Tuesday 11 Jestha, 2073 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

फिनल्यान्डमा नेपाली मेनु

(0 votes)
फिनल्यान्डमा नेपाली मेनु
हेल्सिन्की (फिनल्यान्ड)- कामको सिलसिलामा १३ वर्षअघि हेल्सिन्की पुगेका गुल्मीका ज्योतिप्रकाश खरेलले सुरुमा रेस्टुराँ व्यवसायी बन्छु भन्ने सायदै सोचेका थिए। सात वर्षदेखि रेस्टुराँ चलाउँदै आएका उनी हेल्सिन्कीमा स्थापित भइसकेका छन्। उनको युनिभर्सिटी अफ हेल्सिन्कीकै छेउमा बेस क्याम्प र सिल्तासारेन्कातुमा हिमशिखर रेस्टुराँ छ। फिनिस भाषामा दक्ष एनआरएन फिनल्यान्डका संस्थापक अध्यक्ष रहिसकेका उनी नेपाली–फिनिस भाषाको दोभासेसमेत हुन्।
nepali-patro-may
उनका दुवै रेस्टुराँमा १५ जना कामदार छन्, सबै नेपाली। अधिकांश ग्राहक भने फिनिस। कहिलेकाहीँ भारतीय र अन्य युरोपेली मुलुकका ग्राहक पनि आउने गर्छन्। उनी भन्छन्, 'फिनिस ग्राहककै कारण रेस्टुराँ राम्ररी चलेको छ। बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म 'लन्च हावर' मा भ्याइनभ्याइ हुन्छ।'

फिनल्यान्डमा रेस्टुराँ व्यवसाय गर्ने ज्योति एक्ला नेपाली होइनन्। २१ वर्षदेखि यहाँ बस्दै आएका नेपाली रेस्टुराँ व्यवसायी देवीदत्त शर्माका अनुसार हेल्सिन्कीमा मात्र ३० भन्दा बढी नेपाली रेस्टुराँ छन्। पछिल्लो समयमा ताम्पेरे, तुर्कु, क्योपियो, कोत्का र हाइभिन्काओमा गरी आधा दर्जनभन्दा नेपाली रेस्टुराँ खुलेका छन्।

पुर्ख्यौली थलो गुल्मी भएका शर्माले हेल्सिन्कीकै राताकातुमा १७ वर्षदेखि हिमालय रेस्टुराँ चलाउँदै आएका छन्। उनले व्यवसाय विस्तारका क्रममा लालीगुराँस र गोर्खा रेस्टुराँ पनि खोलेका छन्। विदेशमा नेपालीपन झल्कियोस् भनेर रेस्टुराँ व्यवसाय सुरु गरेका उनी फिनिस ग्राहकले नेपाली खाना मन पराएकामा खुसी छन्। उनको रेस्टुराँमा ४५ जनाजति नेपाली कामदार छन्। उनी भन्छन्, 'एकाधबाहेक यहाँका सबै रेस्टुराँ राम्ररी चलेका छन्, त्यही भएर यो व्यवसायमा हात हाल्ने नेपालीको संख्या बढ्दै छ।'

नेपाली खाना लोकप्रिय भएपछि केही वर्षअघि यहाँका भारतीय रेस्टुराँले हाम्रो खानाको नक्कल भयो भन्दै विवाद गरेका थिए। तर, नेपाली र भारतीय खाना बनाउने तरिका र स्वादमा आकाश पातालको अन्तर भएको शर्माको भनाइ छ। उनी भन्छन्, 'भारतीय खाना बढी पिरो, मसलेदार र चिल्लो हुने भएकाले यहाँ धेरैले मन पराउँदैन, नेपाली खानालाई फिनिस शैलीमा फ्युजन गरिएकाले पनि लोकप्रिय बन्दै गएको छ।' 
पढाइ तथा अवसरको खोजीमा १२ वर्षअघि हेल्सिन्की आएका गुल्मीकै कुलमणि भण्डारीले पनि राम्रो सम्भावना देखेर रेस्टुराँ व्यवसायमा हात हालेका हुन्। हेल्सिन्कीको रुहालाहाँतीमा रेस्टुराँ चलाएका उनी फिनल्यान्डमा नेपाली खानाले छुट्टै पहिचान बनाएको बताउँछन्। 'कोही पाहुना आयो भने फिनिसले खाना खुवाउन नेपाली रेस्टुराँमा ल्याउने गर्छन्, खाना मात्र होइन, मुस्कुराएर सत्कार गर्ने नेपाली स्वभावको पनि उनीहरूले तारिफ गर्छन्,' उनी जानकारी दिन्छन्। 

