८ वैशाख २०८१ शनिबार
समाज

मृतकका परिवारलाई १० लाख

काठमाडौं- सरकारले सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले झडपका क्रममा गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति र घाइतेको उपचार व्यवस्था गर्ने निर्णय गरेको जानकारी संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दिए।

सप्तरी घटनामा बुधबारसम्म मृत्यु हुने संख्या चार पुगेको छ। सोमबार राजविराजमा एमालेको कार्यक्रम बिथोल्न पुगेका मोर्चा कार्यकर्ताको प्रहरीसँग झडप भएको थियो। मन्त्रिपरिषद् बैठकले मृतकप्रति श्रद्धान्जली पनि व्यक्त गरेको छ।

सप्तरी घटना छानबिन गर्न प्रधानमन्त्रीको सहमतिमा गृहमन्त्रालयले तीन सदस्यीय आयोग गठन गर्ने निर्णय बैठकले गरेको जानकारी पनि मन्त्री पाण्डेले दिए। उनका अनुसार आयोगको कार्यादेश १५ दिनको हुनेछ। सरकारले शान्तिपूर्ण तरिकाले भेला हुने, राजनीतिक गतिविधि गर्न पाउने संवैधानिक अधिकारलाई कुन्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दललाई अपिल गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App