Thursday 11 Mangshir, 2071 |
Menu

नागरिक शनिबार

भक्तपुर पर्खंदै छ चार्ल्स शोभराजलाई

(0 votes)
भक्तपुर पर्खंदै छ चार्ल्स शोभराजलाई
विभिन्न अभियोगको फन्दामा परेका विकिनी किलर चार्ल्स शोभराज अहिले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्। तर, तिनै शोभराज जोडिएको क्यानेडेली नागरिक लरेन्ट हत्या अनुसन्धानको फाइल महानगरीय प्रहरी परिसर भक्तपुरमा थन्किएको तीन दशक बितिसक्दा पनि प्रक्रिया अघि बढेको छैन।
भक्तपुर जिल्ला अदालतका कर्मचारीले लरेन्ट अर्मान्ड क्यारियर हत्याको पुरक अनुसन्धान प्रतिवेदन कुरेको ३३ वर्ष कटिसक्यो। 'महत्वपूर्ण मिसिल हो होसियार रहनू' भन्ने हाकिमको निर्देशनबमोजिम कर्मचारीले मिसिल जोगाउन चारवटा ताल्चा मारे पनि धमिराले भेटिसक्यो। तर, विकिनी किलर चार्ल्स शोभराज जोडिएको अर्को हत्या मुद्दा अलपत्र छ।
काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोगको सुनुवाइमा लरेन्ट हत्यामा समेत चार्ल्सको संलग्नता रहेको अदातलतमा पेस भएका तथ्यले प्रस्ट्याइसकेका छन्। सर्वोच्चले कर्तव्य ज्यान र जाली राहदानी मुद्दाको फैसलामा लरेन्टको हत्यामा चार्ल्सलाई जोडिसकेको छ। 
'कसले मारेर आगो लगाएर फालेको हो भन्ने खोजतलास गर्दा यसैले मारेको हो भन्ने कहीँ कतैबाट खुल्न नआएको' प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालत भक्तपुरका तत्कालीन न्यायाधीश हरिजंग सिजापतिले २०३३ पुस २२ मा 'खुलेका बखत' कारबाही चलाउने गरी मिसिल तामेलीमा राख्ने आदेश दिएका थिए।
चार्ल्स पक्राउ परेलगत्तै काठमाडौं जिल्ला अदालतले २०३४ मा तामेलीमा राखेको कोन्नी हत्या मुद्दा जिल्ला सरकारी वकिल कार्यालयको पत्रका आधारमा २०६० असोजमा मात्र अगाडि बढ्यो। चार्ल्सको यो पहिलो फन्दासँगै जाली राहदानीविरुद्धको दोस्रो फन्दा पनि किनारा लागिसक्यो तर उस्तै प्रकृतिको लरेन्ट हत्या अनुसन्धान फाइल महानगरीय प्रहरी परिसर भक्तपुरमा थन्किएको छ।
२०६० मा चार्ल्स काठमाडौंमा पक्राउ परेपछि भक्तपुर प्रहरीले २०६२ वैशाख २३ मा मिसिलको नक्कल लगे पनि प्रहरी र जिल्ला सरकारी वलिकको कार्यालय सक्रिय नहुँदा अदालतमा रहेको चार्ल्सको तेस्रो फन्दाको पाइलो सरेको छैन। 
...
२०३२ पुस ८ गते बिहान ७ बजे गस्तीका प्रहरीले मनोहरा खोला किनारमा एक महिलाको शव फेला पारेका थिए। पेट्रोल हाली टाउकोदेखि पैतालासम्म जलाइएको, पूरै शरीर नांगो र मुटुको भागमा चारवटा छुरी रोपेको अवस्थामा फेला परेको शवको तत्काल पहिचान खुलेन। विदेशी महिलाको सो शवसँगै फेला परेको बाला र झुम्काको आधारमा झोंछेको ओरिएन्टल लजमा बस्ने दुई विदेशी धुलिखेल घुम्न गएको र नफर्किएको अनुसन्धानबाट खुल्यो। सोही लजमा बस्ने अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनले हराएकी महिलालाई चिन्ने बताएपछि शवको पहिचान खुल्यो। उनी रहिछन्, अमेरिकी नागरिक कोन्नी।
