Wednesday 18 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

एउटा खुट्टाले छमछमी

  • १२ श्रावण, २०७०
  • अमृत भादगाउँले
  • DISQUS_COMMENTS
(0 votes)
एउटा खुट्टाले छमछमी
जब उनी स्टेजमा कम्मर मर्काउँछिन्, तब दर्शकमाझ तालीको पर्रा छुट्छ। दर्शक कोही गीत गुनगुनाउँछन् त कोही सुसेल्न थाल्छन्। स्वदेशदेखि विदेशसम्म इटहरीकी रोमा न्यौपानेको नृत्यले वाहवाही पाउँदै छ। नाच देखाउन वर्षैभरि निम्तो आइरहन्छ।

कहिले गाउँ–सहरका महोत्सवमा, कहिले विद्यालयका कार्यक्रममा त कहिले संस्थाका वार्षिकोत्सवमा। आधुनिक, क्लासिकल, लोक र राष्ट्रिय गीतमा नाच्छिन् उनी। 'मेरो बारुली कम्मर लचक्कै, नेपालकी छोरी हुँ म, आज बाह्र हाते पटुकीले, रेली खोला बगर, खुट्टा तान्दै गर'जस्ता गीतमा।  

गुन्यु चोलीमा छमछमी नाचेको देख्नेहरू उनको एउटा खुट्टा छैन भन्ने पत्तै पाउँदैनन्। उनको देब्रे खुट्टा छैन, दाहिने खुट्टाका भरमा नाच्छिन्। पछिल्लो समय शारीरिक अपांग साथी हिमाल अर्याल (जो ह्विल चेयरमा बस्छन्) सँग 'बुद्धम् शरणम् गच्छामी' बोलको गीतमा नाच्दै आएकी छिन्। यो गीतमा नाच्दा दर्शकका आँखा रसाउँछन्। 
उनले इजरायल, कोरिया, मलेसिया, कुवेतका साथै भारतका धेरै सहरमा आफ्नो प्रतिभा देखाइसकिन्। आउँदो अगस्ट ६ मा कतारमा र १५ मा बेल्जियममा नाच्दै छिन्। त्यसको तयारीका लागि रोमा अहिले गुरु केशव सापकोटासँग दुई नयाँ गीतको अभ्यासमा व्यस्त छिन्। पाँच वर्ष भयो सिक्न थालेको। त्यसभन्दा पहिले घरमै ऐनाअगाडि आफैं नाच्न सिक्थिन्। 
उनले सार्वजनिक कार्यक्रममा नाच्न थालेको एक दशक भयो। पहिलोपटक प्रज्ञा भवनमा 'गुराँस फुल्दा वनै घमाइलो' बोलको गीतमा नाच्दा दर्शकतिर हेर्न सकिनन्। भुइँमा हेरेर एक खुट्टाले नाचेपछि अप्रत्याशित रूपमा दर्शकको माया पाइन्। 'त्यो दिन दर्शकबाट टिप्स आठ सय रुपैयाँ पाएँ,' उनलाई हौसला मिल्यो, 'त्यसपछि नाचमा मेहनत गरिरहेको छु। अहिले नाच्दा दर्शकलाई आफूतिर तान्न सक्ने भएकी छु।' 
केशव गुरुको संगतले धेरै मद्दत गर्योन। 'म शारीरिक अपांग भएकाले पहिला नाच हेर्नेहरू बिचरा भनेर सहानुभूति देखाउँथे,' २८ वर्षीया न्यौपानेले भनिन्, 'अचेल नाचमा निखार आएकाले सहानुभूति भन्दा पनि कलाप्रति सम्मान दर्शाउँछन्।' 
स्वदेशमा भन्दा विदेशबाट राम्रो कमाइ हुने उनको अनुभव छ। 'विदेशमा एउटा कार्यक्रममा तीनटा नाच देखाएबापत ५० हजार रुपैयाँ लिन्छु,' उनी भन्छिन्, 'तर फर्कंदा साथमा दुई–तीन लाखभन्दा बढी नै हुन्छ, दर्शकले राम्रो टिप्स र गिफ्ट दिन्छन्।' 
नाचेर दालभातको जोहो होला भन्ने उनले कल्पनै गरेकी थिइनन्। जन्मथलो इटहरीबाट जीवन संघर्षका लागि काठमाडौं पसेपछि २०६० सालमा स्टेजमा नाच्ने अवसर पाइन्। 
२०६२ को नयाँ वर्ष नै उनका लागि जीवनको नयाँ मोड बनिदियो। टुँडिखेलमा देखाएको उनको नृत्य इजरायली राजदुतले खूब मन पराए। चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रमका अतिथि राजदुत डन विन एलिजरले उनलाई भोलिपल्टै दुतावास आउने निम्तो दिए। जीवनसाथी चिरन पोखरेलसँग उनी दुतावास पुगिन्। राजदूतले इजरायलमा खुट्टाको उपचार र नाच देखाउने चाँजो मिलाइदिए। महिना दिन उपचारपछि उनमा नक्कली खुट्टा हालियो। उनी नेपाल फर्किइन्। 
नाच्दा नक्कली खुट्टा लगाउन मिल्दैन। अघिपछि उनी लगाउँछिन्। धेरैजसो बैशाखीकै भरमा हिँड्न रुचाउँछिन्। भन्छिन्, 'सानैदेखि प्रयोग गरेकाले बैशाखी नै सजिलो लाग्छ।' 
उनले पतिसँग मिलेर भर्खरै काठमाडौंको ठमेलमा कोजी क्याफे एन्ड रेस्टुरेन्ट सुरु गरेकी छिन्। त्यहाँ तीन जना शारीरिक अपांगलाई काम दिएकी छिन्। रोमाले केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। उनलाई गतिलो विज्ञापनमा खेल्न मन छ। 'सकुन्जेल नाच्छु,' भविष्यका योजना सुनाउँछिन्, 'अपांगता भएकाहरूको हितमा पनि काम गर्दै जान्छु।' 


