८ वैशाख २०८१ शनिबार
प्रविधि

१३ मेगापिक्सलको इन्फोकस ६८० बजारमा

काठमाडौंं– अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त मोबाइल नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्र्याएको हो।

२ जिबी र्‍याम  प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरीका साथै ६४ जिबीसम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिने कम्पनीले जनाएको छ।

५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको उक्त स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले आकर्षक, स्लिम र मेटल बडीको डिजाइनमा यो फोनका थुप्रै आकर्षक पक्ष रहेको जनाएको छ।

मोबाइलको बजार मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। २ जिबी र्‍याम  प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरीका साथै ६४ जिबीसम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिने कम्पनीले जनाएको छ।

१३ मेगापिक्सेलको रियर एवं फ्रन्ट क्यामेरा मोबाइलमा रहेको कम्पनीले जनाएको छ फोरजी सिम सपोर्ट गर्ने यो फोन एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा आधारित रहेको र यसमा २६०० एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० पुस २०७३ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App