15 Kartik, 2071 |
Menu

नागरिक शनिबार

यौन बाहेक युवाका समस्याः लागुपदार्थ, डिप्रेसन र एन्जाइटी

  • आइतबार ६ श्रावण, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
यौन बाहेक युवाका समस्याः लागुपदार्थ, डिप्रेसन र एन्जाइटी

पाटन अस्पतालमा हरेक दिन पुग्ने ४० भन्दा बढी मानसिक रोगीमध्ये अधिकांश युवावस्थाका छन्। यो संख्या अस्पतालको मानसिक रोग विभागले धान्नेभन्दा धेरै हो। मनोचिकित्सक रवि शाक्यलाई बिरामीको चापले भ्याई–नभ्याई छ। शाक्यका अनुसार पछिल्लो समय युवामा देखिएका समस्या तीनवटा छन्, लागुपदार्थ, डिप्रेसन र असाधारण चिन्ता। 'मैले उपचार गरेका युवामध्ये यी समस्या धेरै देखिएका छन्,' उनले भने।

आनिबानी, विभिन्न आर्थिक र समाजिक समस्याले युवामा यस्ता समस्या बढिरहेका छन्। सानैदेखिको बानी, पढ्ने तरिका, लालनपालन, घर र समाजको वातावरणीय प्रभाव पनि समस्याको कारक हुन सक्ने सशस्त्र प्रहरी अस्पतालमा कार्यरत मनोचिकित्सक निशिता पाठक बताउँछिन्। 'युवामा डिप्रेसन, लागुपदार्थ र एन्जाइटी प्रमुख समस्याका रूपमा देखिएका छन्,' उनले भनिन्, 'टिचिङमा उपचार गर्न आउने युवामध्ये ७० प्रतिशत यस्तै समस्या लिएर आउँथे।'

काठमाडौंका अस्पतालमा मात्रै होइन काभ्रेको धुलिखेल अस्पताल धाउने युवाको संख्या पनि धेरै छ । असफलता र जटिल सम्बन्धबाट विक्षिप्त युवामा आत्महत्याको सोच आउने गरेको मनोचिकित्सक अजय रिसाल सुनाउँछन्, 'दैनिक २५ जना युवा यस्तै समस्याहरू लिएर आउँछन्।'

बानेश्वरस्थित सिभिल हस्पिटलका फिजिसियन विदेश विष्ट भने पछिल्लो समय धेरै युवामा क्षयरोग देखिएको दाबी गर्छन्। विदेशबाट फर्केर आउने युवामा यस्तो समस्या बढी देखिने उनले बताए।

लागुपदार्थ

सुरुमा अनुभवका लागि सेवन गर्नेहरू बिस्तारै साथीमार्फत कुलतमा फस्छन्। मनोचिकित्सक शाक्य भन्छन्, 'नेपालमा सबैखालका लागुपदार्थ पाइन्छन् । मूल समस्या रक्सी र गाँजाको कुलत हो ।'

बढी रक्सी सेवनले शरीर कमजोर हुने, हातखुट्टा काम्ने, ब्लड प्रेसर बढ्ने, पाचनशक्ति कम हुने, श्वासप्रश्वास र कलेजोमा समस्या, नसा र दिमागमा समेत असर देखिन्छ । रक्सीको सेवन गर्ने सबैमा भने लत बसिसकेको हुदैन । 'बिहान उठ्नेबित्तिकै खानुपर्ने, झर्कने, झगडा गर्ने, आत्मग्लानि महसुस भए लत बसेको बुझ्नुपर्छ,' शाक्यले भने ।

चिकित्सकका अनुसार रक्सीको अत्यधिक लत बसेको छ भने एकैपटक छुटाउनु हुँदैन । चिकित्सकको सल्लाहमा उपचार थाल्नुपर्छ । उनी भन्छन्, 'हामीले क्षति न्युनीकरण मात्र गर्ने हो । लत लागिसकेपछि पुनः त्यसमै फस्नेहरू पनि हुन्छन् । यसमा परिवारको निगरानी जरुरी छ ।'

