Monday 12 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

ज्वाइँसा'ब कोरिया कहिले?

  • १२ श्रावण, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
ज्वाइँसा'ब कोरिया कहिले?
कोरिया धेरै नेपाली युवाको सपना हो। आकर्षक तलब र बेरोजगार समस्याले कोरिया जाने युवाको ठूलै लाइन हुन्छ। इपिएस (इम्प्ल्वाइमेन्ट पर्मिट सिस्टम) भाषा परीक्षा लिएर सरकारले २००८ देखि प्रशिक्षार्थी कामदार कोरिया पठाउन सुरु गरेको थियो। त्यसपछि २०१०, २०११ भाषा परीक्षा भयो। केही युवा कोरिया गए। आगामी असोज २० र २१ गते नयाँ भाषा परीक्षा हुने वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ।
२०११ मा भाषा परीक्षा पास गर्नेमध्ये ६५ सय युवा भने कोरिया जानबाट वञ्चित भएका छन्। ठूलो मेहनतले परीक्षा उत्तीर्ण गरेका यी युवाको कोरिया सपना निल्नु न ओकल्नु भएको छ। कोरिया जाने सपनामा जीवनका महŒवपूर्ण उपलब्धि त्याग गरेका केही युवाको कथा : 
बूढाबूढी नै पास/फेल
काभ्रे पाँचखालका सुदन काफ्ले कपडाको व्यापार गर्थे। २०६४ सालदेखि पाटनमा व्यापार गर्दै आएका काफ्लेका केही साथी कोरिया जान भाषा पढ्दै रहेछन्। उनी पनि साथीको लहैलहैमा लागे, र धेरै कमाउने सपना बुन्न थाले। उनलाई श्रीमतीले पनि साथ दिइन्, भाषा पढ्न कस्सिइन्। 
श्रीमान्–श्रीमती पाटन कुमारीपाटीको ग्रिन एप्पल इन्स्टिच्युटमा भर्ना भए। पसल राम्रैसँग चलिरहेको थियो। बिहान इन्स्टिच्युट धाउँथे, दिउँसो पसल। साथमा कोरियन भाषाकै किताब हुन्थ्यो। बेलुका कोरियन भाषा जान्ने साथी प्रकाशकहाँ पुग्थे। 
काफ्लेका पाँच जना साथीको एक समूह थियो। समूहमा मिलेर दिनरात कोरियन भाषाको तयारीमा लाग्थे। सुत्दा–उठ्दा कोरियाको कल्पना आइरहन्थ्यो। त्यही सपना देख्दादेख्दै उनले आफ्नो स्वास्थ्यको पनि ख्याल गरेनन्। 'म पहिला ५७ केजी थिए,' काफ्ले भन्छन्, 'त्यसै त दुब्लो मान्छे पढ्दापढ्दै ४९ केजीमा झरेछु।'
नियमित भाषा पढाइ र मेहनतले उनी धेरै जान्ने भइसकेका थिए। परीक्षामा ९८ प्रतिशत अंक ल्याए। श्रीमतीले ९४ प्रतिशत। 'हाम्रो समूहको चारजना पास भयौं। त्यमध्ये एक जनामात्र गयो,' उनी भन्छन्, 'त्यो पनि हामीभन्दा कम प्रतिशत ल्याउने।'
श्रीमान–श्रीमतीले नै राम्रो अंक हासिल गरेपछि उनीहरू कोरिया जानेमा ढुक्क भए। त्यसकै तयारीमा फागुन लागेपछि पसल पनि बेचिदिए। 'भाषा परीक्षामा पास भएपछि मेरो 'लाइफ स्टाइल'मै चेन्ज आयो,' उनी भन्छन्, ऋण गरियो, छोरीलाई राम्रै स्कुलमा भर्ना गरियो। फुर्मास धेरै गरियो।' 
सबै व्यवहार मिलाएर जाने दिन पर्खिरहेका थिए उनी। तर, यो महिना होला, अर्को महिना होला भन्दाभन्दै अहिलेसम्म उनी कोरिया उड्न पाएका छैनन्। श्रीमती पनि उनीसँगै छिन्। 