कोन्नी र लरेन्ट २०३२ मंसिर २८ देेखि झोंछेको ओरिएन्टल लजमा बस्दै आएका थिए। पुस ५ गते धुलिखेल हिँडेका लरेन्टलाई भेट्न जान्छु भन्दै दुई दिनपछि कोन्नी हिँडेकी थिइन्। दुवै फर्किएनन्। कोन्नीको शवमात्र फेलापर्यो्। लरेन्ट कहाँ छन्? 
आर्थिकरूपमा कमजोर देखिन्थे लरेन्ट, कोन्नी सम्पन्न। पैसाका लागि लरेन्टले नै कोन्नीको हत्या त गरेनन्? प्रारम्भमा उनी नै शंकामा परे।
सबै सामान लिएर धुलिखेल गएका उनैलाई भेट्न हिँडेकी कोन्नी मृत अवस्थामा फेला परेकी थिइन्। 
अनुसन्धानमा लरेन्ट पुस ८ गते बिहान साढे ११ बजे प्लेनबाट बैंकक गएको सूचना आयो। त्यही तथ्यमा टेक्दै प्रहरी नायव निरीक्षक नन्दराम श्रेष्ठले कोन्नीको हत्या लरेन्टबाटै भएको निष्कर्षसहित प्रतिवेदन तयार पारे। 
...
लरेन्टको खोजीसँगै कोन्नीले बेलाबखत होटल सोल्टी ओबराय (अहिलेको सोल्टी होटल)मा श्रीमतीसहित बसेका एक भियतनामी गहना व्यापारीलाई भेट्ने गरेको सूचनाका आधारमा प्रहरीको ध्यान सोल्टी होटलतर्फ मोडियो।
भियतनामी नभई हिन्द–चीन अनुहारसँग मिल्दोजुल्दो हेनरिकस विन्ताजा र कुकी हेमकर बस्दै आएका रहेछन्। दुवैले हल्यान्ड नागरिक बताएका थिए। 
नेपालमा भएको हत्याझंै बैंककमा पनि विदेशी जोडी मारिएको सूचना आयो। हत्या प्रकृति उस्तै– नशालु पदार्थ खुवाई जिउमा ग्यासोलिन हालेर आगो लगाइएको। कोन्नी हत्यासँग ठ्याक्कै मेल खाने। सो हत्यामा एलेन गोटियर जोडिए। प्रहरी अनुसन्धानमा गोटियर र सोल्टीमा बसेको हेनरिकस विन्ताजा एकै देखिए। कुकीको असली परिचय मोनिक लेक्लर्क खुल्यो। 
नेपाल घुम्न आएका पर्यटकलाई शंकाकै भरमा पक्रिन प्रहरीले आँट गरेन। होटलमा निगरानी बढायो। बाहिर जाँदा अनुमति लिएर जान निर्देशन दिए पनि उनीहरू होटलमै सामान छाडेर बेपत्ता भए। 
...
२०३२ पुस ६ गते। 
अरनिको राजमार्गको दक्षिणी भेगमा अनुहार डढेको अवस्थामा एक पुरुषको शव भेटियो। भक्तपुरको पलाँसेस्थित ढलमा फालेको शव स्थानीय भरत रानामगरले देखेपछि प्रहरीलाई खबर गरे।
निर्वस्त्र र अनुहार डढाएर फालिएको शवको पहिचान खुलेन। भक्तपुरको घटना तत्काल काठमाडौंसम्म आइपुगेन।
कोन्नी धुलिखेल गएको जानकारीका आधारमा काठमाडौं प्रहरीले भक्तपुरमा खोजी थाल्यो। विदेशी पुरुषको शव फेला परेको सूचना प्रहरीको कानसम्म पुग्यो। ती पुरुष थिए, कोन्नीका प्रेमी र प्रारम्भमा कोन्नी हत्याका आशंकित लरेन्ट। 
सोल्टीको कोठामा प्रहरीले नाइलनको पर्स फेला पारेको थियो। भाइ खोज्दै नेपाल आएका गिल्स एम क्यारियरले सो पर्स भाइको भएको बताए। प्रहरीले तत्काल निष्कर्ष निकाल्यो– कोन्नी र लरेन्ट एउटै योजनामा पो मारिएछन्! 
