिटेडको बजार एकाधिकार तोडेर उपभोक्तालाई सस्तो र गुणस्तरयुक्त मात्र होइन प्राविधिक रुपमा पनि प्रतिस्पर्धी मोबाइल सेवा प्रदान गरिरहेको एनसेल नेपालमा सबैभन्दा बढी कर तिर्ने कम्पनी पनि हो । नेपालमा नै पहिलो ठूलो राशिको कर्पोरेट किनबेच अन्तर्गत गत वैशाखदेखि मलेसियाको दूरसञ्चार सेवा प्रदायक समूह आजियाटाले किनेको एनसेलको खरिद विवादमुक्त भने रहेन । खरिद–बिक्री प्रकरणमा पुँजीगत लाभकरको विषयलाई लिएर नेपालमा ठूलै बहस भयो । यस विषयमा एनसेलले आफ्नो स्थिति स्पष्ट पारिसकेको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्ससँग नागरिकका कुबेर चालिसे, सन्तोष न्यौपाने र सुजन ढुगांनाले यसै सन्दर्भमा गरेको विस्तृत कुराकानीको सारसंक्षेपः


पुँजीगत लाभकरको विषय अब सुल्झिएको हो ?

मलाई लाग्छ अब यो कुरा स्पष्ट भइसकेको छ किनकि संसदको लेखा समितिले समेत यस सम्बन्धमा स्पष्ट रुपमा पुँजीगत लाभकर भनेको बिक्रीकर्ताको जिम्मेवारी हो भनेर आफ्नो निर्णय दिइसकेको छ । हामीले यही कुरा पहिलेदेखि नै भन्दै आएका थियौं । संसदीय समितिले पहिलेका कारोबारमा पनि कर तिरे–नतिरेको अध्ययन गर्न भनेको छ । पहिलेका कारोबारको विषय हामीसँग जोडिएको छैन । तर लाभकरको कुरा भने पक्कै सम्बन्धित छ । संसदीय समितिको निर्णय ठिक आएको छ । यो राम्रो हो र हामीलाई यसमा खुसी लागेको छ ।

के यो विषय सकिएको हो त ?

सम्भवतः सकिएको छैन किनकि अब सम्बन्धित सरकारी निकायले बिक्रीकर्ता टेलियासँग कर असुल गर्न प्रयास गर्नुपर्छ । यो सजिलो भने हुने छैन । त्यसकारण अहिले नै केही भन्ने सक्ने अवस्थामा हामी छैनौं । हाम्रोतर्फबाट हामीले कर प्रशासनले दिएको निर्देशन बमोजिम कानुनले भने अनुसार अग्रिम कर तिरिसकेका छौं । त्यो १५ प्रतिशत अग्रिम कर हामीले बिक्रेता टेलियाको तर्फबाट तिरेका हौं । यसमा हामी स्पष्ट छौं ।

एनसेलले अग्रिम कर त ति¥यो तर यो रकम बिक्रीकर्ता टेलियालाई भुक्तानी गर्दा खरिदकर्ता आजियाटाले विथहोल्ड गरेको थिएन । यो रकमलाई कसरी असुल्नु हुन्छ ?

लाभकरको जिम्मेवारी बिक्रीकर्तामा रहन्छ । हामीले अग्रिम कर कानुन बमोजिम टेलियाको तर्फबाट बुझाएका हौं । यसलाई हामीले टेलियासँगै माग्नेछौं ।

यो हप्ता नै यो आर्थिक वर्षको अन्तिम साता हो । यससँगै १० प्रतिशत लाभकर तिर्ने समय पनि आउन लागेको छ । यसतर्फ के काम भएको छ ?

१० प्रतिशत कर सम्बन्धित निकायले टेलियाबाट असुल गर्नुपर्छ । सम्मानित संसदको सार्वजनिक लेखा समितिले पनि यही निर्देशन दिएको छ । त्यसैले उहाँहरुले अहिले नै टेलियासँग यो प्रक्रिया चालिरहनुभएको हुन सक्छ । हामीलाई थाहा छैन ।
 
यदि कर अधिकारीले कर असुल्नका लागि एनसेलसँग सहयोग मागेमा तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ वा सक्नुहुन्न ?

