७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

काठमाडौँ– नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु. ७ अर्ब बजेट माग गरेको छ।

सो रकममध्ये सेनालाई रु. तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ।

यस रकमबाट सेनाले हेर्दैआएको सो क्षेत्र (विपद् व्यवस्थापन)मा ४३ प्रतिशत क्षमतामात्र अभिवृद्धि हुने उसले जनाएको छ। उसले आफूले माग गरेअनुसार बजेट निकासा भएमा आइपर्ने जुनसुकै विपद्सम्बन्धी चुनौतीलाई तत्काल सामना गर्न सक्ने स्पष्टसमेत पारेको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको साेमबारकाे बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री प्राकृतिक प्रकोपको व्यवस्थापनमा नेपाली सेनाका कार्यका बारेमा जानकारी दिएका हुन्।

निकासा भएकामध्ये सेनाले आफ्नो हवाई, इञ्जिनियरिङ, मेडिकल, जमिनी पारवहनजस्ता क्षेत्रमा खर्च गर्ने छ। तत्काल उसले तीन वटा साना हेलिकप्टर थप गर्न लागेको जनाइएको छ।

सेनाले विपद् व्यवस्थापन, जनताको जीउधनको सुरक्षा र राष्ट्र विकासका लागि सरकारको निर्देशन बमोजिम परिचालन हुनसक्ने गरी चौबिसैघन्टा तयारी अवस्थामा रहेको पनि सो जानकारीपत्रमा उल्लेख छ।

जानकारीपत्रमा सेनाले विपद्को समयमा परिचालन हुने सबै सुरक्षा निकायबीचको सूचनाको आदान प्रदान गर्न जङ्गी अड्डामा संयुक्त सञ्चार केन्द्र स्थापना गर्न, काठमाडौँ जोड्ने वैकल्पिक सडकको निर्माण तथा मर्मत कार्य पूरा गर्न र मनसुन पूर्व नै यसबाट आउने खतरासँग मुकाबिला गर्न तयारी अवस्थामा रहन सुझावसमेत दिएको छ।

सेनाले बाढी पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोपका खोज, उद्धार तथा राहतमा ६५ हजार परिचालन हुन सक्ने जानकारी दिएको छ।

यसैगरी क्षेत्रीय र स्थानीय तहमा सडक विभागसँग समन्वय गरी सम्भावित स्थानमा डोजर र एक्साभेटरहरु तयारी हालतमा राख्न निर्देशन दिइएको छ भने डुबान तथा पहिरो गएका क्षेत्रमा हेलिकप्टर÷डुङ्गाबाट जोखिममा रहेका व्यक्तिलाई उद्धार गर्र्ने व्यवस्था सेनाले मिलाएको छ।

वीरेन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकसहित मेडिकल टिम तयारी अवस्थामा राखिएको छ। साथै १५ स्थानमा फिल्ड एम्बुलेन्सलाई चिकित्सकसहित तयारी अवस्थामा राखिएको पनि सेनाले जनाएको छ। रासस

प्रकाशित: २० असार २०७३ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App