Tuesday 13 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

केदारनाथको शिर डोलेश्वर

  • ५ श्रावण, २०७०
  • राजु नेपाल
  • DISQUS_COMMENTS
(0 votes)
केदारनाथको शिर डोलेश्वर
डोलेश्वर महादेव भक्तपुरको सिपाडोल गाविसमा पर्छ। काठमाडौंबाट अरनिको राजमार्गमा करिब १५ किमि गएपछि भक्तपुरको जगाती भन्ने ठाउँ आउँछ, त्यहाँबाट करिब ४ किमि दक्षिण पूर्वमा डोलेश्वर मन्दिर छ। बाटो सानो र कच्ची हुँदा साना सवारी साधनलाई बर्सात्मा अलि गाह्रो हुनसक्छ। समग्रमा त्यहाँसम्म पुग्न त्यति गाह्रो छैन। सार्वजनिक सवारी साधनबाट जाँदा भने जगातीको केदारनाथ चोकबाट हिँड्नुपर्छ।
काठमाडौंका देवालय, शिवालयको धेरै प्रचार भइसक्दा पनि प्राचीन र अत्यन्त पवित्र डोलेश्वर पुण्य भूमिबारे धेरैलाई थाहा थिएन। यसो हुनुमा पनि कारण छ, किंवदन्तीअनुसार महाभारतको युद्धपछि पाण्डवहरू स्वर्ग जान लाग्दा केदारनाथको दर्शन गर्न गए, तर भगवानले आफ्ना सन्तान नाश गरेर आएका भनी उनीहरूलाई दर्शन दिन चाहनुभएन। भगवानले त्यसपछि राँगो रूप धारण गरी त्यहाँबाट भाग्न खोज्दा भीमले पुच्छर समाते, शिर भने उछिट्टियो। कलियुगमा गएर त्यो शिरबारे जानकारी हुने विश्वास भएअनुसार अहिले पत्ता लागेको मानिन्छ। त्यो शिर नै डोलेश्वर भएको मान्यता छ। त्यसैले यसलाई भारतको उत्तराखण्डस्थित केदारनाथजीको शिरोभाग पनि भनिन्छ। 
हालै भारतको उत्तराखण्डमा बाढीले धेरै भाग र मठ मन्दिर विनाश गर्दा पनि केदारनाथ मन्दिरलाई केहि भएन। जबसम्म भगवानको शिरको मन्दिरलाई केही हुन्न तबसम्म केदारनाथ मन्दिरलाई केही नहुने विश्वास लिइएको छ। यसै कारण पनि केदारनाथको पूजा नियमित नहुँदासम्म भक्तपुरको यही मन्दिरमा केदारनाथका मुख्य पुजारीको अनुरोधमा केदारनाथको नियमित पूजा भइरहेको छ। 
२००९ को अगस्टमा केदारनाथ पीठका मुख्य पुजारी श्री १००८ जगत गुरु भीमाशंकरले मन्दिरको मुख्य द्वारमा रहेको शिलालेख अनावरण गरी यो मन्दिर नै केदारनाथको शिर भएको पुष्टि गर्नुभएको थियो। त्यही बेला उहाँले मन्दिरमा रुद्राभिषेक पूजा सुरु गर्नुभएको थियो।
गुम्बज शैलीमा बनेको डोलेश्वर मन्दिर आकर्षक छ। यसलाई विमलेश्वर र सिपारे महादेव पनि भनिन्छ। मन्दिरभित्र सादा ठूलो शिवलिंग छ। छेउछाउमा धारा, घन्ट र अन्य कलात्मक वस्तु छन्। शिवरात्रि र बालाचतुर्दशीका अवसरमा यहाँ श्रद्धालुको भीड लाग्छ। साउन महिनाभर डोलेश्वरमा जल चढाउन भक्तहरूको घुइँचो हुन्छ। 
मन्दिरबाहिर फूलपाती र खाजा बेच्ने स–साना पसल छन्। मन्दिर परिसरमा धारा, भजन घर आदि छन्। धेरै भौतिक पूर्वाधारका काम हुन बाँकी छ। सरकारी र निजी स्तरमा गुरु योजनाअनुसार काम सुरु भइरहेको छ। 
अरनिको राजमार्गको केदारनाथ चोकबाट मन्दिरसम्म पुग्ने बाटो त्यति राम्रो नहुनु, ठाउँ–ठाउँमा दुई वटा सवारी सधान पास हुन गाह्रो हुनु, मन्दिरसम्म सार्वजनिक सवारी साधन नचल्नु अनि वरपर भौतिक पूर्वाधार विकासमा कमीले तीर्थयात्रीलाई असुविधा पुग्ने देखिन्छ। मन्दिरबारे जति प्रचार हुँदै जान्छ त्यति नै तीर्थयात्री संख्या बढ्ने भएकाले चाँडै पूर्वाधार विकासमा जोड दिन जरुरी देखिन्छ।
यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

सुशीलदा'को डायरी

‘मनको बह कसैलाई नकह' भन्ने उखान नै छ। कहने साथी कोही नपाएपछि कहिलेकाहीँ डायरी लेख्ने इच्छा हुन्छ। आफैं लेख्यो, आफै पढ्यो, अनि खोपामा थन्क्यायो। ईश्वरले गरेको सबैभन्दा गजप डिस्कभरी सायद...

विदेशीलाई भाइटीका

विदेशीलाई भाइटीका

'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला...

गुमनाम दिव्य संगीत

गुमनाम दिव्य संगीत

गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै...

बागमती पुलमुनि न्हुच्छेमान (कविता)

कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्जकुनै नगरबधुलेएकदम होसमा मिल्काएको अस्थायी साधनर न्हुच्छेमानबागमती नदीको पुलमुनि छन्।

बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...

एउटा प्रिय विम्ब

एउटा प्रिय विम्ब

२०७० पुसको महिना। बन्दै गरेको एउटा ठूलो घरमा भुइँतलाको पसलबाट भित्र पसेर ढोकाबाट छिर्यौंल हामी। सानो कोरिडरको ठ्याक्कै अगाडिको ढोका खुलै थियो। अस्तव्यस्त थियो कोठा।