Friday 14 Kartik, 2071 |
Menu

नागरिक शनिबार

८१०८ मा एकदिन : उफ् टाउकै दुख्यो!

  • १२ श्रावण, २०७०
  • स्वरूप आचार्य
  • DISQUS_COMMENTS
(1 Vote)
८१०८ मा एकदिन : उफ् टाउकै दुख्यो! सबै तस्विर : विजय गजमेर
बिहान पाँच नबज्दै पुरानो सिनामंगल चोकमा मान्छेको चहलपहल बढिसकेको छ। केही वर्षअघि टाउन प्लानिङ भएपछि यहाँको जनसंख्यामा ह्वात्तै वृद्धि भएको हो। यो चापले सेवा सुविधा पनि थपिएका छन्। स्याल कराउने फाँटमा अपार्टमेन्ट र डिपार्टमेन्टल स्टोर ठडिएका छन्। 

फोटो पत्रकार मित्र विजय र म पेप्सी टाउन प्लानिङभित्र नेपाल यातायातको बस स्टपतर्फ हान्निरहेका छौं, हामीलाई पहिलो बस समात्ने हतारो छ। फाट्टफुट्ट बर्सिएका पानीको वास्ता नगरी अघि बढ्यौं। योजना थियो– पहिलो टिपदेखि अन्तिम टिपसम्म एकै सार्वजनिक बसमा दिनभर चक्कर मार्ने। 
बिहानको चिसो हावा खाँदै शारीरिक व्यायामप्रेमी सडकमा लम्किरहेका छन्। विद्यार्थी पनि हतारिएका छन्, उनीहरूलाई पहिलो क्लास भ्याउनु छ। 
हाम्रो योजना त्यतिखेर तुहियो, जतिखेर बस स्टपतर्फ लम्कँदै पहिलो बसमा यात्रु खचाखच देखा परे। अब स्टप पुग्दा जुन गाडी पहिले गुड्छ त्यसैमा चढ्नुको विकल्प रहेन। हरेक पाँच मिनेटको अन्तरमा छुट्ने गाडीमध्ये पहिलो गाडी छुटिसकेको थियो। Bus ma ek din bijay gajmer 2
...
बा१ख ८१०८। चालक– दुर्गाबहादुर थापा, ओखलढुंगा। परिचालक– दीपेन्द्र चौलागाईं। धोएर सफा पारेर गरेर ल्याइएको बस। 
५:२५ मा बस स्टार्ट हुँदा विजयले क्यामेराको लेन्स सो‰याइसकेको थियो। चालकपछाडिको पहिलो सिटमा बस्यौं। यात्रुहरू धमाधम चढ्न थाले। दीपेन्द्र ढोकामा उभिएर यात्रुलाई भित्र छिराउन सहयोग गरिरहेका थिए। 
टाउन प्लानिङ हुँदै पुरानो सिनामंगल चोकसम्म आइपुग्दा सिट भरिएर यात्रु उभिन थालिसकेका थिए। जडिबुटी हुँदै कोटेश्वर पुग्दा खचाखच निक्कै बढ्यो। एक हुल ओर्लिए र अर्को हुल उक्लिए। म उक्लने–ओर्लने क्रम नियाल्दै थिएँ। विजय कहिले चालक त कहिले परिचालकमा क्यामेराको फोकस मिलाउँथ्यो। 
बिहानको खुल्ला बाटो। बस रफ्तारमा थियो। बानेश्वर, बुद्धनगर, बबरमहल हुँदै माइतीघर पुग्दासम्म पनि सडकमा चहलपहल बढिसकेको थिएन। फाट्टफुट्ट देखिएका ट्राफिकलाई निद्राले नछाडेको सहजै अनुमान लगाउन सकिन्थ्यो। माइतीघरमा फेरि अर्को हुल ओर्लियो। त्यसपछि भने टेकु नपुग्दासम्म बस रित्तिँदै गयो।
बसमा अब विद्यार्थीभन्दा पनि कालिमाटी तरकारी बजार जाने खुद्रे व्यापारी थपिए। डोको र नाम्लोलाई रंगीन प्लास्टिकका क्रेटले विस्थापित गरिसकेछन्, बस चढेका व्यापारीले बोकेका क्रेटले त्यही झल्को दिन्थ्यो। कालिमाटीमा ती व्यापारी झरेसँगै अर्को हुल बसमा उक्लियो। ती पनि तरकारी व्यापारी नै थिए, खरिद गरेर फर्किसकेका। 
कालिमाटीको व्यस्त बजार छिचोल्दै बस ६ः१५ मा बल्खु पुग्यो। बसका रहलपहल विद्यार्थी पनि त्यहीँ झरे। उनीहरूले युनिफर्म लगाएका थिएनन्। सायद त्रिविका विद्यार्थी, जो बिहानको पहिलो लेक्चर सुन्ने हतारोमा थिए।
