८ वैशाख २०८१ शनिबार
कला

नामजस्तै फरक गायक अल्मोडा

गायक अल्मोडा राणा उप्रेती नेपाली संगीतमा नयाँ र स्थापित नाम हो । नेपाली संगीतमा नयाँपन दिदैं उनले लोक र पप म्युजिकलाई फ्युजन गराउँदै गीतहरु सृजना गर्न सुरु गरेको केही वर्षमात्र भएको छ । काठमाडौं विश्वविद्यालयबाट संगीतमा स्नाकोत्तर सिध्याए लगत्तै नेपाली संगीतमा लाई डेब्यु गरेका उनले नौलोपनका गीतहरु तयार गरिरहेका छन् ।

‘जंगे’ फिल्मबाट उनले औपारिक रुपमा नेपाली संगीतमा काम गर्न सुरु गरे। ‘नेपाली संगीतमा लाग्दा सुरुमा फलानोको जस्तो काम चाहियो भन्ने जमात धेरै हुन्थ्यो। ‘जेरी’ फिल्मपछि भने मेरो काम सबैले मनपराउन थाले। त्यसपछि एउटा गीतको सजिलै एक लाख रकम लिन थालेको हुँ,’उनले भने।

करिब एक महिना अवधीमा एउटा गीत तयार गर्ने गायक अल्मोडाले विभिन्न स्थानमा पुगेर ट्युनिङहरु संकलन गर्ने गर्छन्। ‘नेपालमा आधुनिक र लोक गीत गाउने कलाकारहरु मिलेर सहकार्य गर्न सके स्तरीय संगीतहरु तयार गर्न सकिन्छ’,उनी भन्छन्,‘वल्र्ड म्युजिक पढेको हुँदा सबैखालका संगीतबारे जानकारी राखिरहेको हुन्छ।’ त्यसो त ‘पारि त्यो डाढामा’ लोक दोहोरी भएकोपनि उनले त्यसलाई आफ्नोपन दिएका हुन्।


संगीतकार र म्युजिक एरेन्जरको रुपमा नेपाली संगीतमा प्रवेश गरेपनि उनले  ‘रेसम फिलिलि’, ‘कबड्डी कबड्डी’, ‘जेरी’ र ‘ड्रिम्स’ फिल्मको सफलतासँगै चर्चामा आएका हुन्। लजालु स्वभावका उनले केही महिनाअघि युट्युवमार्फत सार्वजनिक गरेको ‘फेन्टास्टिक (पानी पर्यो)’ बोलको गीतबाट फेरि चर्चा कमाएका थिए।


नेपाली पुरानो गीतलाई नयाँपन दिदै आएका गायक अल्मोडाले केही साताअघि नेपालीमूलकी ११ वर्षीय अस्ट्रेलियन गायिका आयुष्कासँग ‘जुन्त लाग्यो’ गीतको कभर संग सार्वजनिक गरे। ‘गीत र संगीतमा नयाँपन दिनसक्नुपर्छ । संसारभर नयाँपनका गीतहरु सुन्ने श्रोता धेरै भएकाले नयाँ कामलाई सबैले मनपराउने गरेका छन्।
गायक अल्मोडाले विभिन्न म्युजिकल ब्यान्डहरु समेत स्थापित गरेका छन्। ‘स्पाइन कर्ड’, ‘नक्षत्र’,फलन’, ‘सेभेन्थ ग्याबिटी’, ‘द मिसिङ लिङ’, ‘एचएमजी मिनिस्टर अफ रक’ र ‘फायर बल’ लगायत ब्यान्डमा उनी आवद्ध छन्।


कृपा डिजिटल स्टूडियोमा गीत रेकडिङ र कम्पोज गर्न व्यस्त उनी आगन फाउन्डेसन, स्टूडियो मण्डला र रेक स्टूडियोमा सक्रिय छन्। उनी काण्डमाण्डप विद्यालय, नेपाल संगीत विद्यालय र केन्द्रिय विद्यालय लगायतमा अध्ययरत विद्यार्थीहरुलाई संगीत सिकाउछन्।  


बसन्तपुरस्थित भजन मण्डलीमा हजुरआमाको पछिपछि लागेर ६ वर्षको उमेरदेखि भजन गाउँदागाउँदै उनलाई संगीतको नशाले तानेको थियो। सन् २००५ मा आयोजिक ‘नेपाल स्टार’मा सेकेन्ड रनर अप भएपछि भने उनले औपचारिक रुपमा संगीतमा लाग्ने निर्णय गरे। ‘विज्ञान विषय लिएर प्ल्स टु अध्ययन गर्दै थिए। कक्षामा भन्दा बढी म अडिटोरियममा म्युजिकको प्रशिक्षण लिइरहेको हुँदा प्ल्स टु फेल भए,’उनी सुनाउछन्,‘साउन्ड इन्जिनियर बन्ने सोचले विज्ञान पढेको थिए। घरमा सांगीतिक महोल भएकाले संगीत पढ्न सुरु गरे।’


उनी सबैखालका गीतहरु सुन्ने गर्छन् । फिलिप्स ग्लासदेखि एआर रहमान, भक्तराज आचार्य, डिप पर्पर, झलकमान गन्धर्व, नारायणगोपाल, प्लानेट एक्स, भिटोरिया उटन, ड्रिस थिएटर, माइकल ज्याक्सन, बोन जोभी, लेडी गागा, द ब्याटल्स् र नेपथ्य लगायत सबैका गीतहरु सुन्छन्। तत्काल एल्बम निकाल्ने सोचमा भने उनी छैनन्। ‘नेपालको अहिलेको सन्दर्भमा एल्बम निकाल्ने सोच छैन् । बरु युट्युवमार्फत गीतहरु सार्वजनिक गरिरहेको छु।’


प्रगतिशिल बाबुले अंग्रजेसँग युद्धमा हरेपछि नेपालले घुमाउनुपरेको अल्मोडाबाट गायकको नाम राखे। ‘बुबा राजनैतिक गतिविधिमा सांस्कृतिक टोलीको नेतृत्व गर्नुहुन्थ्यो। अंग्रेजसँगको युद्धमा नेपाली भू–भाग अल्लोडा भारतले लगेको इतिहासबाट मेरो नाम जुरेको हो,’उनी भन्छन् अंग्रेजसँग लगातार अल्मोडा युद्धमा पराजित भएपनि नेपालले नक्सा सानो भएको सम्झना स्वरुप बुबाले अल्मोडा नाम राख्नुभएको रहेछ।’
हाल बहिराहरुको लागि नेपाली राष्ट्र्रिय गीतको ट्युनिङमा काम गर्न जुटेका उनी भविष्यमा क्यान्सर रोगीका लागि काम गर्ने योजनामा छन्।

 

प्रकाशित: २४ जेष्ठ २०७३ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App