लगत्तै गोर्खा ट्राभल्सको बा अ ५००१ नम्बरको कारमा फेला परेको नीलो रङको पाइन्ट लरेन्टकै रहेछ। तथ्यअनुसार पुस ४ गतेदेखि सोल्टीमा बस्ने विदेशीले सो गाडी भाडामा लिएका थिए। अनुसन्धानमा लरेन्ट बैंकक गएको देखिए पनि अनुसन्धानकर्ता उनको पासपोर्ट दुरुपयोग भएको निष्कर्षमा पुगे। 
विमानस्थलको रेकर्डमा उनी जुन मितिमा बैंकक गएका थिए तर त्यसअघि नै मारिइसकेका थिए। अनुसन्धाकर्तालाई अल्मल्याउन हत्याका योजनाकारले उनको पासपोर्टमा आफ्नो फोटो टाँसेर किर्ते हस्ताक्षर गरी बैंकक गएको र भोलिपल्ट नै फर्किएको थप अनुसन्धानले देखायो। 
यी सबै प्रकरणमा जोडिए, उही सिरियल किलर उर्फ विकिनी किलर चार्ल्स गुरुमुख शोभराज र भारतीय नागरिक अजय चौधरी। 
चार्ल्सले 'लरेन्ट धुलिखेलतर्फ गएको छ भेट्न जाऊँ' भन्ने निहुँ बनाएर कोन्नीलाई बोलाई हत्या गरेर मनोहरामा फालेको र कोन्नीको हत्याअगाडि उस्तै प्रकृतिले लरेन्ट मारिएको अनुसन्धानकर्ता निष्कर्षमा पुगे। लरेन्ट हत्याको एक दिनपछि उनको पासपोर्टमा चार्ल्सले आफ्नो फोटो टाँसी चौधरीसँग बैंकक गई भोलिपल्टै काठमाडौं फर्किएको विमानस्थलको रेकर्डले खुलायो। 
...
२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेल्दाखेल्दै महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीले एक फ्रान्सेली नागरिकलाई पक्राउ गर्योे, ती थिए उही चार्ल्स। उनले डकुमेन्ट्री बनाउन र हस्तकला व्यापार गर्न पहिलोपटक नेपाल आएको दाबी गरे। उनी भदौ १५ मा नेपाल आएका थिए। प्रहरी विश्वस्त थियो; ती उनै चार्ल्स हुन्, जो विदेशी नागरिक हत्या अभियोगमा फरार अभियुक्त। उनी हनुमानढोकाको हिरासतकक्षमा पुगे। 
तर, उनी गलेनन्। घटनाबारे केही थाहा नभएको तर्क गर्दैरहे, 'म पहिलोपटक नेपाल आएको हुँ,' उनले दोहोर्याटए, 'कोन्नी र लरेन्ट चिन्दिनँ, नचिनेकोलाई कसरी मार्नु!' 
प्रत्यक्ष प्रमाणको अभाव थियो। उनी यसअगाडि नेपाल आएको प्रमाण उही होटल मल्ल र सोल्टीमा बस्दा भरेको गेस्ट कार्डमात्रै थियो। कार्डमा लेखिएको अक्षर र चार्ल्सको अक्षरको परीक्षणमा लगभग मिलेको प्रतिवेदन आयो। बैंकक जाँदा विमानस्थलमा भएको लरेन्टको किर्ते हस्ताक्षरको अक्षर प्रकृति पनि मेल खायो। परीक्षणमा सोल्टी ओबरायको गेस्ट रजिष्ट्रेसन कार्डको हस्ताक्षर, चार्ल्स २०६० मा नेपाल आउँदाको राहदानीमा भएको हस्ताक्षरमा समानता देखियो। अनि सुरु भयो अमेरिकी नागरिक कोन्नी हत्या मुद्दा प्रक्रिया। 
हेनरिकस विन्ताजाको नामबाट सोल्टी ओबरायमा बस्ने व्यक्ति उनै चार्ल्स भएको पुष्टि गर्दै काठमाडौं जिल्ला अदालतले कोन्नीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। 
तैपनि चार्ल्स के गल्थे। जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै पुनरावेदनबाट सर्वोच्चसम्म पुगे। तर, उनको केही चलेन। जिल्ला अदालतकै फैसलाअनुसार उनी कोन्नीको हत्यामा १० वर्षदेखि केन्द्रीय कारागारमा छन्। 
...