पेप्सी स्टपबाट छुटेको बसको इन्जिन बल्खु सडक किनारामा रोकिएपछि मात्रै केहीछिन् सेलायो। चालक बसबाट ओर्लिएर खुट्टा तन्काउन थाले, परिचालक छेउको नाङलो पसलमा बसेर चुरोटको सर्को तान्न लागे। करिब पाँच मिनेट सुस्ताउँदा त्यही रुटमा चल्ने अर्को नेपाल यातायातकै बस आएर हर्न बजाउन थाल्यो।
दुर्गा दाइले स्टेरिङ सम्हाले। दीपेन्द्रले परिचालकको भूमिका निर्वाह गर्न थाल्यो, 'एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपन्डोल...।' 
बस बल्खुबाट हुइँकियो। जावलाखेल, कुपन्डोल, थापाथली हुँदै नयाँ बानेश्वर पुग्दासम्म पनि काठमाडौं जागिसकेको थिएन। 
बानेश्वरबाट कोटेश्वर हुँदै बस ठिक ७ः०० बजे पेप्सी स्टपमा पुग्दा बसले एक फन्को मार्योक। दुर्गा दाइले मुस्कुराउँदै हामीतिर हेरेर भने, 'ल, पहिलो टिप सकियो।' उनलाई दीपेन्द्रले पैसा बुझाए। 
दुर्गा दाइलाई सोधें, 'दाइ, अब हाम्रो पालो कतिखेर आउँछ?'
'आठ, सवा आठ।'
दीपेन्द्रलाई सोधें, 'पहिलो टिपमा कति भएछ?' 
उनले हाँस्दै भने, '१४ सय।'Bus ma ek din bijay gajmer 3
...
त्यो पसल। नेपाल यातायातको पेप्सी स्टप कार्यालय भने हुन्छ। बसको टाइम किपरदेखि चालक, परिचालक र साहुसम्म त्यही भेटिन्छन्। चिया पिउन सोही पसलतर्फ लम्कियौं। बिहानको नास्ता– पुरी र उसिनेको अन्डा हालेको केराउ, आलुको झोल; चालक र परिचालकले नास्ता लिए। हामीले चियामात्र सुर्क्यायौं।
सवा आठमा ८१०८ को पालो आयो। पहिलो टिपमा बस स्टपमै भरिभराउ गाडी अहिले भने पूरै खाली छ । त्यसका दुई कारण रहेछन्, न त्यो समय स्कुल–कलेजका विद्यार्थीको थियो न जागिरेकै। म गियर बक्समाथि बनाइएको फलामे स्टुलमा बसें। 
अब सुरु भयो चालक दुर्गासँगको वार्ता। 
'कति वर्ष भयो दाइ गाडी चलाउन थालेको?' 
'२०५० सालदेखि।'
'२० वर्ष भइसक्यो! हातमा के भएको?' उनको दुवै हातमा पोलेको खत देखिन्थ्यो। देब्रे हातको कान्छी औंला बांगिएको छ। निधारमा पनि जलेको खत स्पष्ट देख्न सकिन्छ।
'५४ सालतिर ट्याम्पो चलाउँथे। सर्ट सर्किट भएर आगोले पोलेको। पूरै जिउ ह्वारह्वार्ती बलेको थियो। एक वर्ष घरमै थन्किएँ।'
'२० वर्ष गाडी कुदाउँदा कहिलेकाँही पट्यार लाग्दैन?'
'लाग्छ नि, पट्यार लागे गाडी थन्काइदियो, लम्पसार पर्यो । अरू केही गर्न जानेको छैन।'
'परिवारमा को–को छन्?'
'आमा, भाइ, बूढी, तीन बालबच्चा। सबै छन्।'
'बच्चाहरू के गर्छन्?'
'एउटा १० मा, अर्को नौमा र अर्को छमा पढ्छन्। दुई छोरा एक छोरी।'
चालकसँग कुरा गरिरहँदा कालिमाटी पुगेको पत्तै भएन। त्यहाँबाट पहिलो टिपको भन्दा धेरै व्यापारी चढे। गाडी अझै भरिएको थिएन। दीपेन्द्रसँग कुरा गर्न मिल्ने स्थिति थिएन। त्यसैले दुर्गा दाइसँगै गफ गरिरहेको थिएँ, ‘नेपाल यातायात नै चलाएको कति वर्ष भयो, हँ?’
‘चार वर्षजति भयो।’
‘गाडी चलाउँदा त्यस्तो कुनै दुर्घटनामा पर्नुभएको छ?’
‘भगवानको कानमा नपरोस्। अहिलेसम्म त्यस्तो भएको छैन।’
