८ वैशाख २०८१ शनिबार
समाज

स्थलगतः यसरी गरियो उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको पुष्टि

लोमाङ्थाङ–खानी तथा भूगर्भ विभागले उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको थप पुष्टि गरेको छ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका भूगर्भविद्को टोलीले युरेनियम खानी रहेको प्रमाणहरु संकलन गरेको छ। विज्ञहरुले उपकरणबाट यहाँको माटोमा परीक्षण लिँदा युरेनियमका विकिरणहरु फेला परेको छ।

लोमाङथाङ देखि करिव २ किलोमिटर टाढा चीनको सिमानादेखि करिव १० किलोमिटरयता युरेनियम खानी रहेको छ। उपल्लो मुस्ताङका अन्य भेगमा पनि खानी रहेको हुनसक्ने भन्दै विस्तृत अध्ययन गर्ने तयारी गरिदैछ।

‘हामी सकेसम्म छिटो यो खानीबाट कसरी लाभ लिन सकिन्छ त्यसमा अघि बढ्नेछौं,’ स्थलगत अध्ययनकै क्रममा मन्त्री पाण्डेले भने ‘विज्ञहरुको राय सल्लाह लिएर, अन्तराष्ट्रिय मापदण्ड, सन्धिहरु र नियमको परिधिमा रहेर युरेनियम उत्पादन गर्न सरकार दृढ छ।’ 

‘युरेनियम खानी छ, यसमा कुनै शंका छैन, एक पटक हैन पटक–पटक परीक्षण गर्दा युरेनियम रहेको पुष्टि भएको छ’ भूगर्भविद् धर्मराज खड्काले भने ‘अब कति परिमाणमा छ र कस्तो गुणस्तरमा छ त्यो पत्ता लगाउन बाँकी छ।’

‘युरेनियम खानी छ, यसमा कुनै शंका छैन, एक पटक हैन पटक–पटक परीक्षण गर्दा युरेनियम रहेको पुष्टि भएको छ’ भूगर्भविद् धर्मराज खड्काले भने ‘अब कति परिमाणमा छ र कस्तो गुणस्तरमा छ त्यो पत्ता लगाउन बाँकी छ।’ उनकाअनुसार युरेनियम भण्डारण रहेको संभावित थप क्षेत्रहरुमा अध्ययन गर्न जरुरी छ। युरेनियम भेटिएको पुष्टी भैसकेका स्थानमा कति परिमाण र कुन गुणस्तरको छ त्यो पत्ता लगाउनु पहिलो काम हुनेछ। 

खानी विभागका निमित्त प्रमुख राजेन्द्र खनाल भन्छन् ‘युरेनियम उत्खनन, प्रशोधन र उपयोग गर्ने तहसम्म पुग्नु पूर्व केही नियम, कानुन संसोधन गर्नेुपर्ने हुन्छ,’ उनले थपे ‘खानीमा प्राप्त युरेनियमको परिमाण पत्ता लगाउने र गुणस्तर परीक्षणको काम गर्न अब ढिलाई गर्नु हुँदैन।’

उपल्लो मुस्ताङमा कहाँ कस्तो अवस्थामा छ युरेनियम खानी ? कसरी गरियो स्थलगत अध्ययन र परीक्षण? के भन्छन् स्थलगत अध्ययन पछि मन्त्री र विज्ञहरु? युरेनियम भण्डारण रहेको क्षेत्र उपल्लो मुस्ताङमा पुगेर तयार पारिएको नागरिक शोः

तस्बिरहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App