लरेन्ट हत्याको कारण, प्रकृति र समय एकै प्रकृतिको छ। चार्ल्सले कोन्नी र लरेन्ट धुलिखेलमा भएकाले भेट्न जाऊँ भन्दै लगेर हत्या गरेको तथ्यले नै पुष्टि गर्छ। तैपनि लरेन्टको मुद्दा किनारा लाग्ने संकेत छैन। 
जुन आधारमा चार्ल्स क्रोनी हत्या र जाली राहदानीमा दोषी ठहरिएका छन्, लरेन्ट हत्याका प्रमाण पनि त्योभन्दा फरक नभएकाले प्रहरीले चाहे तत्काल पुरक अनुसन्धान प्रतिवेदन बनाउन सक्ने अदालतका अधिकारीको ठम्याइ छ। 
भक्तपुर परिसरका प्रमुख दिलीप चौधरी 'अझै अध्ययनमै रहेको' बताउँछन्। उनले भने, 'मुद्दा चलाउँछौं, तर अहिले अध्ययनकै क्रममा छ।' 
अदालतका अधिकारी भने प्रहरीको जारी अध्ययनलाई बहानामात्रै बताउँछन्। परिस्थितिजन्य प्रमाणको आधारमा क्रोनीको हत्यामा चार्ल्सको संलग्नता अदालतबाट पुष्टि भइसकेको छ। लरेन्टको हत्या पुष्टिका लागि त्योभन्दा भिन्न प्रमाणको सम्भावना छैन। 
गाडीचोरदेखि सिरियल किलरसम्म
सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका चार्ल्स शोभराज नै अहिलेका विकिनी किलर चार्ल्स शोभराज हुन्। उनको पूरा परिचय चार्ल्स शोभराज गुरुमुख भए पनि उनी विकिनी किलरका रूपमा बढी परिचित छन्।
भारतीय बाबु र भियतनामी आमाका सन्तान चार्ल्स आमाको संरक्षणमा हुर्किए। उनी सानै हुँदा बाबु स्वदेश फर्किए। एक फ्रान्सेली नागरिकलाई आमाको ब्वाईफ्रेन्डको रूपमा पाएपछि चार्ल्स भियतनामी, भारतीय र फ्रान्सेली नागरिक कहलिए।
किशोरावस्थाबाटै अपराधमा प्रवेश गरेका चार्ल्स सन् १९६३ मा चोरीको आरोपमा पहिलोपटक जेल परेपछि अपराध शृंखला सुरु भयो। उनी चोरी र डकैतीको अभियोगमा पक्राउ परिरहन्थे। सन् १९७५ मा टेरेसा नोल्टनको हत्याको अभियोगमा उनी पक्राउ परे। हेनरिकस विन्ताजाको नाममा हल्यान्डबाट जारी एस ४८६९२० नम्बरको राहदानीमा आफ्नो तस्बिर राखेर उनी पहिलोपटक बैंककबाट नेपाल भित्रिएका थिए। पछि चार्ल्सले उनी र उनकी प्रेमिकाको हत्या गरेको खुल्यो। 
थुप्रै देशमा हत्या अभियोग लागेका उनलाई भारतमा १२ वर्Èको जेल सजाय सुनाइएको थियो। रिहा हुन दुई वर्È बा“की छ“दा मार्च १९८६ मा भारतको सबैभन्दा बलियो मानिने तिहाड जेलबाटै फरार भए। भारत सरकारले थाइल्यान्ड सरकारलाई सुपुर्दगी गर्नसक्ने आशंकाले उनी जेलबाट भागेका थिए। केही दिनमै गोवाको एक रेस्टुरेन्टबाट पक्राउ परे। 
सन् १९९७ फेबु्रअरी १७ मा चार्ल्स भारतीय जेलबाट रिहा भए। भारतले उनलाई फ्रान्स पठायो। त्यहाँ उनी सेलिब्रिटीझैं भए। उनको विलासी जीवन सुरु भयो। अन्तर्वार्ता, कथाका लागि मनग्गे रकम पाउन थाले। 
धेरै देशमा उनले गरेका अपराधको प्रमाण नष्ट भइसकेका थिए। नेपालमा आफूविरुद्ध प्रमाण छ भन्ने उनले पत्तै पाएनन्। उनी निर्धक्क २०६० मा नेपाल आए। सञ्चारकर्मीको आँखामा उनी समाचारको विषय बने। दि हिमालयन टाइम्सले तस्बिरसहितको समाचार प्रकाशित गरेपछि प्रहरीले उनलाई पक्राउ गर्योम। 
पक्राउपछि पनि उनले निकै तिकडम गरे। नातिनी उमेरकी निहिता विश्वाससँग जेलभित्रै विवाह गरेको तस्बिर सार्वजनिक भयो। नेपाली युवती निहिताको उपयोग गरेर नेपाली सञ्चारमाध्यममा छाइरहे। सर्वोच्च अदालतमा मुद्दाको पुनरावलोकन हुँदा सफाइ पाइहालिन्छ कि भन्ने आशामा रहेका उनी, श्रीमती निहिता र सासु शकुन्तला थापा निराश भए। 
सर्वस्वसहित जन्मकैद गर्ने काठमाडौं जिल्ला अदालतको फैसलालाई सर्वोच्चले सदर गरेपछि आक्रोशित निहिता र उनकी आमाले 'पैसाको बलमा आदेश आयो' भन्नाले उनीहरू समेत केही दिन जेलमा बस्न पुगे। प्रारम्भमा आमसञ्चारको अध्ययनमा रुचि भएको बताउने निहिताको सञ्चार–मोह कानुनसँग चार्ल्सको पराजयसँगै सायद भंग भयो क्यारे। उनी अहिले नेपाल ल क्याम्पसमा कानुन सिकिरहेकी छिन्। 
तर, कारागारमा रहेका चार्ल्सको नाटक अझै सकिएको छैन। कहिले भित्रै ज्यान जोखिममा रहेको त कहिले कैदीले कुटेको उनको नाटक जारी छ। कतै भारतको तिहाड जेलबाट उम्किएझैं उनी केन्द्रीय कारागारबाट उम्किने त होइनन्! अहँ, परिस्थितिजन्य प्रमाणले सम्भव देखाउँदैन।
भुटानमा मर्दै नेपाली भाषा