डिप्रेसन

विश्वमै बढी मात्रामा देखिने समस्या हो, डिप्रेसन । असुरक्षा, बेरोजगार, असफलता र अन्य सामाजिक–आर्थिक कारण डिप्रेसनको समस्या बढिरहेको छ । नेपालका युवा पनि डिप्रेसनको समस्याबाट अछुतो छैनन् । महिलामा अझ धेरै देखिएको चिकित्सक बताउँछन् ।

सामाजिक, बायोलोजिकल र साइकोलोजिकल कोणबाट डिप्रेसनको कारक पत्ता लाउन जरुरी हुने शाक्य बताउँछन् । बेरोजगार, शारीरिक मानसिक चिन्ता, निराश, नकारात्मक सोच र वंशाणुगतले समेत डिप्रेसन बढाउँछ ।

एन्जाइटी

चिन्ताका कारण मात्र एन्जाइटी नहुने बताउँछन् मनोचिकित्सक डा. शाक्य । उनी भन्छन्, 'कुनै चिन्तित बेरोजगार युवालाई रोजगार दियो भने ऊ समस्याबाट मुक्त हुँदैन ।' विनाकारण मन अत्तालिने, डर लाग्ने समस्या असाधारण चिन्ता हो ।

मानसिक रोगका कारक

मानसिक रोगको निश्चित कारण पत्ता लाग्न सकेको छैन । तर, वंशानुगत, वातावरणीय तत्व र व्यक्तित्व मुख्य कारक हुन् । मनोचिकित्सकहरूको यसमा दुईमत छैन ।

बाबुबाजेलाई मानसिक रोग छ भने त्यो असर छोराछोरीलाई पनि देखिन सक्ने उनी बताउँछन्, 'वंशाणुगत कारणले डिप्रेसन, असाधारण चिन्तामात्र होइन लागुपदार्थको कुलत पनि हुन सक्छ ।'

समाज र त्यहाँको परिवेशले मानसिकतामा असर गर्छ । तनावपूर्ण वातावरण, अशान्त, कोलाहल, असुरक्षाले पनि मानिसमा समस्या देखा पर्छ ।

कुनै व्यक्तिलाई मानसिक रोग लाग्नमा उसको व्यक्तित्वले पनि निर्भर गरेको हुन्छ । बानी व्यवहार, चालचलन, पढाइ, खानपान, साथीभाइसँगको व्यवहारले उसलाई असर गरिरहेको हुन्छ ।

बिहे अघिको यौन सम्पर्कले युवतीमा बढी चिन्ता

धुलिखेल अस्पतालका गाइनोक्लोजिस्ट सुमनराज ताम्राकारकहाँ युवा–युवतीका फरक–फरक समस्या धेरै आउँछन्।

युवा समस्या १ : युवावस्थामा युवायुवती दुवैलाई यौनप्रतिको जिज्ञासा र चासो धेरै हुन्छ। युवामा यस्तो चासो बढी हुने ताम्राकार बताउँछन्। भन्छन्, 'मनमा यौनका कुरा खेल्ने हुँदा उनीहरूमा अश्लील फिल्म हेर्ने लत बस्छ। विकल्प नभएपछि हस्तमैथुन गर्छन्।' उनीहरूमा हस्तमैथुन राम्रो हो कि होइन भन्ने बारे ज्ञान हुँदैन। बाहिर सोध्न, बुझ्न लजाउँछन्। हस्तमैथुनबाट लिंगको आकारमा परिवर्तन आउने र अलिकति बांगो देखिने हुन्छ। प्राकृतिक समस्या हो भन्ने सबैलाई ज्ञान नहुँदा मानसिक तनाव बढ्दै जान्छ।

समस्या २: युवाका यस्ता गतिविधिले अर्को समस्या निम्त्याउँछ। त्यो हो विपरीत लिंगीप्रतिको सम्बन्ध। कोही प्रेम सम्बन्धमा रहन्छन् भने कोहीमा यौन इच्छा पूरा गर्ने चाहना हुन्छ। सुरक्षित यौन सम्पर्कबारे थाहा नहुँदा कतिपय समस्यामा पर्छन्।

