Friday 7 Kartik, 2071 |
Menu

नागरिक शनिबार

वाल्मीकि आश्रम

  • १९ श्रावण, २०७०
  • राजु नेपाल
  • DISQUS_COMMENTS
(0 votes)
वाल्मीकि आश्रम
वाल्मीकि आश्रम। राममयणका रचयिता वाल्मीकिको साधना भूमि। नेपालका धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थलमध्येको महत्वपूर्ण ठाउँ। चितवनको ठोरी गाविसमा पर्ने यो आश्रम जति लोकप्रिय छ, उत्ति नै उपेक्षित पनि।
आश्रम पुग्न पूर्व–पश्चिम राजमार्गको बर्दघाटबाट करिब २७ किमि दक्षिण नवलपरासीको त्रिवेणी हुँदै जानुपर्छ। त्रिवेणीबाट डुंगामा नारायणी नदी तरेर पूर्वतर्फ करिब एक घन्टा जंगलको बाटो हिँडेपछि वाल्मीकि आश्रम पुगिन्छ। बर्सात्को समयमा भने यो बाटोबाट आश्रम पुग्न सकिँदैन। अरू समयमा पनि जंगली जनावको डर रहन्छ। 
नारायणी नदीमा भारतीयपक्षले बनाएको पुल तरेर विहारको वाल्मीकि नगरबाट करिब सात किलोमिटर भारतीय जंगलको यात्रा गरेपछि आश्रम पुग्न सकिन्छ। तर, त्यताबाट हिँड्दा बाटोमा भारतीय सुरक्षाकर्मीबाट प्रशस्तै झमेला बेहोर्नुपर्छ। मध्य नेपालको चितवन जिल्लामा रहेर पनि यो पवित्र भूमिसम्म पुग्न कुनै स्थायी बाटो नहुनु दुःखद पक्ष हो; यो सुन्दा जो कोहीको पनि मन कुडिँन्छ। 

नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा प्राचीन वाल्मीकि आश्रम यहीँ रहेको पत्ता लगाएका हुन्। यही स्थानमा यज्ञ गरेका वाल्मीकिले रामायणलगायत काव्य रचना गरेको भनाइ छ। लवकुशले जन्म लिएका, सीताले जीवनको अन्तिम समय व्यतीत गरेको तथा लव र कुशले यही स्थानमा शिक्षा लिएको किंवदन्ती पनि छ। यस्ता धार्मिक–ऐतिहासिक आधारमा वाल्मीकि आश्रम महत्वपूर्ण गन्तव्य बनेको छ। 

आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उनले पाताल प्रवेश गरेको स्थान छ। वरिपरि लव–कुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, शिक्षा ग्रहण गरेको स्थान, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक धार्मिक वस्तु अवशेषका रूपमा छन्। संसारमा विरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ति सीता मन्दिरबाहिर प्रतिष्ठापित छ। सीताले मसला पिस्ने गरेको सिलौटो पनि सुरक्षित राखिएको छ। ढुंगाको लौरोले महिलाले मसला पिसेमा पेटको रोग नहुने र उनीहरूले पकाएको खाना स्वादिस्ट हुने विश्वासले त्यहाँ पुग्ने महिला सिलौटोमा मसला पिस्न थालिहाल्छन्। तर, उचित संरक्षण अभावमा ती अवशेष लोप हुने स्थितिमा पुगेका छन्। 
नेपाल–भारत सीमानजिक पर्ने यस स्थानमा अन्य देवीदेवताका मठमन्दिर पनि छन्। पर्यटकीय दृष्टिले समेत यो स्थान महत्वपूर्ण छ। 
वाल्मीकि आश्रम उपेक्षित हुनुमा प्रचार–प्रसारको अभाव र विकट भौगोलिक अवस्था नै प्रमुख हुन्। आश्रम नवलपरासीको सुस्ता गाविसमा पर्ने सोना, नारायणी र तपसा नदीको संगम स्थलमा पर्ने प्रसिद्ध त्रिवेणीधामबाट नजिक छ। अझ चितवन राष्ट्रिय निकुञ्जभित्रको धार्मिक स्थान पनि। त्यहाँ पुग्न सहज बाटो नहुनु र बस्ने–खाने ठाउँको अभावले यात्रुलाई सास्ती हुनु स्वाभाविक हो। दैनिक हजारौको संख्यामा त्रिवेणी पुग्ने भक्तजनको सानो अंशमात्रलाई पनि यस पवित्र स्थानसम्म पुर्याउन सके धामको कायापलट हुने पक्का छ। 