हामीले सम्बन्धित पक्षबीच संवादको सहजीकरण गर्न सक्छौं । हामीलाई उनीहरुको नाम, इमेल थाहा छ । हामीले उनीहरुबीच चिठीपत्र आदानप्रदान गरिदिन सक्छौं । पछिल्लोपटक हामीले यस्तै काम गरेका थियौं । तर टेलियासँग हाम्रो कानुनी क्षेत्राधिकार भने छैन ।

लाभकर बिक्रीकर्ताले तिर्नुपर्ने विश्वव्यापी प्रचलन नै हो । तपाईंको वा आजियाटाको तर्फबाट तपाईंहरुलाई कहिले यो लागेन कि टेलियाले कर तिर्ने छैन वा कर तिर्न चाहँदैन वा तपाईंलाई देखाएर उम्कन सक्छ ?
लाभकर लाग्ने–नलाग्ने विषयमा बुझ्न र यस विषयमा सम्भावित फरक बुझाइ तथा भ्रम नहोस् भन्ने सुनिश्चित गर्न हामीले कारोबार सम्पन्न गर्नुअघि निकै प्रयास गरेका हौं । विगतका कुरातर्फ अहिले म जान चाहन्नँ, तर यस विषयमा ठूलै भ्रम फैलाउने काम भएको भनेर तपाईं भन्न सक्नुहुन्छ । त्यो नियतवश थियो वा संयोग थियो मलाई थाहा छैन ।  

लाभकर बिक्रीकर्ताले तिर्नुपर्ने विश्वव्यापी प्रचलन नै हो । तपाईंको वा आजियाटाको तर्फबाट तपाईंहरुलाई कहिले यो लागेन कि टेलियाले कर तिर्ने छैन वा कर तिर्न चाहँदैन वा तपाईंलाई देखाएर उम्कन सक्छ ?

नेपालमा त्यस्तो सुखद स्वागत नभएको अनुभवपछि अहिले तपाईंहरु कसरी अगाडि बढ्दै हुनुहुन्छ ? तपाईंका योजना के छन् ?

हामीले जे गर्नुपर्ने हो त्यसमै आफूलाई केन्द्रित गरेका छौं । अर्थात ग्राहकलाई सेवा दिने र उनीहरुलाई चाहिएको र उनीहरुले रुचाउने सेवा प्रदान गर्ने । हामी यसकै लागि यहाँ आएका हौं । आफ्नो प्रवेशसँगै हामीले यहाँ डेटा तथा भ्वाइसलाई अझ सुलभ बनाउनुपर्ने आवश्यकता देखेका हौं । त्यसै अनुरुप हामीले कमर्सियल अफर तथा प्रवद्र्धनमा थुप्रै काम गरेका छौं र ग्राहकले हाम्रा यी प्रयासलाई मन पराएका पनि छन् । उदाहरणका लागि हामीले केही दिनअगाडि ल्याएको स्थानीय शुल्कमै भारत कल गर्न सक्ने क्याम्पेनमा सुरु दिन मै लाखौं ग्राहकले सहभागिता जनाएका थिए ।

हामी आफ्ना सेवालाई सहि फरम्याटमा थप सुलभ बनाउन चाहन्छौं । हामीले हालसालै १ जिबीको रात्रिकालीन डेटा प्याक १ सय रुपैयाँमा ल्यायौं । म यस्तै खालको प्याक दिनमा पनि ल्याउन काम गर्न चाहन्छु । हामी त्यही पुग्नुपर्छ । अनिमात्र हामीले स्मार्टफोनमा डेटाको उपयोग तथा इन्टरनेटमा पहुँचलाई देख्न सक्छौं । तर भ्वाइस अझै पनि महŒवपूर्ण रहेको तथ्यलाई नबिर्संदा, भ्वाइसको दर पनि तल जानुपर्छ भन्ने सोच छ । त्यसैले हामीले भ्वाइस प्याक पनि सुरु गरेका छौं ।

मैले गर्न चाहेको अर्को कुरा भने फोर–जी हो । फोर–जी सुरु गर्न हामी सम्बन्धित निकायको स्वीकृति पर्खिरहेका छौं । फोर–जीले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने उपभोक्तालाई ठूलै फरक अनुभव दिन्छ । प्रत्येक देशले फोर–जी डेटा स्पिड र अनुभवका लागि अंगीकार गर्दै आएका छन् । यो सुलभ पनि हुन्छ ।