नेपाली मेनु अन्य रेस्टुराँको भन्दा सस्तो रहेको भण्डारी जनाउँछन्। १० देखि १५ युरोमा नेपाली खाना सेटलगायत विभिन्न परिकार चाख्न सकिने उनको भनाइ छ। रेस्टुराँ व्यवसायीले नेपालीपन झल्किने गरी करेसाबारीको उपहार, तरकारीको डल्लो, हरियाली कुुखुरा, भेडाको तरकारी, मासुको डल्लो, खुर्सानी झिंगेमाछा, कुखुरा पनिर मसलालगायत ठेट शब्दावली प्रयोग गरी परिकारको नामकरण गरेका छन्। बासमती चामलको भात, नान रोटी, सलाद, कफी वा चिया नेपाली खाना सेटभित्रै पर्छन्। बिहान १० बजेदेखि राति १०–११ बजेसम्म खुल्ने नेपाली रेस्टुराँले सोमबारदेखि शुक्रबारसम्मको छुट्टाछुट्टै मेनु तयार पार्छन् । 

नेपाली रेस्टुराँ व्यवसायीले फिनिसहरूको खाने शैली अध्ययन गरेर परिकार बनाउने भएकाले सफलता पाएका छन्। फिनिसहरू ज्यादै पिरो, मसलेदार र चिल्लो भएको खानेकुरा मन पराउँदैनन् । यहाँ भारतीय रेस्टुराँ पनि नभएका होइनन्, तर, भारतीय खानामा बढी चिल्लो, मसला र पिरो हुने भएकाले फिनिसको रोजाइमा नेपाली रेस्टुराँ पर्ने गरेको छ। नेपाली रेस्टुराँमा पाइने थाली सेट, रोटी, गुन्द्रुक, ढिडो, मःमः, छोइला, तासलगायत परिकार विदेशीका लागि नौलो लाग्छ। नेपाली रेस्टुराँ राम्ररी चलेपछि फिनल्यान्डमा रहेका अरू मुलुकका आप्रवासीले समेत नेपाली नाम राखेर रेस्टुराँ खोलेका भण्डारीले बताउँछन्। उनी भन्छन्, 'बंगालीले हेल्सिन्कीमै नेपाली नाम राखेर रेस्टुराँ खोलेका छन्, नेपाली स्वाद तथा नाम दुवै विदेशीले नक्कल गर्न खोज्दैछन्।'

रेस्टुराँको सजावट गर्दा पनि व्यवसायीले नेपाली जनजीवन तथा कला संस्कृतिलाई महŒव दिएका छन्। रेस्टुराँ सजाउनै भनेर उनीहरुले भक्तपुरका काष्ठकलाका नमुना ल्याएका हुन्। रेस्टुराँको भित्तामा काठका ‰याल तथा अन्य कला, हिमाल तथा नेपाली जनजीवन झल्काउने तस्बिर झुन्ड्याइएको छ। लगातार 'रेशम फिरिरी'लगायत नेपालीपन झल्काउने कर्णप्रिय धुनको गुञ्जन। काठमाडौं ठमेलकै रेस्टुराँ त होइनन् भन्ने भान हुन्छ। 