‘नेपाल यातायातले खुब मान्छे हान्छन् भनेको सुनिन्छ। तपाईंको साथी भाइले ठोकेका होलान् नि?’
‘ठूलो गाडी, बाटोको ताल त्यही हो। छिस्स छोयो कि हाम्रै दोष देख्छन्। के गर्नु, छास्स छुस्स त भइरहन्छ। तर, त्यस्तो सम्भि्कनै पर्ने गरेर त कसैले ठोकेका छैनन् यो रुटमा। बरु एक–दुइटा घटना बालुवाटारको रुटमा भएका थिए। त्यो पनि धेरै पुरानो हो।’
‘कहाँको ट्राफिकले धेरै दुःख दिन्छन्?’
‘दुःख नै दिने नियत त उनीहरूको पनि हुँदैन जस्तो लाग्छ। हामी पनि पेल्न खोज्छौं। उनीहरू पनि पेल्न खोज्छन्। त्यस्तो दुस्मनी नै त कहाँ हुन्छ र? दिनभर उनीहरू पनि सडकमै हामी पनि सडकमै। गाह्रो छ नि उनीहरूलाई पनि।’ 
गफ गर्दागर्दै कोटेश्वर पुगियो। अब बस करिब–करिब खाली नै भयो। जडिबुटी कटेपछि दीपेन्द्रले बाँकी यात्रुसँग भाडा उठाए अनि एउटा सिटमा बसेर सुस्केरा हाले। उनी बल्ल फुर्सदमा थिए।Bus ma ek din bijay gajmer 4
'कति भएछ, यो पटक?' मेरो प्रश्नले झस्किए। हातका कच्याककुचुक पैसा मिलाएर उनले भने, '१२ सय।'
'यो काम गर्न थालेको कति भयो?' 
'एक वर्षजति भयो।'
'पहिले अरू के काम थियो?'
'क्याटरिङमा काम गर्थें। गाउँतिरकै चालकहरूको सम्पर्कले यतै पो लागियो।'
'यसमा कमाइ बढी कमाइ भएर हो?'
'होइन। उस्तै–उस्तै हो। यता काम गर्न रमाइलो लागेर।'
‘पेसेन्जरले कत्तिको किचकिच गर्छन्?’
‘गर्छन् नि, किन नगर्नु? कसैले भाडा धेरै भो भन्छन्, कसैले नक्कली कार्ड देखाउँछन्। कहिलेकाहीँ त पड्काइदिन मन लाग्छ। अघि चिया पसलमा सुन्नु भएन, अर्को गाडीको कुरा? जे पायो त्यही इन्स्टिच्युटको कार्ड देखाउँछन्। अनि यो हुँदैन भन्यो भने थर्काउन खोज्छन्। यस्तै हो, चलिरहन्छ।’
‘भाडा नदिई भाग्ने कति हुन्छन्?’
‘धेरै हुन्छन् नि। कठालो समातेपछि लाजले पनि दिन्छन्।’
दीपेन्द्रका अनुसार चालकको तलब चार हजार रुपैयाँ मासिक हुन्छ र परिचालकको दुई हजार। त्यसमा थप दैनिक भत्ता पनि। भत्ता यति नै भन्ने छैन। कमाइमा भर पर्छ। 'सामान्यतया चालकको भत्ता सात सयसम्म हुन्छ। परिचालकको पाँच सय,' दुर्गा दाइले प्रष्ट्याए।
दोस्रो टिप सकेर बस स्टपमा पुग्दा १०ः१० भएको थियो।
त्यहाँबाट बस हरेक पाँच मिनेटमा छुट्थ्यो। तर, गाडीको संख्या कम भएकोले यसपालि हाम्रो पालो आधा घन्टामा नै आयो। १०ः४० मा छुटेको तेस्रो टिप सकिन दुई घन्टा लाग्यो। दुर्गा दाइ र दीपेन्द्र छ टिप भ्याउने मानसिक तयारीमा देखिन्थे। 
चौथो टिपको चक्कर सुरु गर्दा घडीले १ः२५ को फन्को मार्यो। ४ः१५ मा छुटेको पाँचौं टिप ६ः३० मा पूरा भयो। पाँचौ टिपपछि थकित दुर्गा दाइले अब बस थन्क्याउने निर्णय लिए। अन्तिम टिप ६ः४५ मा छुट्थ्यो। त्यसपछि भने जसलाई गाडी चलाउन मन लाग्यो लिएर जान पाइन्छ।
