Monday 12 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

भर्सटाइल बैंकर?

  • मङ्गलबार २५ असार, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
भर्सटाइल बैंकर?
'बैंक झिकिदियो भने तपाईंको जीवनमा के बाँकी रहन्छ?' मेगा बैंकका सिइओ अनिल शाह प्रश्न खस्न नपाउँदै धाराप्रवाह पोखिए, 'सुन्दा सामान्य लाग्ला तर म बैंकरमात्र होइन एकजना पति र छोरीको पिता पनि हुँ।

 
२० वर्षको अल्लारे हुँदा जीवनलाई जागिरजस्तो नबनाउन जर्जवासिङ्टन विश्वविद्यालयका प्राध्यापकले दिएको अर्ति उनले भुलेका छैनन्– 'जीवनलाई जीवनजस्तो हुन देऊजागिरजस्तो होइन।अझै पनि यो भनाइको वरिपरि आफ्नो जीवनले फन्का लाइरहेकोे अनिलको बुझाइ छ। 

भनाइ सिद्ध गर्न उनीसँग प्रशस्त उदाहरण छन्। छोरीको बाबु हुनु उनका लागि जीवनको पहिलो र महत्वपूर्ण प्राथमिकता हो भने लिंकन स्कुलमा पढ्दै गरेकी छोरी आर्यलक्ष्मी जीवनको सम्पूर्णता। छोरीलाई के बनाउनेउनलाई फिक्री छैन। 'जे बने पनि खुसी हुन्छु। यस्तै होस् भन्ने आश गरियो भने निराश पनि हुन सकिन्छ,' १२ वर्षीया छोरीको भविष्यबारे उनी प्रष्ट छन्।

मेगा बैंकको कान्तिपथस्थित कर्पोरेट कार्यालयमा अनिल शाहले दैनिक सयौं मान्छे भेट्छन्। समकक्षी बैंकरहरूभन्दा मिडियामा उनको नाम नै बढी छाउँछ। 'तर मेरो जीवन तपाईंले अनुमान गरेजस्तो त्यति पब्लिक पनि छैन। दुःख साट्ने मेरा सात जनामात्र साथी छन्,' उनले निर्धक्क सुनाए, 'तीसँग कुरा गर्न रंगरोगन गरिरहनु पर्दैनजे हो त्यही सेयर गर्न सक्छु।'

अफिस कुर्सीको पछाडिपट्टि गोलीगठ्ठाजस्ता देखिने ठूला झोला छन्। 'हा...हा... ती क्यामेरा र लेन्सहरू हुन्,' उनी भन्छन्, 'बैंकर नबनेको भए फोटोग्राफर हुन्थें।अनिल शाहको जीवनमा तेस्रो प्राथमिकता पाएको फोटोग्राफीसँग व्यवसायिक सम्बन्ध भने छैन। तैपनि भर्खरै छ हजार आठ सय अमेरिकी डलर पर्ने क्यानन वान डिएक्स क्यामेरा किनेका छन्। छ फिट अग्ला यी बैंकरलाई इन्द्रचोकबौद्धस्वयम्भु र पशुपतिनाथतिर लेन्स सोयाउँदै गरेको भेट्नुभयो भने आश्चर्य मान्नु पर्दैन। 'तनाव कम गर्ने साथी हो। सबैसँग पैसाको कुरा हुँदैन', उनको बुझाइ छ। फोटोग्राफीलाई अझ तिखार्ने सुरमा रहेका उनले सूर्य अस्ताउँदाको एउटा सुन्दर तस्बिर प्रमाणस्वरूप देखाए। 'ककनीमा सबैजना डुब्दै गरेको सूर्यतिर फर्केर फोटो खिच्दै थिए। मैले पछाडि फर्कें र यो दृश्य कैद गरें,' फोटोको व्याख्या यसरी गर्छन्, 'संसारले अगाडि हेरेको छ भने तिमी पनि हेर। तर कहिलेकाहीँ पछाडि पनि फर्ककिनभने जिन्दगीको मजा सधैं अगाडि हुँदैन।'

फिल्मी पर्दाको जीवन देखेर युवा अवस्थामा को लोभिँदैन र! अमेरिकाको पढाइ सिध्याएर फर्केका अल्लारे अनिल पनि फिल्मतिर लहसिए। हिरो भएर होइनहलिउडमा निर्मित 'नाइट ट्रेन टु काठमाडौं'को सहायक निर्देशक भएर। पत्रकार विजयकुमार पाण्डेसन्तोष पन्तलगायतले अभिनय गरेको सो फिल्मले उनलाई ठूलै पाठ सिकाएछ। 'ह्या हामी सेलिब्रिटी भन्छौं के को सेलिब्रिटी हुनु,' २६ वर्षअघिको घटना सम्झँदै उनले भने,  'एक सट लिन नै सात घन्टा लाग्ने। काम गर्न साह्रै कठिन!त्यसपछि 'नाइट ट्रेन टु काठमाडौंयुनिट अमेरिका फर्कियोअनिलचाहिँ आफ्नो अध्ययनअनुसारको करिअरतर्फ।

...

