७ वैशाख २०८१ शुक्रबार
समाज

फरक धारमा नेम्वाङः संसद अवरोध नगराैं

काठमाडौं–प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संघीयताबाट पछि हट्नेबारे सोच्न पनि नसकिने बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैसाता संघीयताबारे पुनर्विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए। तर नेम्वाङले संविधान सभाको ९० प्रतिशतको हस्ताक्षरले घोषणा गरेको संघीयताबाट पछि हट्नेबारे सोच्न नहुने बताए।

नेम्वाङले संविधान संसोधन प्रस्तावको विषयमा अवरुद्ध रहेको संसदलाई छिटो सुचारु गनुपर्ने बताए। ‘संसद अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुन्छ, संसद लामो समय अवरुद्ध हुनु हुँदैन।’

‘संविधानलाई नै खल्बल्याउने गरेर कसैले पनि सोच्ने कुरा हुँदैन।’ उनले भने ‘जिम्मेवार दलहरुले अन्य असन्तुष्टीहरुलाई हल गर्दै अघि बढ्नु पर्छ।’
नेम्वाङले नेकपा एमालेको कुनै पनि औपचारिक छलफलमा संघीयताबारे पुनर्विचार गर्नुपर्ने भन्ने लाइनले प्रवेश नपाएको स्पष्ट पारे।

नेम्वाङले संविधान संसोधन प्रस्तावको विषयमा अवरुद्ध रहेको संसदलाई छिटो सुचारु गनुपर्ने बताए। ‘संसद अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुन्छ, संसद लामो समय अवरुद्ध हुनु हुँदैन।’

संविधान जारी गर्दा एक ठाउँमा उभिएका दलहरुबीच संविधान कार्यान्वयनमा पनि एकता आवश्यक रहेको नेम्वाङको भनाई छ। २०७४ माघ भित्र निर्वाचन सम्पन्न गर्न नसके देश अँध्यारो सुरुङ भित्र प्रवेश गर्ने उनले बताए।

नागरिकन्युजको यो श्रृङ्खलामा प्रस्तुत छ नेम्वाङसँगको संवादः

प्रकाशित: २४ मंसिर २०७३ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App