८ वैशाख २०८१ शनिबार
प्रविधि

एनसेलमा यसरी चलाउनुस् निःशुल्क फेसबुक

काठमाडौं- एनसेलले मोबाइलबाट फेसबुक चलाउने आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिने भएको छ। 'इन्टरनेट सबैका लागि' थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार 'फेसबुक फ्री' सार्वजनिक योजना सार्वजनिक गरेको हो। 'फेसबुक फ्री अफर' यही बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ।

फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन्। एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा 'गो टु फ्री'  बटन स्वतः देखिने छ। यो बटन  क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्ने एनसेलले जनाएको छ। 

पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनर शिपकी प्रमुख आन्ना न्ााइग्रेनले संयुक्तरुपमा फेसबुक फ्री सार्वजनिक गरेका थिए। हाल नेपालबाट ८० लाखभन्दा बढि मानिस फेसबुकमा आवद्ध रहेको जानकारी गराइयो।

'फेसबुकसँगको सहकार्यमा लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी खुसी। यसले ग्राहकलाई सामाजिक सञ्जालमार्फत देश विदेशमा रहनु भएकाआफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन  मद्दत पुर्याउनेछ,' एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले कार्यक्रम सार्वजनिक गर्दै भने।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धि बिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा ईन्टरनेट पुर्‍याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्‍याउन कटिबद्ध रहेको समेत पर्किन्सले बताए। 'ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवा मार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउन काम गरिरहेका छौं। प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,' फेसबुक फ्री योजना सार्वजनिक गर्दै पर्किन्स्ले भने।

एनसेलले ल्याएको अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन्। फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने जनाएको छ। ग्राहकले आफूले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने 'सि फोटोज' बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्ने विज्ञप्ती मार्फत जनाएको छ। फेसबुकको फ्री संस्करणबाट पेड संस्करणमा जानु भन्दाअगावै ग्राहकलाई सुचित पनि गराइनेछ।

फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन्।

फेसबुक फ्री ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजर जस्तो ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App