उनी 'अनिल शाह'लाई कुनै स्थानमा उभ्याउन चाहँदैनन्। तरअनिल शाहजस्तै छोराको इच्छा गर्नेलाई सल्लाह दिन्छन्, 'अन्तर्जातीय विवाह गर्नूस्।किनभने उनी हुन् शाह र नेवार मल्लको अन्तर्जातीय विवाहबाट जन्मिएका। उनका बाबु नारायणकेशरी र आमा विन्देश्वरीको प्रेम सम्बन्धले हजुरबुबा तारकबहादुरलाई साह्रै तनाव दिएको उनले सुनेका छन्। 'सरकार मेरो छोराले नेवार केटी मन परायोकसरी बिहे गरिदिनु?' भीरकोटे राजा ताकरबहादुर गुनासो गर्न तत्कालीन राजा महेन्द्रकहाँ पुगेछन्। राजाले गुनासो सुने र सम्झाएर पठाए, 'तिमीले हाम्रो मुलुकी ऐन पढेका छैनौत्यो ऐनले जातभातको कुरा मेटाएको छ। मेरै छोराले अर्को जातसँग बिहे गर्छ भने पनि मैले रोक्न मिल्दैन।राजाले छोराको विहेमा आउने बचन दिएपछि बाटो खुलेछ।  

अनिलकी आमा विन्देश्वरी पहिलो नेपाली महिला राजदूत। बाबु वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ)का जागिरे। बाबुआमाकै भेट दुर्लभ थियोपरिवार सँगै हुनु कसरी! कान्ति शिशुबाट पढाइ थालेका अनिलले ओ लेभल पूरा गरुन्जेल नौ वटा स्कुल फेर्नुपर्‍यो। हरेक दुई वर्षमा आमाको देश फेरिन्थ्योअनिलको स्कुल। 'तिम्रो आमाबाबुको डिभोर्स भएको हो?' भनेर सोध्नेहरू त उनले कति भेटे कति! 

'म ट्यापेड्रगिस्ट भएको भए सायद थाहा पाउनेले बिचरा बाबुआमाले समय दिएनन्कहिल्यै सँगै बस्न पाएनन्अनि यस्तो गति नभए के हुन्थ्यो भन्थे,' तरआफूले अस्थिरतालाई पनि सकारात्मक बनाउन सकेकोमा उनी आफैंप्रति गर्व गर्छन्। स्कुले जीवनमा धेरै परिवर्तन खेपेका उनी अहिले पनि परिवर्तनकै खोजीमा हुन्छन्। काम गर्ने संस्था फेरिरहनुलाई पनि उनी त्यही स्वभावको उपज ठान्छन्। 

१६ वर्षमा 'ओ लेभलसकाएपछि उनी अमेरिका गए। एमबीए गर्न इन्डिया रोजे। त्यहीँ रतीसँग उनको भेट भयो। पारिवारिक चिनजानपछि नजिकिन समस्या परेन। बिस्तारै उनीहरू प्रेममा परे। दिल्लीका सिनेमा हल र नाटक थियटरलाई उनीहरूका लागि लभप्वाइन्ट बन्यो। सुवर्ण शमशेरकी नातिनीरुक्म शमसेरकी छोरीसँग उनको लगनगाँठो कसियो। 

उनी 'खुसीको खोजीलाई जीवनको लक्ष्य बनाएको छुभन्छन्। जीवन खुसी साथ बिताउनुपर्छ भन्ने मान्यतामा उनलाई सहयोग गरेको छआफैंले तयार गरेको 'ह्यापिनेस फर्मुला'ले। परिवार र साथीभाइपैसापावरमानसिक/शारीरिक स्वास्थ्य र ज्ञान एवं अध्यात्ममा उनको प्राथमिकता विभाजन हुन्छ। रसमयअनुसार फेरिन्छ। 'नयाँ वर्षको दिन म यी पाँच बुँदामा कुनलाई प्राथमिकता दिए खुसी हुन्छु भनेर घोत्लिन्छुपत्ता लागेपछि त्यही प्राप्त गर्ने लक्ष्यमा लाग्छु,' नम्बर फेरिए जिन्दगी नै फेरिने बताए पनि आफ्नो प्राथमिकतामा कुन चिज छ भन्नेचाहिँ गोप्य नै राख्न खोजे। उनी अनुहारको मास्क नउतारी आफ्नो लक्ष्य स्पष्ट नहुने ठान्छन्। आत्मालाई ऐनामा हेर्न पारदर्शीमात्र होइन नांगै हुनुपर्ने उनको सुझाव छ। 

....