नेपाल यातायात क्यु सिस्टममा चल्दो रहेछ। छुटेका गाडीले सबै स्थान निश्चित समयमा पार गरिसक्नुपर्ने। पेप्सी बस स्टपबाट छुटेको गाडीले कोटेश्वर १७ मिनेटमा छाडिसक्नुपर्छ। बानेश्वर २६ मिनेटमा। जाम नभएको बेला ५२ मिनेटमा बल्खुमा पुगिसक्नुपर्र्छ। पेप्सी र बल्खु दुई ठाउँमा टाइम किपरको व्यवस्था संस्थाले नै मिलाएको छ। फर्कंदा पनि उही हो, जावलाखेल १३ मिनेटमा, कुपन्डोल १८ मिनेट। टाइमको पालना गर्नुपर्ने। टाइम पालना नगरे कि त पछाडिको गाडीले उछित्तो काट्ने। समितिले भेट्यो भने तीन देखि सात दिनसम्म सस्पेन्सन।Bus ma ek din bijay gajmer 5
...
१२ घन्टाभन्दा बढी एउटा सार्वजनिक यातायातमा बिताएपछि काठमाडौं कति गतिशील छ भन्ने बु‰न धेरै सहज हुन्छ। सिटमा बसेर दिनभर त्यो रुटमा यात्रा गर्ने मान्छेको संख्याबारे सामान्य आँकलन गर्न सकिने रहेछ। गाडीमा चाप नहुँदा पनि सरदर ८५ जनाले यात्रा गर्छन्। बस पूरै भरिएको बेला त्यो संख्या एक टिपमा एक सय ३० सम्म पुग्दो रहेछ। एउटा बसले पाँच टिप गर्दा दिनको सरदर कमाइ पाँच हजारसम्म हुँदो रहेछ। त्यो नै खुद कमाइ होइन, त्यसबाटै तेल र दैनिक भत्ता कटाउनुपर्छ।
३६ वटा बस गुड्ने उक्त रुटमा बिहिबार ३३ बस कुदिरहेका थिए। ती बसले एक दिनमा सरदर १४ सय जनालाई गन्तव्यमा पुर्यााए। करिब एक लाख ६५ हजार कारोबार गरे। यो हाम्रो जस्तो सुस्त अर्थतन्त्रलाई चलायमान राख्न राम्रै सहयोग हो।
ट्राफिक प्रहरी र चालकबीच हेर्ने हाम्रो जुन दृष्टिकोण छ, वास्तविकता त्योभन्दा फरक छ। दिनभरको 'ट्याँट्याँ–टुँटुँ'बाट दिक्क बनेका दुवैबीच केही टकराव हुनु उत्ति ठूलो विषय होइन। चालक दुर्गा भन्दै थिए, 'कहिलेकाहीँ तल–माथि भइहाल्छ। त्यसलाई मनमा लिनु हुँदैन। हामी जस्तो तनावमा हुन्छौं, उनीहरूलाई पनि त्यही हो। कति जनालाई सिठ्ठी फुक्नु!'
'यात्रुहरू उनीहरू उभिएकै ठाउँमा रोकेमात्र चढ्छन्,' उनले भने, 'उनीहरूले भनेकै ठाउँमा रोकिदिनुपर्छ। त्यसमै हो ट्राफिकसँग विवाद हुने। यात्रुलाई पनि ट्राफिक नियम सिकाउनु जरुरी छ।' 
'गाडीमा मान्छे कोचेर हाल्नुको पछाडि के छ नि दाइ?' मेरो प्रश्न झर्न नपाउँदै उनले हाँस्दै जवाफ दिए, 'दिनभर चढेर हेरिहाल्नुभयो। हामी कति खाली दौडिन्छौं भनेर। घरबाट निस्कने र फर्कने टाइम एकै हुन्छ त के गर्ने?'
दिनभर धुलो–धुँवा छिचोल्दै काडमाडौंको व्यस्त सहरमा कराउनुपर्दा र कतिपय यात्रुको दुर्व्यवहार सहनुपर्दा सार्वजनिक यातायातका सहचालकको अवस्था कस्तो होला, हामी कल्पनामात्र गर्न सक्छौं। दीपेन्द्र भन्दै थिए, 'बाटोमा उभिरहेका सबै मान्छे, हाम्रै पेसेन्जरजस्तो लाग्छ। देख्नेबित्तिकै चिच्याएर बोलाउन मन लागिहाल्छ।' 
बसको सिटमा बसेर पाँच टिप एउटै रुटमा चक्कर लगाउँदा हाम्रो शरीर त पूरै थाकिसकेको थियो भने स्टेरिङमा बसेका दुर्गा र ढोकामा उभिएर दिनभर कराउने दीपेन्द्रको स्थिति कस्तो बन्यो होला? एक रुपैयाँ नपुग्दा परिचालकले यात्रुसँग किन किचकिच गर्छन्? दिनभर सार्वजनिक बसमा चढे यथार्थ खुलिहाल्छ। 
पेप्सी बस स्टपलाई अँध्यारोले छोपिसकेको थियो। थकित मुद्रामा देखिएका दीपेन्द्र पनि अध्याँरो अनुहार लगाएर भन्दै थिए, 'उफ्, क्या टाउको दुखेको छ!'