कति पर्खने! पसल बिक्री गरिसकेपछि उनमा समस्या आइलाग्यो; अनि लागे जागिर खोज्न। एपिएस पास गरेको भनेपछि जागिर पाउने झन् गाह्रो भयो। 'जतिबेला पनि छोड्न सक्छ भनेर जागिर दिन डराउँथे,' उनले भने। 
'आफ्ना सबै साथीलाई थाहा भएकाले 'कहिले जान्छस्' भनेर सोधिरहन्छन्,' काफ्ले भन्छन्। 
आफूलाई नियतिले ठगेको ठान्छन्, उनी। 'तनाव अति भयो। डिप्रेसन भएको अनुभव गर्छु,' उनी सुस्केरा हाल्छन्, 'कोरियाले डामाडोल बनायो जीवन।' 
ज्वाइँको फ्लाइट कहिले? 
२०१० मा लिएको भाषा परीक्षामा प्रेम सुवेदी पनि सामेल भए, तर त्यत्तिखेर सफलता पाउन सकेनन्। काठमाडौंमा जागिर गर्थे उनी। जागिर छोडेर घर बाग्लुङ गए। घरमै बसेर पनि नहुने। काम खोज्दै भारत पुगे। 
‘भारतमै भाषा परीक्षाको फर्म खुलेको थाहा पाएँ,’ सुवेदी भन्छन्, ‘कोरियन भाषा पढ्नकै लागि काठमाडौं आएँ। दिदीभाइ काठमाडौंमा बस्थे। उनीहरूसँग बसेर भाषा सिक्न थालें।' 
साढे दुई महिना ठूलो मेहनत गरेर कोरियन भाषा पढे उनले। ‘जिन्दगीमा कहिल्यै त्यसरी पढेको थिइनँ,’ उनी भन्छन्, ‘अब त्यसरी कहिल्यै पढिँदैन होला।’ पुतलीसडकको एक इन्स्टिच्युटमा भर्ना भएका उनी रातदिन भाषाकै लागि घोटिइरहन्थे। 
मेहनतको फल कहाँ उम्कन्थ्यो र! परीक्षा सोचेजस्तै भयो। सयमा सय आयो, दिल खुस। 'कोरिया पक्कै गइन्छ' उनी ढुक्क भए।
लक्का जवान। कोरिया जानुअघि बिहे गर्ने सोच बनाए। ‘छोरी दिने त कति हो कति,’ उनी भन्छन्, ‘कोरियाको लागि नाम निकालेको छ भनेपछि सबैको आँखा मैमाथि थिए।’ बिहे पनि गरे। 
गाउँका सबैलाई थाहा भयो, प्रेम कोरिया जाँदै छ। सबैले सोध्न थाले, 'कहिले जान्छस्?' ससुरालीमा पनि त्यस्तै, ‘ज्वाइँको फ्लाइट कहिले हुन्छ?’ प्रश्न तेर्सिन थाले। ‘कतै जान मन लाग्दैन,’ उनी भन्छन्, ‘मानसिक तनावमा छु अहिले।’ 
सयमा सय ल्याएका प्रेम अलमलमा छन्। सरकारले नाम निकालेका पुरानालाई थाती राखेर नयाँ भाषा परीक्षाको मिति तोकिसकेको छ। कोरियाकै लागि भनेर उनले धेरै गुमाएका छन्। केही जिम्मेवारी पनि लिए। ‘सरकारले हामीलाई बर्बाद पार्योे,’ प्रेम भन्छन्, ‘केका आधारमा कोरिया पठाइँदै छ? थाहा छैन।’
भाग्य, नियति र इपिएस 
काभ्रे महादेवस्थानका तेजप्रसाद दाहाललाई कोरियाको आकर्षक तलबले तान्यो। 'साथीहरू कोरियन भाषा परीक्षाको तयारीमा छन्'– उनले गाइँगुइँ सुने। २०११ अक्टोबरमा इपिएसको परीक्षा हुँदै थियो, काठमाडौंमा। 
परीक्षा हुनुभन्दा छ महिनाअगाडि नै उनी काठमाडौं आए। 'म इपिएस परीक्षा तयारीकै लागि काठमाडौं आएको थिएँ,' उनी भन्छन्। ऋण बोकेर उपत्यका छिरेका दाहाल भक्तपुरको लोकन्थलीमा कोठा लिएर बस्न थाले। बागबजारको एजुकेसन इन्स्टिच्युट कन्सल्ट्यान्टमा १५ हजार तिरेर भर्ना भए। उनलाई त्यत्तिले मात्र पुगेन विश्वभाषा क्याम्पसमा पनि धाउन थाले। 