युनिभर्सिटी अफ हेल्सिन्कीमा जुन अन्तिम साता आयोजना गरिएको विश्व विज्ञान पत्रकार सम्मेलनमा समेत नेपाली रेस्टुराँले चर्चा पायो। सम्मेलन आयोजकले बाँडेको जानकारी पुस्तिकामा होटल अन्ना, आर्थर, सोकोसबाट नजिक पर्ने रेस्टुराँको सूचीमा बेस क्याम्प, अन्नपूर्ण, हिमालयलगायत नेपाली रेस्टुराँको नाम पनि थियो। यही कारणले सम्मेलनका सहभागीले पनि नेपाली परिकार चाख्ने अवसर पाए। दाल–भात, गुन्द्रुक, चिकेन, अचार, पापडको स्वाद लिएकी दक्षिण अफ्रिकी मुलुक स्वाजील्यान्डकी पत्रकार एलिस तेम्बे भन्दै थिइन्, 'फुड कल्चरमा नेपाल अगाडि रहेछ, खानाको स्वाद मन पर्योा।' अस्ट्रेलिया, बेल्जियम, अर्जेन्टिना लगायत मुलुकका सहभागीले पनि नेपाली खाना चाखेका थिए। 
हेल्सिन्की तथा बाहिरका सहरमा खुलेका अधिकांश रेस्टुराँ राम्ररी चलेका एनआरएन फिनल्यान्डले जनाएको छ। नेपाली परिकार साथै रेस्टुराँको सेवा पनि राम्रो भएकाले फिनिसलगायत विदेशीले रुचाएका एनआरएन फिनल्यान्डका अध्यक्ष डा. अरुण पोखरेल बताउँछन्। एनआरएन फिनल्यान्डका अनुसार यहाँ रहेका करिब दुई हजार नेपालीमध्ये आधाभन्दा बढी विद्यार्थी छन्। पछिल्लो समयमा नेपालीले ग्रसरी, इलेक्ट्रिकलगायत व्यवसायमा हात हाल्न थालेका छन्।

९० प्रतिशत रेस्टुराँ गुल्मेलीका

हेल्सिन्कीका हिमालय, बेस क्याम्प, हिमशिखर, गोर्खा, यति नेपाल, अन्नपूर्ण, लालीगुराँसलगायत रेस्टुराँका मालिक गुल्मीका छन्। गुल्मी घर भएका हिमालय रेस्टुराँका सञ्चालक देवीदत्त शर्माका अनुसार यो पारिवारिक व्यवसायका रूपमा फस्टाएकाले गुल्मेलीको वर्चस्व रहेको हो। उनी भन्छन्, 'यहाँका नेपाली रेस्टुराँमध्ये ९० प्रतिशतभन्दा बढी गुल्मेलीका छन्। रेस्टुराँका अधिकांश कामदार पनि उतैकै छन्।' 
शर्माका भाइ–बहिनी पनि यहाँ रेस्टुराँ व्यवसायमै संलग्न छन्। भाइबहिनी र आफन्त गरी फिनल्यान्डमा आफ्नो ५०–६० जनाको परिवार रहेको उनको भनाइ छ। सुरुमा शर्माले नै यहाँ रेस्टुराँ खोलेका हुन्। उनको माध्यमबाट यहाँ आएका अधिकांश नातेदार तथा साथीभाइले यही व्यवसायमा हात हालेका छन्। 

जसले पहिलो नेपाली रेस्टुराँ खोले 
फिनल्यान्डमा पाइला राख्नुअघि गुल्मीका देवीदत्त शर्मा नयाँ दिल्लीमा काम गर्थे। नयाँ दिल्ली बस्दा उनले फिनल्यान्डको नाम त सुनेका थिए, तर, यहाँको समाज तथा नीतिनियमबारे उनी जानकार थिएनन्। सुनिश्चत भविष्यको खोजीमा उनी २१ वर्षअघि सन् १९९२ मा फिनल्यान्ड आए। उनी सम्भि्कन्छन्, 'त्यसबेला यहाँ नेपालीको अनुहार देख्न मुस्किल हुन्थ्यो, सुरुमा त कस्तो बिरानो देशमा आइएछ जस्तो हुन्थ्यो। अहिले धेरै आफन्त यतै आइसके। यहीँ सानो गुल्मी भइसक्यो।' सुरुका दिनमा यहाँ टिक्नका लागि धेरै संघर्ष गर्नुपरेको उनले बताए। 
यहाँ आएर उनले सन् १९९२ देखि २००२ सम्म १० वर्ष फिनिस कम्पनीमा काम गरे। रेस्टुराँ व्यवसायमा अनुभव भएकाले उनले यहाँ आएको केही वर्षमै नेपालीपनको रेस्टुराँ प्रवर्द्धनमा लागे। 
सबैभन्दा पहिले हिमालय रेस्टुराँ खोलेका शर्माले लालीगुराँस, गोर्खालगायत रेस्टुराँ पनि विस्तार गरेका छन्। सुरुमा नेपाली रेस्टुराँको किचेनमा काम गर्न नेपालबाटै कामदार मगाउने गरे पनि पछिल्लो समयमा यहाँ पढ्न आएका नेपाली विद्यार्थीले समेत काम गर्दै आएका उनी बताउँछन्। सुरुमा नेपाली परिकार बनाउन चाहिने सामग्री पाउन गाह्रो भए पनि अहिले यहाँका भारतीयको पसलमा पाइने उनको भनाइ छ। 
सन् २०१२ मा हेल्सिन्कीमा भएको वर्ल्ड भिलेज फेस्टिबलमा समेत शर्माले हिमालय रेस्टुराँको तर्फबाट स्टल राखेका थिए। त्यसबेला फिनल्यान्डका पूर्वराष्ट्रपति आहति सारी आफ्नो स्टलमा आएको उनी बताउँछन्। उनी भन्छन्, 'यहाँका मन्त्रीहरू पनि नेपाली खानाको स्वाद लिन बेलाबेला रेस्टुराँ आउने गर्छन्। सामान्य ग्राहकजस्तै खाना खाएर जान्छन्, कुनै रवाफ हुँदैन। सरलता र नैतिकता हामीले उनीहरूबाट सिक्नुपर्छ।' 
फिनल्यान्डको स्थायी आवास कार्ड पाइसकेका शर्मा एनआरएन फिनल्यान्ड तथा फिनल्यान्ड नेपाल समाजले गर्ने कार्यक्रममा सरिक हुँदै आएका छन्। शर्माले आफ्नो पहलमा नेपालका ग्रामीण भेगका स्कुललाई सहयोग अभियान चलाएका छन्। यसअन्तर्गत गुल्मीका दुई स्कुललाई सहयोग गरिसकेको उनको भनाइ छ।