श्रम र पसिनाको लय

कविताका पक्ष र विपक्षमा व्यापक छलफल भएका छन्। कवितालाई ‘झूटको जननी' ‘समयको बर्बादी' ओकल्नेदेखि लिएर ‘कविलाई देश निकाला गर्नुपर्छ' भन्नेसम्मका अभिव्यक्ति सुनिँदै आएको हो।

अन्तर्राष्ट्रिय अवसरको खाँचो

अन्तर्राष्ट्रिय अवसरको खाँचो

काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।

कठै खेलकुद!

कठै खेलकुद!

नेपालको खेलकुद इतिहासमा लोकतन्त्र स्थापनापछि नै सबैभन्दा बढी राजनीतीकरण मौलाएको छ। देशको झन्डा बोकेर मैदानमा ओर्लने खेलाडीलाई दलको झन्डा बोकाउँछन् नेताहरू।

पर्यटन गोरेटोमा बैतडी

पर्यटन गोरेटोमा बैतडी

नमस्ते खीर बाजे! कैलालीको अत्तरियाबाट डडेल्धुरा उकालिँदा बाटोमा साहुँखर्क भन्ने ठाउँ आउँछ। खीर र दहीका लागि प्रख्यात ठाउँ। भीमदत्त राजमार्ग ओहोर–दोहोर गर्नेहरू त्यहीँ खाजा खान्छन्।हामी पनि ७ वैशाख ०७१ का...

कामीडाँडामा योगा

कामीडाँडामा योगा

सबैका लागि जोस, जाँगर र उत्साह लिएर आउँछ नयाँ वर्ष। नयाँ वर्षको स्वागत गर्न घुम्ने चलन बढ्दै छ। वास्तवमा हरेक बिहान नयाँ दिनको सुरुवात, हरेक नयाँ दिन नयाँ वर्षको सुरुवात।...

'यात्रुको मुखामुख लाग्छन्'

'यात्रुको मुखामुख लाग्छन्'

मेरा लागि सार्वजनिक यातायात नौलो होइन। भूमिगतकालमा सार्वजनिक यातायातमै हिँडियो। सरकारमा रहँदा मात्र व्यस्तताका कारण केही समय हिँड्न पाइएन। सरकार छाडेपछि मैले सुविधा नलिएरै सार्वजनिक यातायात चढ्ने निर्णय गरेको हुँ।...

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

विवादास्पद कविता

विवादास्पद कविता

विक्रमाब्द २०२९ साउन ७ गते। दिउँसोको समय। अकस्मात् काठमाडौंको नयाँ सडकमा अर्जुनजङ शाहीसित जम्काभेट भयो। उनी युनापकालीन मेरा पुराना साथी, त्यसैले आत्मीयता थियो। युनापले २०३६ सालमा पहिलो पूर्णांकी नाटक 'एउटा...