अनिल शाहलाई बेलाबखत लबेदा सुरुवाल र ढाका टोपीमा देखिन्छ। 'एलिटपरिवारका अनिल 'हाइएस्ट पेडसिइयो हुन्। 'आम्दानीलाई तह लगाउन कस्तो जीवन अपनाएका होलान्?' उनले आफूलाई त्यति धेरै फरक देखाएनन्। 'बच्चैदेखि लगाएकोले बाटाको जुत्ता सजिलो लाग्छअरू चिजमा ब्राण्ड कन्सस छैन। सपिङ गर्ने सिटी सेन्टर जान्छुत्यहाँ पार्किङ गर्न सजिलो छ। पानी पर्‍यो भने भागाभाग हुन्छ र मात्रैनभए असनमा किनमेल गर्न रमाइलो लाग्छत्यहाँ वास्तविक जीवन देखिन्छ,' उनी भन्दै जान्छन्, 'आफ्नो आम्दानीले सुनहिरा जोडेको छैनबाजेको घरमा बसेको छुसम्झनामा खर्च गर्छु सामानमा हैन। यति तोला सुन जोडेर मरें भन्नुभन्दा यस्ता रमाइला सम्झना सँगाल्न पाएँ भन्नका लागि खर्च गर्छु।'

कालो दालभातखसीको मासुगोलभेंडाको अचारगुन्द्रुक र तामा उनको प्रिय खाना हो। स्वास्थ्यप्रति सचेत रहेकाले हप्ताको एक दिनमात्र उनले यी परिकारको स्वाद लिने गरेका छन्। ग्याजेट प्रयोगमा भने उनी आफूलाई सोखिन नै मान्छन्। आइप्याडआइफोनम्याक बुक प्रोआइम्याकको प्रयोगकर्ता हुन् उनी। एप्पलको अपडेटले उनलाई आकर्षित गरिहाल्छ। एप्पलको ग्याजेट महँगा छन्। तरउनलाई रक्सी र चुरोटभन्दा महँगो भने लाग्दैन। 'रक्सीचुरोट नखाँदा बच्ने पैसा ग्याजेट फेर्न काफी हुन्छ,' उनी भन्छन्। 

अक्सर उनी गलामा टाइ झुन्ड्याएको अवस्थामा भेटिन्छन्। तरउनलाई यसप्रति कुनै मोह छैन। 'न हात पुछ्न मिल्छन सिँगान। कुनै अंग्रेजले भनेकाले हप्ताको छ दिन टाइ मेरो गलामा झुन्डिन्छ,' यो अप्ठ्यारो पोसाकभन्दा नेपाली पहिरन लगाउन जोड दिन्छन्विशेषगरी युवा वर्गलाई। उनीहरूलाई इतिहाससँग लाज लाग्यो कि भन्ने चिन्तामा परेका शाह 'राजावादी भएर होइनसुहाउँदो र राम्रो भएकालेलवेदा सुरुवालको पक्षमा छु भन्छन्। नेपाली पोसाक लगएर फरर्र अंग्रजी बोलेको देख्दा उनलाई खुब आनन्द लाग्छ रे। 

अचेल उनी 'युथ मोटिभेसन लिडर'का रूपमा पनि झुल्किन थालेका छन्। यसमा आफ्नो स्वार्थ लुकेको खुलाउँछन्। 'मेरो १२ वर्षकी छोरी ठूली हुँदा बुबासँग नेपालमै बस्छु भन्ने वातावरण बनोस् भन्ने चाहना छ,' उनले स्वार्थ खुलाए, 'मेरी छोरी बस्न चाहनेजस्तो नेपाल आजका युवाले मात्र बनाउन सक्छन्त्यही भएर युवालाई मद्दत गरिरहेको छु। नेताले नयाँ नेपाल बनाइदेलान् भन्नेमा उनलाई पटक्कै विश्वास छैन।'

स्वेदशमै बस्ने तर देशलाई सरापिरहने वर्गलाई उनी विदेश जान सल्लाह दिन्छन्एउटा आग्रहका साथ। 'जानूस्पैसा कमाउनूस्सीप सिक्नूस्। पुँजी र सीप लिएर नेपाल फर्कनूस्,' चीन र भारतमा त्यस्ता जनशक्ति फर्किरहेको उनले देखेका छन्। 

