७ वैशाख २०८१ शुक्रबार
प्रविधि

प्रिपेड मोबाइलमा पनि फोरजी विस्तार, सिअारबिटी सुचारू, रिचार्जमा १० प्रतिशत बोनश

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले शनिबारबाट काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा समेत फोरजी सेवा विस्तार गरेको छ। आफ्नो स्थापना दिवसका अवसरमा कम्पनीले फाेरजी सेवा विस्तार गरेको हो। २०६० साल माघ २२ गते कम्पनीका रुपमा स्थापना भएको सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रत्येक वर्ष माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ।

फागुन ७ गतेभित्र फोरजी सेवा सूचारु गराउने प्रिपेड ग्राहकहरुलाई दैनिक १ सय एमबीका दरले ४ दिनसम्म ४ सय एमबी मोबाइल डाटा सेवा निःशुल्क उपलब्ध गराउने कम्पनीकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले बताइन् ।

फागुन ७ गतेभित्र फोरजी सेवा सूचारु गराउने प्रिपेड ग्राहकहरुलाई दैनिक १ सय एमबीका दरले ४ दिनसम्म ४ सय एमबी मोबाइल डाटा सेवा निःशुल्क उपलब्ध गराउने कम्पनीकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले बताइन् ।

गत पुस १७ गतेबाट कम्पनीले काठमाडाैं र पाेखराका पाेष्टपेड माेबाइलमा फाेरजी सेवा विस्तार गरेकाे थियाे ।

प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार सिआरबिटी(कल रिङ ब्याक टाेन) सेवा पुनः सुचारु गरिएको छ । सिअारबिटीका लागि ग्राहकहरूले नेपाली, अंग्रेजी र हिन्दी गीतहरूमा अाफूलार्इ मन परेकाे गीत छनाेट गर्न सक्ने छन् ।

स्थापना दिवसका अवसरमा शनिबारदेखि शुरूकाे १५ दिनसम्म एक ग्राहकका लागि दिनकाे एउटा गीत मात्र निःशुल्क हुने गरी १५ दिनसम्म सिअारबिटी सेवा निःशुल्क उपलब्ध गराउने जनाएकाे छ । निशुल्क उपलब्ध गराउने सिअारबिटीकाे वैधता भने १० दिन रहने जनाइएकाे छ। 

जीएसएम मोबाइल नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा ५ दिन बैधता रहेन १०० एमबी फेसबुक डाटा प्याक उपलब्ध गराउने छ।टेलिकमकाे स्थापना दिवसकाे अवसरमा अायाेजना गरिएकाे समाराेहकाे दीप प्रज्जलन गरी उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की साथमा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी र टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी। तस्बिरः नेपाल टेलिकम

जीएसएम मोबाइलका ग्राहककै लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म ७ दिनको बैधता रहने गरी ५ सय एमबी डाटा ४० रुपैयामा, १५ दिनको वैधता रहने गरी १२ सय एमबी डाटा ८५ रुपैयाँमा उपलब्ध गराउने छ।

त्यस्तै, डाटा अफर अन्तरर्गत नै १ सय ३० रुपैयाँमा ७ दिनको वैधता रहने गरी २ एमबी डाटा र उत्तीनै बोनस डाटा उपलब्ध गराउने, ३ सय रुपैयाँमा १५ दिनको वैधतासहित ५ सय एमबी डाटा र उत्तिनै बोनश डाटा उपलब्ध गराउने जनाएको छ।

सिडिएमए डाटा अफर अन्तर्गत ७५ रुपैयाँमा ७ दिनको वैधतासहित २ सय एमबी डाटा र उत्तीनै बोनस तथा १ सय ७५ रुपैयाँमा १५ दिनको वैधतासहित ५ सय एमबी डाटा र उत्तीनै बोनस डाटा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

शनिबारदेखि एन्टिप्रो सेवा प्रयोग गर्ने ग्राहकलाई अगमन कलमा ५० प्रतिशत छूट र ३ रुपैयाँ प्रतिमिनेट दरमा फाेन गर्न पाउने भएका छन् ।

त्यस्तै, माघ २३ गतेबाट जीएसएम र सिडिएमए फोनका प्रिपेड ग्राहकले ३ दिनसम्म ५०, १०० र २०० को रिचार्ड कार्डबाट रिचार्ज गरे १० प्रतिशत बोनस पाउने कम्पनीले निर्णय गरेको छ।

प्रकाशित: २२ माघ २०७३ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App