भुटानमा मर्दै नेपाली भाषा

नयाँ दिल्ली (भारत)– बिजनेस भुटान साप्ताहिककी संवाददाता अलका कटुवाल नेपाली भाषा बुझ्न त बुझ्छिन, तर उनको लवज नेपाली नै हो भनेर खुट्याउन एकछिन समय लाग्छ। शब्दपिच्छे भुटानी राष्ट्रिय भाषा जोङ्खाको...

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

मतलब, तीन पुस्ता...

बाहिरपट्टि विभिन्न पत्रिकामा आफ्नो प्रकाशनका किताब र लेखकबारे छापिएका समाचार र तस्बिरका कटिङ सजाइएका छन्। विभिन्न लेखकबारे छापिएका स्टोरी पनि सँगै छन्। केही कलाहरू छन्।

यातायातको चोर बाटो

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै...

मण्डेलाको भाषण

आज हामी सिंगै देश र विश्वलाई नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेका छौं।असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछौं, जसप्रति भोलि सिंगो मानवताले गौरव गर्नुपर्ने छ। हाम्रा...

दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

यो पद परमात्माको कृपा

यो पद परमात्माको कृपा

जतिबेला मलाई मुख्यसचिवको पदबाट अन्यायपूर्वक हटाइयो, त्यतिबेला पदको चाहना र एकप्रकारको इगो थियो। एकप्रकारको निराशा थियो मनमा। त्यही समय म पाइलट बाबाको आश्रम गएँ। डेढ वर्ष उहाँसँगै बसे।

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...