फाेर जीकाे दर अहिलेभन्दा सस्तो हुन्छ किनभने फोर–जी सेवा प्रदान गर्न लाग्ने लागत, अर्थात यसका लागि लाग्ने लगानी कम हुन्छ । उच्च पुँजी लगानी नभएपछि तपाईंले उच्च प्रतिफल खोज्नु परेन र औसत मूल्य तल झार्न सक्नुहुन्छ । हामीले फोर–जी सञ्चालनमा ल्याएका मलेसिया, कम्बोडिया, इन्डोनेसिया, श्रीलंका लगायत मुलुकमा यसो गर्न सकेका छौं ।

फोर–जी को दर अहिलेको भन्दा कसरी सस्तो हुन्छ ?

सस्तो हुन्छ किनभने फोर–जी सेवा प्रदान गर्न लाग्ने लागत, अर्थात यसका लागि लाग्ने लगानी कम हुन्छ । उच्च पुँजी लगानी नभएपछि तपाईंले उच्च प्रतिफल खोज्नु परेन र औसत मूल्य तल झार्न सक्नुहुन्छ । हामीले फोर–जी सञ्चालनमा ल्याएका मलेसिया, कम्बोडिया, इन्डोनेसिया, श्रीलंका लगायत मुलुकमा यसो गर्न सकेका छौं । फोर–जीमा मुख्यतः दुई कुरा हुन्छ– मूल्य लाभ र राम्रो ग्राहक अनुभव । मूल्य सहि भएमा उपभोक्ताले पक्कै प्रयोग गर्छन् ।

सरकारले स्वीकृति दिएमा, एनसेलले कति समयमा फोर–जी सञ्चालन गर्न सक्छ ?

करिब २ महिनामा हामीले नेटवर्क विकास गर्न र फोर–जी सेवा सुरु गर्न सक्छौं । वास्तवमा हामी अर्को टुरिस्ट सिजन अगावै फोर–जी ल्याउन चाहन्छौं ।

नेपालको टेलिजनघनत्व १०० प्रतिशतभन्दा बढी छ र विभिन्न अध्ययनले १० प्रतिशत टेलिजनघनत्व बढ्दा कुल गार्हस्थ उत्पादनमा १ प्रतिशत बिन्दुले सकारात्मक प्रभाव पर्छ भनेर देखाएका छन् । नेपालमा टेलिजनघनत्वको विस्तार, तपाईंहरुले गर्नुभएको प्रविधि विकास, जुन ग्राहकले उपभोग पनि गरिरहेका छन्, भए तापनि किन यसको प्रभाव देखिएको छैन ?

टेलिजनघनत्व र कुल गार्हस्थ उत्पादनबीच सम्बन्ध रहेको कुरा ठिक हो । जिएसएमए र आईटियुले पनि यसबारे अध्ययन गरेका छन् । मोबाईल ब्रोडबाण्ड विकासको सुरुवाती वर्षहरुमा यसको परिणाम कत्तिको देख्न सकिन्छ ? यसबारे म यत्तिकै भन्न सक्दिनँ । यसबारे म धेरै चिन्ता गर्दिनँ पनि किनभने अहिलेको चरणमा हाम्रो ध्यान कसरी देशभर सेवा विस्तार गर्ने भन्नेमा हुनुपर्छ जस्तो लाग्छ । अहिले पनि देशको धेरै ठाँउमा हामी पुग्न बाँकी नै छ र हामी त्यो गर्छौं । हामीलाई सेवाको गुणस्तर सुधार्नु छ र शुल्क घटाउनु छ ।

के यसले देशको कुल गार्हस्थ उत्पादनमा सुधार ल्याउन सहयोग गर्छ त ?

