८ वैशाख २०८१ शनिबार
समाज

विराटनगरलाई महानगरपालिका बनाउन माग

काठमाडौं- स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठकमा उनले पूर्वाधार पुगेको विराटनगरलाई चक्रपथलाई आधार मानेर महानगरपालिका बनाउन माग गरे।

जनतालाई अधिकारसम्पन्न पार्ने गरी नयाँ संविधान जारी भए पनि बद्नियतपूर्ण यो निर्णयबाट मोरङ, विराटनगरवासी दुःखी भएको उनको भनाइ थियो। 'सम्पूर्ण पूर्वाधार पुगेको विराटनगरलाई महानगरपालिका बन्नबाट रोक्ने को हो? यो सार्वजनिक हुन जरुरी छ', उनले भने।

महाभारत कथाको केन्›, विराट राजाको राजधानी, नेपालको दोस्रो ठूलो सहर विराटनगरमा महानगरपालिकाका सबै पूर्वाधार रहेको भन्दै उनले कांग्रेस नेतृत्वलाई महानगरपालिकाको पक्षमा उभिन आह्वानसमेत गरे।

'नेपालको दोस्रो सहर विराटनगर, निरंकुशताविरुद्ध राजनीतिक नेतृत्व गर्ने विराटनगर जसले यो देशलाई बिपी, गिरिजाप्रसाद कोइराला दियो। के कांग्रेसले त्यस्तो बिराटनगरलार्ई महानगरपालिका बनाउन नचाहेकै हो?' एमाले सांसद पोखरेलले थपे। यस विषयमा कांग्रेस र मधेसवादी दलको स्पष्ट स्पष्ट आउनुपर्ने उनको भनाइ थियो।

'म सरकारलाई आग्रह गर्न चाहन्छु, विराटनगरका हकमा आयोगको सिफारिस पुनरवलोकन गरी पूर्वको केन्› विराटनगर र चक्रपथ आधारित महानगरपालिका घोषणा गरिपाउँ', संसद्मा उनले भने।

विराटनगर उपमहानगरपालिकाको उत्तरस्थित टंकिसिनिवरी गाविसमा अधिकांश उद्योगधन्दा छन्। चक्रपथ आधारित महानगरपालिका घोषणा गर्दा सो क्षेत्र समेट्नुपर्ने हुन्छ। महानगरपालिकाभित्र करको दर गाविसभन्दा अधिक हुने भएकाले त्यहाँस्थित उद्योगपतिले कांग्रेस नेता शेखर कोइरालासहितलाई प्रभावमा पारेर विराटनगरलाई महानगरपालिका प्रस्ताव गर्न रोाकेको चर्चा भइरहेका बेला यो विषय संसद्मा उठेको हो।

 

प्रकाशित: ११ माघ २०७३ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App