एकातिर सीताको जन्मस्थल जनकपुरको महिमा देश–विदेशमा फैलिरहेको अहिलेको स्थितिमा उनै सीताले आफ्नो मानवचोला विसर्जन गरी धरतीमा समाहित भएको यो पवित्र भूमिलाई सबैले जनकपुरसँगै जोडेर हेर्नु जरुरी छ। जबसम्म यहाँ रहेको सीताको पाताल प्रवेश स्थलको दर्शन गरिन्न, तबसम्म जनकपुर, अयोध्या, रामेश्वरमलगायत सीतारामसँग सम्बन्धित स्थानको दर्शन पूरा हुन सक्दैन।
माधवको सादगी

माधवको सादगी

माधवकुमार नेपाल अर्थात्, नेपाली राजनीतिका एक हस्ती। २०५६ सालको संसदीय निर्वाचन प्रायोजनका लागि तस्बिर खिच्न जाँदा उनी आफ्नो चर्चित जुँगा मिलाउँदै थिए।

निर्दिष्टा पार्ट टु

निर्दिष्टा पार्ट टु

'कलेज किन नआ'को राजकुमारी?'मोबाइल अन गर्नेबित्तिकै मेसेज आयो। शिरदेखि पाउसम्म एउटा अनौठो कम्पन उत्पन्न भो। दोहोर्यापइ–तेहेर्याकइ पढेँ। मोबाइलको ब्याकलाइट निभ्नु र निशा कोठाभित्र पस्नु एकैचोटि भयो। धन्न, बचेँ म!

सम्मानपूर्वक बाँच्न राजनीति

सम्मानपूर्वक बाँच्न राजनीति

नेपाली राजनीतिमा सक्रिय सरिता गिरी बिहारको हाजिपुरमा जन्मिएकी हुन्। उतै स्कुल पढेकी गिरीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्। ३५ वर्षअघि नेपाली नागरिक लक्ष्मण गिरीसँग विवाह भएपछि नेपाली राजनीतिमा उनको चासो...

फुटेको पाइपमा ‘नखानेपानी’

फुटेको पाइपमा ‘नखानेपानी’

विराटनगरमा हेपाटाइटिस ‘ई' का कारण १२ जनाको ज्यान गयो। गर्मी सुरु हुनासाथ देशको एक उपमहानगरपालिकामा फैलिएको यो प्रकोपले सयौं बिरामी अस्पतालको बेडमा छन्। हेपाइटाइटिस फैलिनुको कारण पानीमा कोलिफर्म ब्याक्टेरियाको संक्रमण...

के हो इबोला?

के हो इबोला?

इबोला भाइरसको कारणले लाग्ने एक प्रकारको रोग हो। यो अहिले पश्चिमी अफ्रिकामा महामारीको रूपमा फैलिएको छ। सन् १९७६ मा पहिलोपटक फैलिएको यो भाइरसले यस वर्षमात्रै अफ्रिकी राष्ट्रहरूमा १५ सयभन्दा बढीको...

मान गुमाइरहेका प्रतिष्ठान

मान गुमाइरहेका प्रतिष्ठान

विधागत उन्नतिका निम्ति एउटा प्रतिष्ठान पर्याप्त भएन भन्ने आवाज २०४६ सालको परिवर्तनसँगै उठेको हो। त्यसैले उतिबेलैदेखि विधागत विशेषताअनुसार प्रतिष्ठान बनाउने प्रयत्न सुरु भयो। तर गणतन्त्र ल्याइएपछि मात्र त्यस आवाजले मूर्तरूप...

अनुभूतिका किनारामा

अनुभूतिका किनारामा

मैले कवितालाई हृदय धुने सत्यको रुपमा लिंदै आएको छु। समयलाई प्रकाश प्रदान गर्ने कविताको सत्यलाई आत्मसात गरिरहेको छु। रंगमञ्चमा उभ्याएर शिल्पीलाई उनको आराधनालाई सम्मान प्रकट गर्न समय रोजिरहेको छु।

सुरक्षाको साँचो

सुरक्षाको साँचो

एक्लै हिँड्दा असुरक्षित महसुस गर्नुहुन्छ? राति हिँड्दा डर लाग्छ? घनिष्ठ मित्रसँग आफू भएको ठाउँको जानकारी गराउन चाहनुहुन्छ? कहिलेकाहीँ बैठकमा ढिला पुगेर आलोचना सहनुपरेको छ?