अवस्थ नै गर्छ । जहाँसम्म १०० प्रतिशतभन्दा बढी टेलिजनघनत्वको कुरा गर्नुभयो त्यो ग्राहकहरुले दुई तीनवटा सिम बोक्ने प्रचलनले गर्दा पनि हुन सक्छ ।

एनसेलले राजस्वमा गरेको योगदान, रोजगारीको अवसर, हाम्रा डिस्ट्रिब्युटर, रिटेलर लगायतका हाम्रा व्यवसायसँग सम्बन्धित गतिविधिले हामीले कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष योगदान पु¥याइरहेका छौं । यसमा कुनै विवाद नै छैन । यदि हाम्रो सेवाले एकजना किसानलाई बजारसँग सम्पर्क स्थापित गर्न सहयोग गर्छ वा एउटा ट्रक ड्राइभरलाई काम लिन सहयोग गर्छ भने यसले व्यक्तिगत स्तरमा योगदान पु¥याएको हुन्छ । जब तपाईंले एक–एक गरेर लाखौं व्यक्तिमा देखिएको यस्ता प्रभावलाई गुणा गरेर हेर्नुहुन्छ यसको प्रभाव बृहतस्तरमा थाहा पाउनु हुन्छ । देशकै सबभन्दा ठूलो करदाता भएर एनसेलले प्रत्यक्ष रुपमा ठूलो योगदान गरेको छ । यहाँ यो पनि बिर्सनु हुन्न कि हामीले अन्तर्राष्ट्रिय कनेक्सनहरुबाट विदेशबाट पनि आम्दानी ल्याइरहेका छौं । अन्र्तराष्ट्रिय कनेक्सनको संयन्त्र नभएको भए देशमा त्यो पैसा आउने थिएन ।

बाहिरबाट आउने आयको हिस्सा कति छ ?

सामान्यतः कुल आम्दानीको ३० प्रतिशतभन्दा बढी देश बाहिरबाट आउँछ ।

आजियाटा मलेसियन ग्रुप हो र मलेसियामा धेरै नेपाली काम गर्छन् । तपाईंसँग मलेसियामा रहेका नेपालीका लागि केही विषेश योजना छ कि ?

देशबाहिर बस्ने सम्पूर्ण नेपालीका लागि योजना हुनु पर्छ । मलेसियाका लागि हामीलाई गाह्रो छैन किनकि हामीसँगै काम गर्न त्यहाँ हाम्रो अर्को ठूलो कम्पनी छ । तर मध्यपूर्व, कतार, कुवेत अनि साउदी अरेबिया जस्ता देशमा पनि थुप्रै नेपाली छन् । हाम्रो एउटा टोली गत हप्ता कतार गएको थियो । त्यसको उद्देश्य भनेको त्यहाँका सेवा प्रदायकसँग भेटेर कसरी त्यहाँ रहेका नेपालीलाई सस्तोमा नेपालमा कुरा गर्न सकिने अवस्था सिर्जना गर्ने भन्ने थियो । साउदी अरेबियाको हकमा हामीले यो गरिसकेका छौं । कतारमा भने त्यहाँका सेवा प्रदायकले के भन्छन् त्यसमा निर्भर रहने छ । एकतर्फी रुपमा यताबाट मात्र गर्ने हो भने मैले उनीहरुलाई कुर्नु पदैन । यसै अनुरुप हामीले भारतका लागि ‘इन्डिया कलिङ’ क्याम्पेन ल्याएका छौं । विदेशबाट आउने कलमात्र होईन यहाँबाट उता रहेका आफ्ना परिवार र आफन्तसँग सस्तोमा कल गर्ने सक्ने वातावरण बनाउने हाम्रो उदेश्य छ ।  

भारतको कुरा गर्ने हो त्यहाँ आजियाटा संलग्न रहेको आइडिया पनि छ । के एनसेल र आइडियाले अन्तरआबद्धतामा सहकार्य गरेर नेपालीले लाभ पाउने गरी केही योजना ल्याउन सक्छन् ?  

हामीले कसरी रोमिङ शुल्क घटाउन सक्छौं भनेर छलफल थालिसकेका छौं । हाम्रो एउटा टिम तीन हप्ता अघि आईडियासँग छलफलका लागि टोली भारत गएको थियो र उनीहरु फेरि जाँदैछन् । हामीले सबै आजियाटा कम्पनीका लागि रोमिङ शुल्क घटाइसकेका छौं । त्यसैले तपाईं यदि कुनै आजियाटा नेटवर्क रहेको देशमा जानुभयो भने त्यहाँ रोमिङ शुल्क अब कम लाग्छ । भारत र मलेसिया जस्ता देशका लागि अहिले जे जति भएको छ त्यो भन्दा पनि बढी गर्न चाहन्छौं । हाम्रा ग्राहकले एनसेलको सिम बोकेर ती देशहरु जाऊन् र लोकल कल झैं सुलभ दरमा नेपालमा कल गर्न पाऊन् भन्ने म चाहन्छु ।

हामीले कहिलेबाट यस्ता अफरहरु आशा गर्न सक्छौं ?