पढ्न थालेपछि उनले बाहिरी संसार केही देखेनन्। 'दिनरात पढें,' दाहाल भन्छन्, 'मेरो कोठाका भित्ताभरि कोरियन भाषाका अक्षर लेखिएका छन्।' उनले सुनेका थिए, जसले धेरै ल्याउँछ त्यो जान पाउँछ। उनले सबैभन्दा धेरै नम्बर ल्याउने सपना देख्न थाले– सयमा सय। 
२९ वर्षे दाहाल कोरियनको सपना देख्नुअघि शिक्षण गर्थे। अंग्रेजी विषयमा स्नातकोत्तर गर्न त्रिवि कीर्तिपुरमा भर्ना भएका थिए। विवाह गर्ने उमेर पनि हँुदै थियो। घरपरिवारबाट कुरा आउन थालिसकेको थियो। उनले सोचे, अलिकति पैसा कमाएर बिहे गर्नुपर्ला। कोरियाको अप्सन उनलको लागि 'बेस्ट अप्सन' बन्यो। 
परीक्षाको नतिजा निस्कियो। आहा! ९६ प्रतिशत। दुईवटा प्रश्न चिप्लिएको दाहालले पहिले नै थाहा पाइसकेका थिए। ९६ प्रतिशतले कोरिया जान रोक्दैन, उनले सोचे। उनलाई कोरियन सपना साकार होलाजस्तो लाग्यो। 
तर, सोचेजस्तो भएन। आफूसँग पास भएका केही साथी उडे। उनको पालो आजसम्म आएको छैन। त्यसपछिका दिन अझ कष्टकर बन्न थाले। 'मानसिक तनावमा बस्नु पर्योा,' दाहाल भन्छन्, 'हुन्छ कि हुँदैन भन्दै अन्योलमै दुई वर्ष बित्यो।' 
नयाँ जागिरका लागि उनलाई अर्को समस्या थपियो। 'जागिर खोज्न गयो। कोरिया जाने मान्छेलाई किन जागिर चाहियो भन्छन्,' उनले सुनाए, 'अन्तर्वार्तामा इपिएस पास गरेको रैछ भनेर फालिदिन्छ। एकातिर शिक्षण पेसा छुट्यो, अर्कोतिर पढाइ।' सरकारले एपिएस खुलाएर राहत महसुस गरेका उनीजस्ता पीडित युवा भन्छन्, 'वरदान गर्योि भन्ने ठान्थ्यौं, अभिसाप भयो।'
हिजोआज उनी फेसबुक स्टाटस लेख्छन्, 'भाग्य, नियति र इपिएस...!'
अरूको देखेर नहुने
ज्ञानेन्द्र ढकालका अंकलका छोराहरू कोरियामा छन्। डेढ लाखसम्म कमाउँछन्। त्यही कमाइमा लोभिएका गोर्खाका ढकाल कोरिया–सपना बुन्न थाले। कोरियन सपना देख्न थालेको साढे दुई वर्ष भइसक्यो। तर, सपना अधुरै छ। कहिले मन्त्रालय धाउँछन्, कहिले विभाग। कुर्सीमा बस्नेहरू 'पालो आउँदै छ' भन्छन् तर अहिलेसम्म पालो आएन। 
स्नातक तह तेस्रो वर्ष चल्दै थियो उनको। चितवनमा रक्सीको डिलरमा काम गर्थे। दैनिकी राम्ररी चलेको थियो। यही बेला हावाहुरीजस्तै कोरियाको हल्ला चल्यो, काठमाडौंबाट बत्तिएको त्यो हावा चितवनसम्म पुगेर उनको कानमा ठोक्कियो। 'पढाइ र जागिर हापेर कोरिया जाने तयारीमा लागें,' ढकालले भने।
भाषा पढ्नका लागि काठमाडौंमा आए। ठमेलको इजोन इन्टरनेसनलमा १४ हजार बुझाएर भर्ना भए। इन्स्टिच्युटले शतप्रतिशत पास गर्छु भन्ने ग्यारेन्टी लिएको उनी सुनाउँछन्। 
नयाँबजारमा कोठा लिएर साथीसँग बसे। 'कहिलेकाहीँ त एक घन्टा सुतेर २३ घन्टा पनि पढियो,' उनी भन्छन्। 
दिनरात घोटिँदा चार महिना बित्यो। परीक्षा आयो अनि रिजल्ट। ९० प्रतिशत अंक ल्याए उनले। जागिर पढाइ बिर्सिए, खालि कोरिया कमाइको कल्पना गर्न थाले। उनी भन्छन्, 'भाषा परीक्षा पास गरेपछि कोरिया लाने व्यवस्था सरकारले गर्नैपर्छ।'