Leave a comment

जोखिममा हृदयको बालक

जोखिममा हृदयको बालक

'हामीभित्र अलिकति पनि माया, करुणा वा प्रेम बाँकी छ भने त्यसको कारण हो, हामीभित्र बाँचिरहेको एउटा बालक। जिन्दगीभर त्यस बालकलाई बँचाइहरनु हामी सबैको कर्तव्य हो। म तपार्इंहरूसँग केही कुरा गरिरहेको...

चाबेलमा लिन आउनु ल!

चाबेलमा लिन आउनु ल!

किन हिरासतमा छ नारीआजसम्म?के तिमीले आफ्नो अँगालोबाटअझै मुक्त गरेका छैनौ उसलाई?खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। 'लू' लेख्दाताका...

हराएका गीत हराएका व्यक्ति

हराएका गीत हराएका व्यक्ति

साढे दुई वर्षअघि गीतकार यादव खरेल एल्बम निकाल्न कस्सिए। उनी चाहन्थे— गायक फत्तेमान राजभण्डारीको एकल स्वरमा एल्बम तयार पारूँ। त्यसको कारण थियो, खरेलको गीतिकारिताको पहिलो खुट्किलोमा फत्तेमान फाप्नु। फत्तेमानका लागि...

विमोचन

विमोचन

पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनमा जताततै शिशिर उपस्थित हुन्थ्यो। बाटो–बाटोमा, चोक–चोकमा बधाई र प्रशंसाको कमी थिएन। शिशिरको सिर्जना जति झाँगिदै थियो, त्यति नै परिस्कृत बन्दै गयो।

प्रारम्भ...

प्रारम्भ...

तेजाबले जलेको अनुहार। दाइजोको निहुँमा सल्किएको शरीर।बाबुको करणीले विक्षिप्त भएकी किशोरी।के पीडाको मापन सम्भव छ?यस्ता अकल्पनीय घटनाहरूले खिसी उडाइरहेको निरिह अवस्थामा त लाग्छ आफैंलाई सिध्याइदिऊँ। आँखा र कानहरू फोडूँ। त्यसभन्दा...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

सुझाव समेटिनेमा आशंका

सुझाव समेटिनेमा आशंका

चितवन- संविधानको मस्यौदामाथि जनसाधारणको सुझाव लिइन्छ भन्ने सुनेपछि युवा व्यवसायी अमर घिमिरेले फेसबुकमा लेखे, 'हैन कहाँ हुन्छ कार्यक्रम? म सय जना मान्छे लिएर आउनेछु।'

गणतन्त्र र कविताको रफ्तार

गणतन्त्र र कविताको रफ्तार

तेइस सय वर्षअघि आदर्श गणराज्यको परिकल्पना गर्ने प्लेटोले राज्य सञ्चालनका लागि श्रमका तीन वटा शिविर खडा गरे- अभिभावक, सैनिक र श्रमिक। उनले अभिभावकले शासन गर्ने, सैनिकले सुरक्षा दिने र श्रमिकले...