यसको लागि केही हप्ता लाग्नेछ ।

तपाईंले २०१६ मा कति लगानी गर्दै हुनुहुन्छ ? त्यो विशेषतः कुन कुन कार्यमा जानेछ ?

एक महिनाभन्दा केही अघि हामीले २०१६ को बाँकी समयमा करिब १२ अर्ब लगानी गर्ने घोषणा गरेका छौं । यो लगानी यस वर्षको लागिमात्र हो । यसको ठूलो हिस्सा नेटवर्क विकास र सेवा विस्तार, नेटवर्कको क्षमता अभिवृद्धि र फोर–जी सेवा लगायतमा जानेछ । केही भने एनसेल सेन्टरहरु जस्ता कुरामा जानेछ ।

एनसेलको पुँजीवृद्धि सम्बन्धी प्रस्तावको पछिल्लो प्रगति के छ ?

अहिले भइरहेको पुँजी वृद्धिको लागि स्वीकृतिको माग विगतको भूलसुधार गर्ने पहल हो । यो हाम्रो स्थिर सम्पत्ति तथा ग्राहक क्षमता बढाउने विषयसँग सम्बन्धित छ । यो पुँजीवृद्धि टेलियाको पालामा सम्बन्धित निकायको स्वीकृति नलिई गरिएको थियो र प्रक्रिया टुंगिएको थिएन । अहिले हामीले स्वीकृति लिने काम गरिरहेका छौं । योे प्रक्रियामा गइसकेको छ र सम्बन्धित सरकारी निकायले पनि यस विषयमा विस्तृत रुपमा हेरेको छ । सञ्चार माध्यमबाट सुने अनुसार पहिला प्रक्रिया पूरा नगरेकोले सरकारले केही जरिवाना लगाएर स्वीकृत गर्न लागेको छ ।

त्यसको मतलब लगानी पहिला टेलिया भएकै बेला गरिएको र प्रक्रियागत काम बाँकी रहेको थियो ?
ठिक हो । स्वीकृति लिने प्रक्रिया केही अघि नै सुरु भएको हो । यसमा चाँडै निर्णय हुन्छ भन्ने हामीले आशा गरिरहेका छौं ।

फेरि एकपटक करको विषयमा फर्कौं । यो विषयले एनसेलबारे नकारात्मक भावना बढायो । यसका कारण ग्राकह र अन्यमाझ यस्तो नकारात्मक भावना उब्जिन नदिन के गर्दै हुनुहुन्छ ?

इमानदारीपूर्वक भन्नुपर्दा यो कुरा मलाईभन्दा तपाईंलाई राम्रोसँग थाहा छ । निश्चित समूहले पुँजीगत लाभकरको विषयलाई आफ्नो व्यक्तिगत फाइदाका लागि र राजनीतिकरण गर्न खोजे । हामीले आफूलाई विशेष गरी दुई कुरामा केन्द्रित गरेका छौं । पहिलो, हामीले जनमानसलाई सत्य–तथ्य के हो भन्ने बुझाउने । वास्तविकता के हो र भ्रम के हो भन्ने कुरा हामीले मिडियाबाट बताएका छौं । जब कुनै विषेश आरोप आउँछ, हामी त्यसलाई तथ्यसहित जवाफ दिन्छौं । अहिले धेरैले वास्तविकता बुझिसकेका छन् र यसबारे बोल्न थालेका छन् । दोस्रो कुरा भनेको उत्कृष्ट सेवा प्रदान गरी ग्राहकको मन जित्नु हो । ग्राहक हाम्रो साथमा छन् र हामीले समाजलाई योगदान पु¥याएका छौं भने हाम्रो लागि त्यो नै महŒवपूर्ण कुरा हाृे ।

यो घटनापछि तपाईं स्वीकार्नु हुन्छ तपाईंको जनसम्पर्कले राम्रो काम गर्न सकेन ? यो समस्या हल गर्न के कम्पनी पब्लिकमा गई सेयरबजारमा सूचीकृत भएर लोकल कम्पनी बन्न सक्छ ?