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

आमालाई भेट्न

आमालाई भेट्न

एक दिन अचानक भाइले रुँदै फोन गर्योे मलाई। काठमाडौंमा बिहानको करिब साढे आठ बजेको थियो होला। म बसेको ठाउँमा भने साँझको सात बजेको थियो।

शब्दचित्रमा फिडेल

शब्दचित्रमा फिडेल

क्युबाको एकहप्ते भ्रमणमा सँगै गएका विदेशी पाहुनाबारे टिप्पणी गर्दै फिडेल क्यास्ट्रोले भने,’वाफ रे! ती मान्छेले कति कुरा गर्न सकेका। म भन्दा पनि पो बढी बोल्दा रहेछन्।' उनले यसो भनेर अलि...

पिकनिक डेस्टिनेसन

पिकनिक डेस्टिनेसन

नेपालीमाझ वनभोज खाने चलन पुरानै हो। धरानेहरू त वनभोजका गुरु नै हुन्। अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष वा ल्होसार, चासोक, माघी, माघे संक्रान्ति, शनिबार, आइतबार सधीं वनभोज।

पसिनाको नदी

विमानको चक्काले भूमि स्पर्श गर्दा हामी फिलाडेल्पि्कया विमानस्थलमा रहेछौं। त्यहीँबाट अमेरिका प्रवेशको पूर्ण अनुमति प्राप्त गर्नुपर्दा रहेछ।

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

दसैंमा ध्यान

दसैंमा ध्यान

दसैंको उल्लासले तासको खाल जमाउने, अकाशमा चंगा चेट् पार्ने कुरा पुरानै हुन्। हल्का चिसो मौसममा टे्रकिङ र समुद्र तटतिर बरालिन निस्किनेे समूह बिस्तारै बढ्दै छ। तर यीभन्दा भिन्न वसन्तपुरको दसैंघरमा...

लठ्ठी फेरियो, सजाय फेरिएन

लठ्ठी फेरियो, सजाय फेरिएन

‘मेरो विचारमा शारीरिक सजाय कहिल्यै पनि उचित हुँदैन। सामान्य किसिमको सजायले हानि कम गर्ला तर फाइदा त गर्दै–गर्दैन। निर्मम सजायले मानिसलाई निर्दयी र पशु बनाउँछ।'