युवती समस्या १: पोसिलो खानेकुरा र अन्य वातावरणीय असरले गर्दा युवतीमा कम उमेरमै महिनावारी हुने धेरै आउँछन्। महिनावारी किन ढिलो–चाँडो हुन्छ भन्ने ज्ञान नहुँदा उनीहरूमा अनावश्यक तनावले थिच्छ। कसैमा नियमित महिनावारी हुँदैन। 'तीन–चार महिनादेखि साढे दुई वर्षसम्म पनि नहुने समस्या देखेको छु,' ताम्राकार बताउँछन्। यो समस्यालाई लिएर कतिपय अभिभावक छोरीमाथि नै शंका गर्छन्। महिनावारी नियमित नहुन पनि सक्छ भन्ने ज्ञान हरेक युवती र अभिभावकलाई हुनुपर्ने ताम्राकार बताउँछन्।

महिनावारीको अवस्थामा आउने अर्को समस्या तल्लो पेट दुख्नु हो। यस्तो बेला नदुख्ने औषधि खान हुन्छ-हुँदैन भनेर धेरै युवती चिन्ता लिन्छन्। ताम्राकार भन्छन्, 'यस्तो अवस्थामा नदुख्ने औषधि खानुपर्छ। यसले कुनै घाटा गर्दैन।'

समस्या २: बिहेभन्दा पहिलाको यौन सम्पर्कले युवाभन्दा बढी चिन्ता युवतीमा देखिन्छ। असुरक्षित यौन सम्पर्कले आत्महत्यासम्मको समस्या निम्त्याउँछ। गर्भ रहेको खण्डमा त्यसले झनै तनाव दिन्छ। एक त परिवारको डर अर्को समाजले इज्जतमाथि उठाउने प्रश्न। यस किसिमका समस्या पनि ताम्राकारसम्म पुग्छन्। सही उपचार र सल्लाहले मात्र उनीहरूको मानसिक समस्या हटाउन सकिने ताम्राकार बताउँछन्।
संघर्षशील युवतीको कथा

संघर्षशील युवतीको कथा

मञ्जरी अर्थात्, बोटबिरुवा, लहरा आदिमा पलाएको आँकुरो–मुजुरो वा कोपिला। उपन्यास ‘मञ्जरी' पनि नयाँ फूल वा पालुवाको रूपमा पाठकसमक्ष आएको छ।

लेख्नु सजिलो छैन

लेख्नु सजिलो छैन

अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक...

गुन्डागिरीको चिन्तामा ब्यवसायी

कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' र राधे भण्डारीबीचको आक्रमण/प्रत्याक्रमण तथा ललितपुरको धापाखेलमा मीनकृष्ण महर्जनमाथि भएको गोली प्रहारको घटनालाई प्रहरीले 'डन संस्कृतिको पुनरोदय'का रूपमा लिएको छ। प्रमुख दलहरूसँग निकट सम्बन्ध राख्ने...

खहरे

खहरे

कलेजको क्यान्टिन ।दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन्...

शाहको ठूलो चस्मा

स्याङ्जाका भीरकोटे राजा तारकबहादुर शाहका जेठा छोरा हृषीकेश शाह नेपालका चिनिएका कुटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारकर्मी, संविधानविद् र लेखक हुन्। शाहको आत्मकथा 'प्रारब्ध पुरुषार्थ'मा उनले २००७ सालको राजनीतिक परिवर्तनदेखि २०५७–०५८ सम्मका लामा–छोटा...

साहसी सहाना

साहसी सहाना

सहाना बज्राचार्य बेलाबखत र्‍याम्पमा झुल्किन्छिन्। तर, आफूलाई मोडल नभन्न 'ह्विप' जारी गर्छिन्।उनी छाउपडी प्रथा उन्मूलनको अभियान बोकेर अछाम जिल्लाको दुर्गम गाउँ चहार्छिन्। किशोरीहरू भेला पारेर महिनावारीको भ्रमबारे परामर्श दिन्छिन्। तर,...

गरिखानेलाई गाह्रो

गरिखानेलाई गाह्रो

महँगी अघिअघि, आम्दानी धेरैपछि। दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले उपभोक्तालाई थिचिरहेको छ। धेरै कमाइ हुनेलाई केही कम, दैनिक ज्याला मजदुरी गरी खानेलाई अझै धेरै। सबैजसोलाई खाद्यान्न, तरकारीजस्ता दैनिक उपभोग्य वस्तुको...

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...