जनसम्पर्कबारे पहिला उत्तर दिन्छु । करको विषयमा हामीले अँगालेको एप्रोच नै के हो भने यो सरकारसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो र यसमा हामीले सरकारसँगै प्रत्यक्ष संवाद गर्नुपर्छ । यो हाम्रो सजग निर्णय थियो । यसै अनुरुप हामीले निरन्तर सम्बन्धित सरकारी निकाय र जिम्मेवार व्यक्तिसँग संवाद गरिरह्यौं । यो एप्रोच हामीले अग्रिम कर तिर्ने समयसम्म लियौं । अग्रिम करको विषयमा टुंगो लागेपछि बल्ल हामीले जनसम्पर्कलाई सार्वजनिक रुपमा सक्रिय बनाउने निक्र्योल ग¥यौं र सार्वजनिक रुपमा बोल्न थाल्यौं । यससँगै जनमानसलाई तथ्य अवगत गराउन हामीले सत्य बाहिर ल्याउन थाल्यौं । यसले राम्रो काम गरेको छ । व्यावसायिक जगत र जिम्मेवार व्यक्तिले हामीलाई साथ दिनुभएको छ । जानकारहरुले यो एउटा व्यावसायिक झगडा हो भनेका छन् । यस्तो झगडाका आधारमा देशको दिशानिर्देश गर्नुहुन्न भन्ने सबैको राय छ ।

जहाँसम्म पब्लिकमा जाने कुरा छ, यो साँच्चै ठूलो निर्णय हो । यसबारे सेयर होल्डरले मात्र जवाफ दिन सक्छन् । सेयर होल्डरले मात्र कसरी र कहिले भन्ने कुराको निर्णय लिन सक्छन्, पब्लिकमा जाने हो भने । आजियाटाको ट्र्याक रेकर्ड हेर्नुभयो भने थाहा पाउनुहुन्छ कि उसले अरु कम्पनीहरुमा यस्तो गरेको छ । जस्तै डायलग र एक्सेल सेयरबजारमा सूचीकृत छ । अरु कम्पनीहरु पनि सेयरबजारमा सूचीकृत गरेको छ ।

लाभकर विवादको उत्कर्षमा एनसेलको टावरमा आक्रमण भएको थियो । कम्पनी र सरकारी पक्ष संवादमै थियो, तर केही बाह्य तत्वले कम्पनीको सम्पत्तिहरुमा क्षति पु¥याउन थाल्यो । तपाईंलाई के लाग्छ यसले विदेशी लगानी वा तपाईंहरु जस्तो लगानीकर्तालाई कस्तो असर गर्छ ?

आक्रमणको घटनाले हामीलाई दुःखी बनाएको छ । यसले भौतिक पूर्वाभार र आयमा मात्र क्षति गरेन, ग्रामीण क्षेत्रमा बसोबास गर्ने करिब १० लाख ग्राहकलाई आधारभूत सञ्चार सेवाबाट दुईदेखि तीन हप्तासम्म वञ्चित राख्यो । यो दुखद हो कि मानिसहरु यस्तो गतिविधि पनि गर्न सक्छन् जसले लगानीकर्ताको विश्वासमा आघात पु¥याउँछ र समग्र लगानीको वातावरणलाई नराम्रो बनाइदिन्छ । हामी सरकारले खेलेको भूमिकाप्रति आभारी छौं जसको कारणले गर्दा परिस्थिति नियन्त्रणमा आयो । हामीले सरकार, गृह मन्त्रालय, सुरक्षा निकायहरु, स्थानीय प्रशासन र अन्य सम्बन्धित व्यक्तिबाट एकदमै राम्रो सहयोग पाएका हौं । राजनीतिक नेतृत्व, सञ्चार मन्त्रालय, गृह मन्त्रालयले यो आक्रमण कानुन विपरीत र गलत भएको भन्दै कानुनको कुरालाई यसरी सामना गर्न नहुने बताए । सरकारको पहलकदमी सराहनीय रह्यो ।

हाल ती टावरको अवस्था के छ ? आक्रमणका कारण कति क्षति भयो ?

सबै टावरहरु सञ्चालनमा आइसकेका छन् । आक्रमणबाट उपकरणको मात्र हिसाब गर्दा पनि २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

 

 

प्रकाशित: २७ असार २०७३ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App