दुर्घटनामा खुट्टा गुम्यो

रोमा आठ वर्षको उमेरमा अपांग भइन्। इटहरीको जनता माविमा कक्षा एक मा पढ्थिन्। दिदीहरूसँग स्कुल जाँदा गाडीले किच्यो। देब्रे खुट्टा बेकामे भयो। छ महिनासम्म विराटनगरस्थित कोसी अस्पतालमा बस्नुपर्योज। पछि बैशाखी टेकेर स्कुल जान थालिन्। 
एसएलसीपछि साथी चिरनले काठमाडौं बोलाए। उनी आइन्। कम्प्युटर सिक्न थालिन्। त्यत्तिकैमा नाच देखाउने मौका मिल्यो। शुभेच्छुकले हौस्याएपछि उनमा आत्मविश्वास बढ्यो। मेहनत गर्दै गएपछि उनी राम्रो नृत्यंगना बनिन्। 'शारीरिक अपांगलाई दया होइन अवसर चाहिएको छ,' उनी भन्छिन्, 'मेहनत, आत्मविश्वास र लगनशीलता भयो भने सफल भइन्छ।'
पर्यटन गोरेटोमा बैतडी

पर्यटन गोरेटोमा बैतडी

नमस्ते खीर बाजे! कैलालीको अत्तरियाबाट डडेल्धुरा उकालिँदा बाटोमा साहुँखर्क भन्ने ठाउँ आउँछ। खीर र दहीका लागि प्रख्यात ठाउँ। भीमदत्त राजमार्ग ओहोर–दोहोर गर्नेहरू त्यहीँ खाजा खान्छन्।हामी पनि ७ वैशाख ०७१ का...

टेगोर हुँदै वाइल्डसम्म

मेरो शैशवकाल मणिपुरको एक विकट गाउँमा बित्यो। तर, साना नगरहरू हुँदै 'ठूलै' महानगरमा बस्न थालेको बीस वर्ष हुँदैछ।

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई...

नयाँ ढंगले सोचौं

नयाँ ढंगले सोचौं

पर्सा मासियानीमा २०१३ सालमा जन्मिएकी उर्मिला अर्यालको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ। २०२८ सालमा नेकपा चौम (चौथो महाधिवेशन) मा प्रवेश गरेसँगै राजनीतिमा होमिएकी उनी २०३५ सालमा चौमकै पर्सा जिल्ला...

माग्नेका अनेक बहाना

माग्नेका अनेक बहाना

‘एक्सक्युज मी, क्यान यु हेल्प मी...'भद्र देखिने पढेलेखेकी एक महिला गएको आइतबार पैदल यात्रुलाई छेक्दै सहयोग रकम मागिरहेकी थिइन्। सेतो फूलबुट्टा भरिएको सुकिलो साडी लगाएकी उनको हातमा हातमा ‘ए फोर'...

गाउँमा टिभी : भूतको किस्सा

गाउँमा टिभी : भूतको किस्सा

द्वितीय विश्वयुद्धको त्रासदीबाट भर्खरै मुक्त भई वैज्ञानिक उन्नति, औद्योगिकीकरण र शैक्षिक जागरणसँगैको संक्रमणकालमा थियो नेपाल। भर्खरै खुल्ला समाजतर्फ लागेको पूर्वी पहाडी दुर्गम जिल्ला तेह्रथुमको सावलामा मेरो जीवनयात्रा प्रारम्भ भयो।

पतिकै पथमा

पतिकै पथमा

२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी विवाहपूर्व पनि राजनीतिमा थिइन्। यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने पति मदन भण्डारी (तत्कालीन एमाले महासचिव) को दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको...

महानायकको एक्लो दसैं

महानायकको एक्लो दसैं

अभिनेता राजेश हमाल दसैं आएको र गएको चालै पाउँदैनन्। उनको घरमा 'दसैं कोठा' छ। तर, त्यहाँ जमरा नउमि्रएको एक दशकजति भयो। दुर्गा कवच र चण्डीपाठ गर्न पण्डितहरू आउन छाडे। न...