अनिललाई हजुरआमाले हुर्काइन्। पूजापाठ र धर्मकर्ममा हजुरआमाको संगतले डोर्‍याएको ठान्छन्। उनले बाबुछोरीको सम्बन्ध एकदमै प्रगाढ देखे। त्यसैले छोरीको चाह गरे। उनकी छोरीलाई भेट्नेले 'यिनी त छोराजस्तै छिन्भन्नेलाई उनी जवाफ दिइहाल्छन्, 'मलाई सिंगापुरजस्तो नेपाल र छोराजस्तो छोरी चाहिँदैन। मेरै छोरी छोरीजस्तै छिन्मलाई त्यही मनपर्छ।'

'तपाईं त सुसम्पन्न मान्छेएउटा छोरीमात्र किनअरू जन्माए पनि हुन्छ निभन्नेहरू पनि अनिलले खुब झेलेका छन्। तरउनलाई पैसा खर्च गरेरमात्र असल सन्तान बनाउन सकिन्छ जस्तो लाग्दैन। उनले आफ्नो 'क्वालिटी टाइमएउटा सन्तानको लागि मात्र दिनसक्ने ठानेत्यसै गरे।  

उनी सफलतामा नियमितताको खाँचो देख्छन्। त्यसैले सधैं छ बजे उठ्छन्। केहीबेर पूजा गर्छन्। धर्ममा आस्था छतर पूजा गरेरै सिइओ भइन्छ भन्ने विश्वास पनि गर्दैनन्। साढे सातसम्म उनी लाजिम्पाटको र्‍याडिसन होटल पुगिसक्छन्जिम गर्न। दुई घन्टा एक्सरसाइज गरेपछि मेगा बैंकको केन्द्रीय कार्यालय कान्तिपथ पुग्छन्। साँझका पार्टीप्रति रुचि घट्दै गएको छ। सात बजेसम्म घर पुग्ने प्रयास गर्छन्। बैंकिङ क्षेत्रको विज्ञता कायम राख्न अध्ययनमा जुट्छन्। 
मोलामोल मालपोत

मोलामोल मालपोत

हातमा सादा नेपाली कागज र लालपुर्जा, काखीमा केही फाइल च्यापेर सेवाग्राही यताउता घुमिरहेका छन्। काम छिटो सकाउन सबैलाई हतार छ। 'सर मेरो यो हेरिदिनुस् न, यसमा सही गर्दिनुपर्योा, यी मेरो...

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

पसिनाको नदी

विमानको चक्काले भूमि स्पर्श गर्दा हामी फिलाडेल्पि्कया विमानस्थलमा रहेछौं। त्यहीँबाट अमेरिका प्रवेशको पूर्ण अनुमति प्राप्त गर्नुपर्दा रहेछ।

घरभित्रै फुटबल

बिहानको चिसोमा धापासीका सुनिल लामा नक्साल पुग्छन्। नक्सालमा चिनिया एम्बेसीको पछाडि एक्स–सेल रिक्रियसन सेन्टर छ। त्यहीँ आइपुग्छन्– दिवाकर, विक्रम, निमा, सुनिल र सुनिलका अरू साथीहरू।

थोते साइँलो

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा...

धन्न सहेका छन् यात्रुले

धन्न सहेका छन् यात्रुले

काठमाडौं– सभासद रीता शाही जेठ अन्तिम साता पुरानो बानेश्वरको डेराबाट संविधानसभा भवन आउन शंखमूल जाने टेम्पो चढिन्। टेम्पो गुड्न नपाउँदै उनलाई सँगै बसेको युवकको हात र शरीरको चालढाल असजिलो लाग्न...

सफलतासँगै लोकप्रियता

सफलतासँगै लोकप्रियता

विश्वमै लोकप्रिय फुटबल खेल नेपालमा भित्रिएको झन्डै १ सय वर्ष भइसकेको छ। आधिकारिक तथ्यांक नभेटिए पनि विक्रम सम्वत् १९७५ सालतिरै नेपालमा फुटबलले प्रवेश पाएको बताइन्छ।

नपुंसक इतिहासविरुद्ध

‘मलाई कविता मनपर्छ। म कविता लेख्छु। तर म कवि होइन।’ यस्ता अभिव्यक्ति दिँदै हिँड्ने, कविता लेख्ने तर आफूलाई कवि भनेर चिनाउन नचाहने कवि नेपाली बौद्धिक बजारमा अहिले यत्रतत्र भेटिन्छन्। जता...